logo

सिँचाइ आयोजनाको काम पुनः शुरु

लमही, असोज २६
स्थानीयवासीको अवरोधका कारण ठप्प भएको जिल्लाकै एक गौरवको सिँचाइ आयोजनाको काम पुनः शुरु भएको छ । स्थानीयवासीले कुलो निर्माण गर्न नदिएकाले विगत चारमहिनादेखि निर्माण अवरुद्ध भएको बड्कापथ सिँचाइ आयोजनाको काम स्थानीयवासीसँगको छलफलपछि पुनः शुरु गरिएको हो । गढवा गाउँपालिकाको मलमला गाउँका बासिन्दाले कुलो खन्न नदिने अडान लिएकाले निर्माणको काम ठप्प भएको थियो । विकास निर्माणमा अवरुद्ध गर्दा आफैलाई घाटा हुने भएकाले उनीहरूले कुलो निर्माण गर्न दिने सहमति गरेका हुन् । अहिले कुलो निर्माणको काम धमाधम अघि बढिरहेको प्रगान्न तथा बड्कापथ सिँचाइ आयोजनाका प्रमुख कृष्णप्रसाद रिजालले बताए । ‘‘स्थानीयवासीको अबरोधका कारण आयोजनाको काम अघि बढ्न सकेको थिएन्’’ उनले भने, ‘‘स्थानीयवासीसँंगको छलफल पछि अहिले धमाधम काम अघि बढिरहेको छ ।’’

सोही आयोेजना अन्तर्गत राप्ती नदीको करिब ९ क्युसेक पानीलाई ३२ किलोमिटर लामो नहर बनाएर गढवा गाउँपालिकाको ४० हजार हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पु-याउने उद्देश्यले २०६९ सालदेखि काम शुरु गरिएको उनले बताएका छन् । रू एक अर्ब ३९ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाका लागि आठ वटा प्याकेजमा ठेक्का लगाइएको छ । हाल उक्त आयोजनाको साइट इन्टेक निर्माणको काम ९० प्रतिशत पूरा भएको छ भने करीब छ किलोमिटर नहर निर्माण र सात किलोमिटर तटबन्ध निर्माण कार्यक्रम सम्पन्न भएको इञ्जिनीयर विनोद पन्तले जानकारी दिए । विसं२०७६ मा निर्माण सम्पन्न गर्ने सम्झौता भएकाले सोही अनुसार काम अघि बढिरहेको उनले बताएका छन् । इञ्जिनीयर पन्तका अनुसार ३२ किलोमिटर मूल नहरमध्ये ७।३ किमिसम्म ठेक्का सम्झौता भएको छ । हाल ठेक्का सम्झौताको ४६ प्रतिशत काम सम्पन्न भइसकेको र त्यसका लागि रु ६५ करोड ७८ लाख ५१ हजार खर्च भइसकेको छ ।

निर्माणमा देखिएका कठिनाइ
उक्त आयोजनाका लागि जग्गाको मुआव्जाबारे व्यवस्था नहुँदा नहरको रेखाङ्कनभित्र परेको जग्गा प्राप्तिका लागि कठिनाइ भएको इञ्जिनीयर पन्तले बताए । स्थानीयवासीसँग आयोजना पास गर्नुभन्दा अघि मुआब्जा नदिने सहमति भएको र त्यहीअनुसार बजेट व्यवस्थापन गरिए पनि अहिले स्थानीयवासीले मुआब्जाको माग गर्दै पटक–पटक काममा अवरोध गर्ने गरेको उनले बताएका छन् । मूल नहरको मल्मला गाउँमा नहरको रेखाङ्कनभित्र ऐलानी जग्गा अतिक्रमण गरिबसेको बस्ती हटाउन कठिन भएको, मापदण्ड विपरित नदीजन्य वस्तु उत्खनन् गर्दा नहर भन्दा नदी तल भएकाले पनि समस्या हुनाका साथै स्थानीय तहले लगाएको नदीजन्य पदार्थमा लगाउने करले पनि निर्माणमा प्रभाव पारेको छ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

श्रीमतीको हत्या

गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका...

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु...

तरकारी फल्यो, बजार छैन

राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै