logo

नागरिकको सेवामा महानगर निरन्तर : प्रमुख शाक्य

काठमाडौँ, असोज २६
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको बताएको छन् । कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक सङ्केत बत्ती सञ्चालनमा ल्याइने क्रममा प्रमुख शाक्यले उक्त धारणा राखेको हुन् । भूकम्पको कारण क्षति पुगेको सो सडक बत्ती रु २५ लाख खर्चमा बनाइएको हो । उक्त सडक बत्तीको रिमोट प्रमुख शाक्यले आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरेका छन्। “विकास व्यवस्थापनका लागि सबै अधिकार महानगरमा आइपुगिसकेको छैन कामपाको अधिकारमा आएका कार्य क्रमिक रुपमा गरिँदै आएको छ”, शाक्यले भने । महानगरभित्रका ठूला सडकको निर्माण, मर्मतसम्भार तथा व्यवस्थापन सडक विभागको जिम्मामा छ । तर विभागबाट यसमा पर्याप्त काम नभएपछि महानगरले काम गरेको हो । वडा नं– ३ का वडा अध्यक्ष दीपक केसीका अनुसार सो वडामा राष्ट्रियस्तरका पाँच अस्पताल छन् । पैदलयात्रु र सवारी आवागमन सहज बनाउन सडक बत्ती जडान गरिएको हो । महाराजगञ्जको प्रणालीबाट प्राप्त प्रभाव र आवश्यकता हेरेर वडासँगै शहरका अन्य ठूला चोकमा विस्तार गर्ने महानगरको योजना रहेको कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाको भनाइ थियो । वडा नं ३ मा महाराजगञ्ज चोक, वसुन्धरा, सामाखुशी गरी तीन ठूला सडक चोक छन् । रासस

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

श्रीमतीको हत्या

गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका...

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु...

तरकारी फल्यो, बजार छैन

राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै