logo

स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा

काठमाडौँ, असोज २६
सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् । स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो तर, वृद्धाश्रमको वातावरण र खानेपानी स्वस्थकर छैन । यस वृद्धाश्रमको प्रवेशद्वारमै पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित सार्वजनिक शौचालय रहेको छ । शौचालयको सफाइमा ध्यान दिएको देखिँदैन । शौचालय कै कारण वातावरण प्रदूषित मात्रै बनेको छैन, यहाँ बस्ने वृद्धवृद्धाको स्वास्थ्यमा समेत त्यसले प्रतिकूल असर पारिरहेको छ । यस वृद्धाश्रममा खानेपानीको पनि अभाव रहेको छ । स्वच्छ पानी पिउन पनि उनीहरुले पाएका छैनन् । विकास निर्माणका नाम खन्ने र भत्काउने काम हुँदा खानेपानीको व्यवस्था बिथोलिएको छ । । त्यसको पुनःनिर्माण गरिएको छैन । भूकम्पपछि यहाँका भवनहरु अस्तव्यस्त छन् । यहाँ रहेका भवनहरु जीर्ण छन् र बस्न योग्य छैनन् । भवनको कमीका कारण सयौं वृद्धवृद्धा कोचिएर बस्नुपर्छ । हाल यहाँ १६० वृद्धवृद्धा छन् । पुरुष ६५ र महिला ९५ जना छन् । तिनीहरुमध्ये ३५ जना अशक्त छन् । आश्रममा रहेका करीब ४० प्रतिशतले मात्रै वृद्धभत्ता पाउने गरेका छन् भने बाँकीले पाएका छैनन् । नागरिकता प्रमाणपत्र नभएका कारण उनीहरुले वृद्धभत्ता नपाएका हुन् । नागरिकता प्रमाणपत्रको व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका छन् । नागरिकता प्रमाणपत्र नभएकै कारण उक्त वृद्धाश्रमका वृद्धवृद्धा सरकारले व्यवस्था गरेको एकल भत्ता, अपाङ्ग भत्ता लगायतका सेवा सुविधाबाट वञ्चित छन् ।

देशभित्र र बाहिरका दाताहरुको सहयोगमा सञ्चालन भइआएको यो देशकै सबैभन्दा पुरानो वृद्धाश्रम हो र यसको सञ्चालन नेपाल सरकारले गर्दैआएको छ । यहाँ खानाका लागि दैनिक करिब रु ३३ हजार खर्च लाग्छ । त्यसको व्यवस्थापन दाताले गर्ने गरेका छन् । खानाका लागि नेपाल सरकारले वार्षिक रु एक करोड विनियोजन गरे पनि उक्त रकम फ्रिज हुने गरेको छ । दाताले दिएको बजेटले खानाको व्यवस्थापन हुने गरेको वृद्धाश्रमका कार्यालय सचिव मनोज बस्नेतले जानकारी दिए। सचिव बस्नेतले भने – “खानाका लागि दैनिक ३३ हजार रुपैंयाँ आवश्यक पर्छ । दाताबाट प्राप्त हुने सहयोगले नै पुग्छ । धेरै वृद्धवृद्धालाई आँखामा समस्या हुने गरेको छ । हामीले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरी उपचार गराउने गरेका छौँ ।” स्वास्थ्य परीक्षणका लागि हप्तामा तीन दिन डाक्टरको सहयोग लिने गरिएको छ । संस्थामा वृद्धवृद्धाको उपचारार्थ एक सरकारी स्वास्थ्य परिचारिका छन् भने एक गैरसरकारी परिचारिका छन् । आश्रममा जीर्ण भवन नै मुख्य समस्याको रुपमा रहेको सचिव बस्नेतले बताएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आश्रमको प्रवेश द्वारमा रहेको सर्वाजनिक शौचालय एक हप्ताभित्र सफा गरी बन्द गर्ने र आधुनिक शौचालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रमा रहेको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय तथा खानेपानीको समस्या एक हप्ताभित्र समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । उनका अनुसार यहाँ वृद्धमैत्री खुला ठाउँ र भवन निर्माण गरिनुपर्छ ।रासस

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक...

विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ । रामपुर बचत तथा ऋण सहकारी...

‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ । कर्णाली...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै