logo

नेपाल ‘पिस च्याम्पियन’

काठमाडौँ, असोज २५
विश्व शान्ति स्थापनामा योगदान पु-याएबापत ६० वर्षको अवधिमा नेपाली सेनाले एक लाख २२ हजार ८७१ थान शान्ति पदक युएन मेडल प्राप्त गर्न सफल भएको छ । सन् १९५८ मा लेबनानबाट शुरु भएको ‘शान्ति मिसन’ यात्रामा नेपाली सेनाले द्वन्द्वपीडित जनताको मन जितेर शान्ति कायम राख्न सिपालु ‘पिस च्याम्पियन’को छविसमेत बनाउन सफल भएको हो । व्यावसायिक, मिलनसार र अनुशासनमा रहेर दिएको जिम्मेवारी उत्कृष्ट ढङ्गबाट पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ । विश्व शान्तिका लागि ज्यानको बाजी लगाउँदै यस अवधिमा ६३ जना नेपाली सैनिकले आफ्नो जीवनको बलिदानी दिए भने ६६ जना सैनिक घाइते छन् । विश्वका ११ मुलुकका १४ वटा मिशनमा पाँच हजारभन्दा बढीको सङ्ख्यामा अहिले नेपाली सैनिक खटिरहेको नेपाली सेनाले जनाएको छ । त्यसमध्ये महिला सैनिकको सङ्ख्या १६१ रहको छ । शान्ति सेना कङ्गो, दक्षिण सुडान, मरक्को, इजरायल, सुडान, लेवनान्, माली, सिरिया, सेन्ट्रल अफ्रीका रिपब्लिक, इराक, लिबियामा परिचालित छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि उल्लेखनीय योगदान दिएर विश्व समुदायबाट नेपाली सेनाले ठूलो इज्जत, प्रतिष्ठा र विश्वास आर्जन गरिरहेको बताउछन्।

नेपाली सेनाका एक लाख २२ हजार ८७१ सकल दर्जाले हालसम्म संसारका ४२ वटा मिसनमा खटिइ शान्तिका लागि विशिष्ट योगदान पु-याइसकेका छन् । जसमध्ये महिला सैनिकको सङ्ख्या एक हजार १५३ रहेको छ । द्वन्द्वग्रस्त मुलुकमा मानव अधिकार र मानवीय सहायताको पक्षलाई ध्यान दिँदै पछिल्लो समय महिला सैनिकको माग बढिरहेको छ । मिलनसार र अनुशासित भएकै कारण नेपाली सेना जुन ठाउँमा खटिन्छ त्यहाँ प्रभावकारी ढङ्गबाट कार्यसम्पादन हुन्छ भन्ने संयुक्त राष्ट्र सङ्घको बुझाइरहेको छ । भूगोलको हिसाबले देश सानो भए पनि शान्ति स्थापनामा नेपालले ठूलो योगदान पु-याउँदै आएको भनी राष्ट्र सङ्घले सदासर्वदा प्रशंसा गर्दै आएको छ । विश्वमा शान्ति सैनिक पठाउने मुलुकको सूचीमा अहिले नेपाल पाँचौँ बरियतामा रहेको छ । नेपालभन्दा बढी शान्ति सेना खटाउने मुलुकमा इथोपिया, रुवाण्डा, भारत र बङ्गलादेश रहेका छन् । परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकाल विश्वका द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाप्रति निकै ठूलो आशा, भरोसा र विश्वास राखेको बताउछन् । उनी भन्छन्, “नेपाली सेनाले संसारमा शान्ति स्थापनाका लागि अह्म भूमिका खेलेको छ, यसप्रति हामीलाई गौरवको अनुभूति भएको छ ।” शान्ति सैनिकको कार्यशैली, उद्देश्य र जिम्मेवारी परिवर्तन हुँदै आएको वर्तमान परिप्रेक्षमा समेत नेपाली सेनाको जिम्मेवारी झन्झन थपिँदै गएको छ ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ । रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषि राजभण्डारी नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा देखाएको व्यावसायिक कुशलताकै कारण विश्व समुदायको पहिलो रोजाइमा पर्न सफल भएको बताउछन्। कतिपय द्वन्द्वरत मुलुकका महत्वपूर्ण संरचना, स्थल र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी पनि नेपाली सेनाले लिने गरेका प्रशस्तै उदाहरण छन् । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारी निर्देशन पालना, व्यावसायिक, अनुशासन र मिलनसार चरित्र भएकै कारण नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकका जनताको मन जित्न सफल हुदै आएको बताउछन् । उनी भन्छन्, “भूगोलको हिसाबले सानो राष्ट्र भए पनि विश्व शान्तिका लागि नेपालको ठूलो योगदान छ, नेपाली सैनिक जुन ठाउँमा खटिन्छन् त्यो ठाउँमा प्रभावकारी काम हुन्छ भन्ने सन्देश दिन सङ्गठन सफल भएको छ । शान्ति सैनिक पहिलो पटक खटाउने सन्दर्भमा निकै संवेदनशील मानिएका लाइबेरिया, कङ्गो, सुडान लगायतका मुलुकमा नेपाली सेनाले अग्रपङ्क्तिमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेको घटनालाई सर्वत्र प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ गरेको योगदानअनुसारको नेतृत्व र जिम्मेवारी पाउन नेपालले संयुक्त राष्ट्र सङ्घलाई आग्रह गर्दै आएको छ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

श्रीमतीको हत्या

गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका...

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु...

तरकारी फल्यो, बजार छैन

राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै