logo

दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै

दाङ, असोज २६
घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नम : छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ । निजी लगानीमा दुई महिना अगाडि यहाँका एक समाजसेवीले निर्माण गराएको स्तम्भ चढेर जिल्लाको दृश्य हेर्न जानेहरु अहिले बढिरहेका छन् । यसले जिल्लालाई थप पर्यटकीय केन्द्र बनाउन मद्दत पुगेको छ । अहिले जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने गरेका सर्वसाधारण एक पटक सो स्तम्भ चढेर जिल्लाको दृश्यवलोकन गर्न लालायित छन् । घोराही बजारदेखि करीब ७ किमी उत्तरमा पर्ने सो स्तम्भ हेर्न दैनिक सर्वसाधारणको वृद्धि भएको गुम्बा संरक्षण समितिले जनाएको छ । बिदा र शनिबारको दिन त त्यहाँ दृश्य अवलोकन गर्नेहरुको भीड नै लाग्ने गर्दछ । निजी लगानीमा जिल्लामा नै पहिलो पटक निर्माण गरिएको स्तम्भले त्यस क्षेत्रलाई जिल्लाको थप पर्टकीय गन्तव्य बनाउनाका साथै सुन्दरता र महत्वलाई समेत बढाएको छ । घोराही उपमहानगरपालिका–१८ निवासी समाजसेवी ८७ वर्षीय मनबहादुर पुन, उनकी श्रीमती ७८ वर्षीया दिलमाया तथा उनका छोराबुहारीले रु ४५ लाखको लागतमा सो स्तम्भ निर्माण गरिदिएको हुन् । सो स्तम्भमा एक पटक १५ जनाले चढेर दाङको दृश्य हेर्न पाउँछन् । स्तम्भबाट घोराही बजारलगायत जिल्लाका धेरै स्थानको दृश्य अवलोकन गर्न सकिन्छ । स्तम्भ ५२ फिट अग्लो छ । सो स्तम्भ चढ्नका लागि सर्वसाधारण नागरिकलाई रु ५० तथा विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ । स्तम्भको संरक्षणका लागि दुई कर्मचारीलाई भर्ना गरिएको छ । गुम्बा क्षेत्र तथा ढोडेनी गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आफूले स्तम्भ निर्माण गराइदिएको समाजसेवी तथा निर्माणकर्ता पुन बताउछन् । उनी भन्छन्, “समाजमा नयाँ कुराहरुकोे सम्भावना देखाउने भनेको समाजका अगुवाहरुले नै हो । अरुलाई प्रेरणा दिनका लागि मेरो परिवारले भ्यूटावर निर्माण गरेको हो”, मनकारी पुन भारतीय सेनाका पूर्वक्याप्टेनसमेत थिए । रासस

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै