logo

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

सुनिल आउजी
नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर आउने क्रमम पनि जारी रहेको छ । सुदूरपश्चिम प्रदेशको २०५८ सालको जनगणना अनुसार यस प्रदेशको जनसंख्या २५ लाख रहेको छ । भने यो प्रदेशका नौ वटा जिल्लाहरु रहेका छन् भने यस क्षेत्रका जनताका रहनसहन रीतिरिवाज धर्म संस्कृति भेषभुषा आफ्नै किसिमको रहेको छ । यस प्रदेशका युवाहरु रोवगारीका लागि भारत जाने गर्दछ । भारतमा करिब आधा जनसंख्या रहेको छ । सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई महान चार्ड दशैंको शुभकामना व्यक्त गर्न चाहन्छु । यस पालिको दशैं सुदूरपश्चिम प्रदेशमा घुम्न जाऔँ । देशको पर्यटन मानचित्रमा ओझेल परेको सुदूरपश्चिममा पर्यटकीय गन्तव्य स्थलहरू प्रचुर मात्रामा रहेका छन् । पर्यटकीय स्थलको उचित व्यवस्थापन तथा सदुपयोग गर्न धेरै चुनौती छन् । भौगोलिक विकटता, यातायातको समस्या, स्थानीयको असंलग्नता र सरकारी उदासीनता प्रमुख चुनौती मान्न सकिन्छ ।अर्कोतर्फ यातायातको अभावमा जस्तोसुकै पर्यटकीय सम्भावना बोकेको स्थान पनि ओझेल पर्नु स्वाभाविक हो । पर्यटनका लागि महत्वपूर्ण मानिएको हवाई यातायात समेत सुदूरपश्चिममा दुरवस्थामा रहेको छ । २०५८ देखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थल सुचारु हुन सकिराखेका छैनन् ।

भौगोलिक विकटताका कारण ओझेलमा रहेका पर्यटकीय स्थलहरू विमानस्थल सुचारु हुन सकेमा पनि आफ्नो पहिचान बनाउन र पर्यटकलाई तान्न सक्ने थिए । कैलाली उद्योग वाणिज्य संघको पहलमा सुदूरपश्चिमको प्राकृतिक सुन्दरता झल्किने पोस्टर, डिभिडी, पोस्टकार्ड र तस्बिर पुस्तक प्रकाशन गर्ने कार्य गरेको छ, अन्य सरोकारवाला निकाय पनि पछिल्लो समयमा पर्यटकीय क्षेत्रका बारेमा जुर्मुराउन थालेका छन् । प्राकृतिक छटा, सांस्कृतिक विविधता र धार्मिक तथा ऐतिहासिक महत्वपूर्ण बोकेको सुपका अधिकांश गाउँबस्ती यहाँका पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ र यस क्षेत्रकोे विकासका लागि पर्यटन व्यापारभन्दा अन्य विकल्प छैन । ग्रामीण पर्यटनको अवधारणा भित्र्याउने हो र पाहुनाका लागि सामुदायिक होमस्टे सञ्चालन गर्ने हो भने पर्यटकलाई सजिलै तान्न सकिन्छ । पर्यटकीय सम्भावनालाई उजागर गर्न अनि व्यावसायिकता प्रदान गर्न मास टुरिजममा पनि जोड दिनु आवश्यक छ । यहाँको चुरे क्षेत्रमा रहेको जैविक विविधतालाई संरक्षण क्षेत्र स्थापना गरेर इको टुरिज्मको विकास गर्न सकिने सम्भावना पनि उत्तिकै छ । वातावरणका बारेमा अध्ययन गर्न चाहनेहरूलाई समेत यसले निकै टेवा पु¥याउन सकिने सम्भावना छ । सुदूरपश्चिमका आकर्षक पर्यटन गन्तव्यहरूको प्रचारप्रसारसँगै पर्यटकको संख्यामा वृद्धि गर्नु आवश्यक छ । पर्यटनका हिसाबले सुदूरपश्चिममा प्रचुर सम्भावना रहे पनि त्यसको प्रवर्द्धन र पर्यटक भित्र्याउन आवश्यक प्याकेजको अभाव छ । यहाँका स्रोत साधनलाई उचित सदुपयोग गरेर सुदूरपश्चिम वासीले फाइदा लिन सक्नुपर्छ । सरकारलाई पनि यहाँको पर्यटन विकासका सम्भावनाबारे अवगत गराएर पूर्वाधार निर्माणका लागि घचघच्याउन सक्नुपर्छ । 

पर्यटकीय स्थलहरू :- हिमालका टाकुरादेखि लिएर पहाडका रमाइला फाँट, उपत्यका, भित्री मधेस र तराईका हरिया फाँटहरू हिमशृङ्खलालगायत यस क्षेत्रका मुख्य पर्यटकीय स्थलहरूमा खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आर, घोडाघोडी ताल, अपी, नम्पा, साइपाल हिमाल, दोधारा चाँदनी झोलुंगेपुल, टीकापुर पार्क, रामारोसन, सुर्मासरोवर, बाइसे चौबीसे राज्यकालीन दरबारहरू, मठमन्दिर, देवालय तालतलैया र झरना हुन् । यीमध्ये पर्यटन विकासको मेरुदण्डको रुपमा खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु घोडाघोडी ताल, टीकापुर पार्क, खैराला दरबार, कर्णाली पुललाई लिन सकिन्छ । 

खप्तड डोटी :- समुद्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा दुई सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान हो । चारैतिर खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रंगीबिरंगी फूलहरू, दह, त्रिवेणी, नागढुंगा, खप्तड बाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो । यहाँ नागढुङ्गा, केदारढुङ्गालगायतका अन्य दृश्य कम्ती आकर्षण छैनन् । यस्ता थुप्रै अनुपम दृश्य बोेकेको खप्तडले आफ्नो सुन्दरता सबैलाई देखाउने मौका पाएको छैन । खप्तडलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारले गठन गरेको खप्तड क्षेत्र पर्यटन विकास समितिले बनाएका भौतिक पूर्वाधारहरू पर्याप्त छैनन् । खप्तड राष्ट्रिय निकुञ्जलाई चिनाउन खप्तड बाबाको महत्वपूर्ण योगदान छ । भारतमा जन्मेका स्वामी सच्चिदानन्द सरस्वती नै खप्तडक्षेत्रमा तपस्यारत रहेपछि खप्तड बाबाका रूपमा चिनिएका थिए । झण्डै पाँच दशक खप्तडको जैविक विविधतामा रमाएका बाबाको निधन २०५३ सालमा भएको थियो । ती बाबाका कारण जति खप्तड क्षेत्र चिनियो, त्यसपछिका दिनहरूमा यसको प्रचार–प्रसार खासै हुन सकेन, तर अहिले भने सरकारले खप्तडसम्म केबुलकार पु-याउने योजना सार्वजनिक गरेको छ । भू–स्वर्गका रूपमा रहेको खप्तड क्षेत्रमा जानका लागि सडक बनाउनु जरुरी छ । जबसम्म खप्तडलाई लक्षित गरेर सडक निर्माण गर्न सकिँदैन तबसम्म यहाँको पर्यटन प्रवर्द्धन हुन खर्च प्रतिक्ति २० हजार लाग्ने गर्दछ ।

शुल्लफाँटा कञ्चनपुर :- शुक्लाफाँटा आरक्ष बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । साँझको समयमा शुक्लाफाँटा वन्यजन्तु बाघ, खरायो, हात्ती, गैंडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । बाघका लागि उपयुक्त मानिएको आरक्षणको बाबाताल तथा गैँडाका लागि उपयुक्त सौलगौडी ताल अहिले पुरिँदै गएकाले चराचुरुङ्गी तथा वन्यजन्तु लोप हुने सम्भावना बढेको छ । खर्च आठ हजार लाग्नेछ ।

घोडाघोडी ताल कैलाली "- कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण ताल हो । समुद्री सतहदेखि २०५ मिटर उचाइमा रहेको यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । 

हिमाल, दार्चुला, बझाङ :- सुदूरपश्मिका पर्यटकीय गन्तव्य स्थलहरूमा अपी, नम्पा, साइपाल हिमालहरू हुन् यी हिमाल र हिमशृङ्खलासम्म पुग्न यातायतको सुविधा छैन र यी हिमालमा सरकारले आरोहणको अनुमति पनि दिएको छैन । पर्यटकीय गन्तव्य स्थलमा यहाँका बाइसे चौबीसे राज्यकालीन दरबार पनि छन्, तर ती दरबार कोही जीर्ण छन् भने राम्रै अवस्थामा रहेका दरबारमा विद्यालय, धर्मशाला बनाएर सदुपयोग होइन दुरुपयोग भइराखेको छ । सैपाल हिमाल जानका लागि खर्च ३० हजार प्रतिव्यक्ति अपी हिमालमा पनि ३० हजार सुर्मा सरोवरमा पनि ३० हजार खर्च लाग्ने गर्दछ  । 

देवभूमि तथा धार्मिक पर्यटकीय स्थलहरू :- दार्चुलामा व्यास हिमालको गुफा जहाँ वेद व्यास ऋषिले १८ पुराण, महाभारत रचना गरेका छन् । उनको तपस्याभूमि हिमालय पर्वत दार्चुलाको व्यास हिमाल पर्छ । यहाँको मल्लिकार्जुन मन्दिर, दार्चुला र बैतडी सिमानामा रहेको गोकुलेश्वर महादेव मन्दिर । बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ । डडेल्धुराको प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर । डोटीमा प्रसिद्ध तीर्थस्थलहरूमा जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूलाा केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा भनिन्छ । बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिक स्थल हो । यस्ता सयौं धार्मिक स्थल सुदूरपश्चिमका हरेक जिल्लामा छन् । कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरिको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकबाट तीन महिनाको अवधिमा महेन्द्रनगर र ब्रह्मदेवका व्यवसायीले मनग्य आम्दानी गर्छन् र लाखौं भारतीय रुपैयाँ भित्रिएर त्यहाँको अर्थतन्त्रको बलियो आधार भारतीय धार्मिक पर्यटक बनेका छन् । कैलालीको शिवपुरी धमा वैद्यनाथ अछाम यसरी नै सुदूरपश्चिमका अन्य जिल्लामा रहेका धार्मिक स्थल प्रचार–प्रसार गर्न सकेमा धार्मिक पर्यटकलाई सहजै तान्न सकिन्छ । 

सांस्कृतिक :-यतिमात्र नभई यहाँको डेउडा, दशैं, होली, गौरा, फाग, धुमारी, चैत, भैली, थारू समुदायको माघी, सखिया नाचलगायतका संस्कृतिहरू सुदूरपश्मिमा विद्यमान छन् । केही समययता आफ्नो संस्कृतिको संरक्षण संवर्द्धन गर्न स्थानीय जुर्मुमुराएको पाइएको छ । यहाँको धार्मिक, सांस्कृतिक एवं जैविक विविधताको संरक्षण तथा प्रवर्द्धन गर्न सकेमा यहाँको सांस्कृतिक ग्रामीण पर्यटनमा विकास गर्न सकिन्छ । त्यस्तै यहाँका नदीमा ¥याफ्टिङ, ढुंगा दौड तथा अन्य जल सम्बद्ध यात्रा गराउन सके अझ बढी पर्यटकलाई लोभ्याउन सकिने बलियो आधार बन्न सकिने सम्भावना पनि उत्तिकै छ । 

तालहरु :- जैविक विविधताको कुरा गर्दा कैलालीमा रहेको घोडाघोडी ताललाई लिन सकिन्छ । यस तालमा रहेका चराका प्रजातिले पर्यटकको मात्र होइन सबैलाई आकर्षित गर्न सक्छ र यस्तै कञ्चनपुरमा झिलमिला ताल, बेतकोट ताल धार्मिक तथा पर्यटकीय महत्वत्तो बोकेका छन् । कञ्चनपुरमा मात्र यस्ता साना ठूला गरी दुई दर्जन बढी ताल रहेका छन् र सुदूरपश्चिमका नौ वटा जिल्लामा यस्ता ताल तलैयाको संख्या धेरै छ । यिनीहरूको प्रचार–प्रसार र संरक्षण संवद्र्धन गर्न सकेमा आम्दानीको स्रोतको बलियो आधार हुन सक्छ ।

तीनै तहका सरकारको दायित्व :- अब पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, संस्कृति विभाग, पुरातत्व विभागको ध्यान यस क्षेत्रमा रहेको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताले पूर्ण भएका स्थलका बारेमा विशेष बजेटको व्यवस्था गरी व्यापक रुपमा प्रचार–प्रसार गर्न आवश्यक भइसकेको छ । यी कार्यालयहरु सुदूरपश्चिम प्रदेशमा राख्न अति आवश्यक रहेको छ । यस सुदूरपश्चिम प्रदेशको पर्यटकहरू हाम्रो यहाँको अशिक्षा र गरिबी अव्यवस्था हेर्न आउँदैनन् । उनीहरू हाम्रा गाउँबस्तीका समृद्ध, सांस्कृतिक तथा मनोरम दृष्य हेर्न आउने हुँदा उनीहरूलाई आकर्षित गर्न हामीले आफ्नो नगर, गाउँ टोल सफा सुघ्घर बनाउन ध्यान पु-याउनु जरुरी छ । यहाँको मठ मन्दिर, देवस्थल, पाटी पौवा, धार्मिक स्थल, नदी, विहार चैत्य, गुम्बा सफा सुघ्घर राख्न सक्नुपर्छ । स्वच्छ खानेपानी, पर्यटन पूर्वाधारका लागि आवश्यक पर्ने स्तरीय होटलको व्यवस्था, धार्मिक, ऐतिहासिक र जैविक विविधताका पर्यटन स्थलहरूको बारेमा प्रचार–प्रसार र यहाँ उपलब्ध स्रोत साधनको उपयोग गर्न सकेमा समृद्ध सुदूरपश्चिमको परिकल्पना गर्न सकिन्छ । यतिमात्र नभएर यहाँका यार्चागुम्बालगायतका बहुमूल्य जडीबुटीको पहिचान प्रशोधन र उचित बिक्रीवितरण गर्न सकेमा आर्थिक क्रान्ति नै ल्याउन सकिने जडीबुटी व्यवसायी बताउँछन् । बन्द अवस्थामा रहेका यहाँका खानी (तामा खानी, फलाम खानी, खरी खानी, सिसा खानी) लगायतका यहाँका खनिज सम्पदाको उत्खनन उत्पादन तथा जल सम्पदाको उपयोग गर्न सकिएमा सुदूरपश्चिमको विकसको ढोका खुल्न सक्छ र यहाँका हजारौं युवाले विदेशिनु पर्ने बाध्यताबाट मुक्ति पाउन सक्ने थिए ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै