logo

वैदेशिक रोजगारी, बढेको विप्रेषण र दशैं खर्च

निनाम कुलुड. 'मंगले'
नेपालमा विगत लामो समयदेखि के हिमाल ?, के पहाड ?, के भित्री मधेस ?, के मधेस ?, के पश्चिम ?, के पूर्व ?, के सहर ?, के गाउँ ?, के गरिब वर्ग ?, के मध्यम वर्ग ?, के धनी वर्ग ? सबै भूगोल र क्षेत्रका प्रायः सबै नेपालीको घर–घरमा आर्थिक रुपमा भरथेग गर्ने एउटा मुख्य आधार वा माध्यम बन्दै गएको छ । ’वैदेशिक रोजगारमा श्रम गर्न गएका नेपाली कामदार वा भनौं श्रमिकहरुको कमाइ ।’ फरक यत्ति छ, मध्यम वर्ग/धनी वर्गका मानिसहरु कम्तीमा ३०/३५ लाखदेखि ४०/४५ वा त्यो भन्दा पनि बढी रकम (पछिल्लोपटक ६०/६५ लाखसम्म तिर्छन् रे भन्ने सुनिन्छ) दलाललाई तिरेर विभिन्न आवरणमा खासगरी शरणार्थी, द्वन्द्वपीडित, भूकम्पपीडित आदिको आवरणमा (जेजे भनेर निवेदन दिँदा प्रवेशपत्र वा भिसा पाउने सम्भावना हुन्छ वा भागेर जाँदा सम्बन्धित देशको सीमामा जेजेभन्दा प्रवेश पाउने सम्भावना हुन्छ, त्यही भनेर) युरोप महादेशका विभिन्न देश र जापान, अमेरिकालगायत देशमा जान्छन् भने गरिब वर्गका मानिसहरु पनि कम्तीमा ८०/८५ हजारदेखि एक लाख ३०/३४ वा एक लाख ५०/६० हजारसम्म तिरेर मलेसिया, साउदी अरब, युनाइटेड अरब इमिरेटस् (युएई) हुन त कतिपयले दुबई भन्नाले पूरै युएई हो भन्ने बुझेका छन् । जबकि दुबई भनेको युएईको ५वटा संघ (इमिरेटस्) मध्ये एक हो ।, कतार, कुवेत, बहराइन, ओमानलगायत देशहरुमा जाने गरेका छन् । हालका श्रममन्त्री गोकर्ण विष्टले भने मलेसिया लगायत खाडी क्षेत्रका देशमा सकेसम्म फ्रि नभए पनि न्यूनतम लागतमा नेपाली कामदार पठाउनका लागि पहल गरिरहेका छन् ।

जुन काम सफल भएमा मध्मस्तर र गरिब नेपालीहरुका लागि धेरै नै राम्रो हुनेछ । तर, केही समय यता वैदेशिक रोजगारीको क्षेत्रमा फाइदासँगै अनेक खाले चुनौती, र विकृतिसहित बेफाइदहरुको चाङ्ले पनि घेरिँदै गएको देखिन्छ । खासगरी विदेशमा काम गर्न गएका परिवारका सदस्य (श्रीमान/श्रीमती) ले रात दिन नभनी कम्पनी वा घर मालिक/मालिक्नीले दिने अनेक खाले शासना, मानसिक यातना, उनीहरुले कम्पनीको नाममा (कम्पनी भए) आफूखुसी लगाउने नियम, कानुनलगायत अनेक खाले बाधा–व्यवधान सहेर, घरको आर्थिक स्थिति सम्झेर, देशको बेरोजगारीलाई सम्झेर, रोजगारी पाइहाले तापनि तलबले घर खर्च धान्नै मुस्किल पर्ने, कामको स्थिरता नहुनेलगायतका अनेक खाले दुःख, झमेलाहरुलाई सम्झेर र, हड्डी घोटेर कमाएको पैसालाई खाई/नखाई घरको दुःख सम्झेर बचत गरेर पठाएको पैसा यता स्वदेशमा रहेका श्रीमान/श्रीमतीहरुले छोराछोरीको पढाइलेखाइ र उनीहरुको हेरचाह गर्नु, आफ्नो श्रीमान वा श्रीमतीले कसरी कमाइरहेका छन् ? त्यो सम्झेर फारोतिनो गर्नु, बचत गर्नुको सट्टाको छर–छिमेक वा समाजले नदेख्ने गरी गोप्य रुपमा ढाडे बिरालो/बिराली पाल्ने र उनीहरुसँग राम रमाइलो गर्ने, फोकटमा फुर्मास गरेर हिंँड्ने, उस्तै परे त्यही ढाडे बिरालो/बिरालीसँग दोस्रो/तेस्रो/चौंथो/पाँचौं/छैटौं पटक अस्थायी (पैसा रहुञ्जेल) घरजम गर्ने गरेको देखिन्छ । तर, हाम्रो देश नेपाल पुरुष प्रधान देश भएर पनि होला, विदेशमा कमाइ गरिरहेका श्रीमतीका नेपालमा रहेका श्रीमानहरुले गरेको नकारात्मक कामहरु वा विगारहरुका बारेमा खासै चर्चा हुँदैन । पत्रपत्रिकालगायत मिडियाका विभिन्न माध्यमहरुले पनि खालि विदेश गएका श्रीमानका नेपालमा रहेका श्रीमतीहरुको नकारात्मक समाचार मात्रै बाहिर ल्याउने गरेको देखिन्छ ।

फलतः हाल आएर नेपालीहरुका लागि ‘वैदेशिक रोजगार वरदान कि अभिशाप ?’ भन्ने प्रश्न पनि उठ्न थालेको छ । भलै यसरी विदेशमा रहेर कमाइ गर्ने श्रीमान/श्रीमतीको ‘कमाइ ढाडे बिरालो/बिरालीसँग रमाइ’ गर्नेहरु सायद औंलामा गन्न सकिने प्रतिशतमा अर्थात् थोरै मात्रै होलान् ? तर, उनीहरु सिंगो बोरामा कुहिएको एउटा आलुझैं भएका छन् । अर्थात् जसरी कुहिएको त्यही एउटा आलुले बेलैमा निकालेर नफाले विस्तारै बोराभरिको सबै आलु बिगार्छ, त्यसरी नै विदेशमा रहेर दःखजिलो गरेर कमाएको ‘कमाइमा रमाइ’ गर्न ढाडे बिरालो/बिराली पाल्नेहरुले पनि विस्तारै समाजलाई विकृतिको खाडलमा जाक्दैछन् । हुन त नेपाली समाज हिन्दु धर्मप्रधान छ । पुरुषप्रधान छ । चाहिनेभन्दा बढी नै अर्घेलो छ । त्यसैले त माथि भनेझैं विदेशमा रहेर कमाइ गरी स्वदेशमा पैसा पठाइरहेका श्रीमतीहरुको ‘कमाइमा ढाडे बिरालीहरुसँग रमाइ’ गर्ने पुरुषहरु भन्दा श्रीमानहरुले कमाइ गरेर पठाएको ‘कमाइमा ढाडे बिरालोहरुसँग रमाइ’ गर्नेे महिलाहरुका बारेमा चाहिनेभन्दा बढी नै चियोचर्चो र नकारात्मक टिप्पणी हुने गरेको छ । यसबारेमा पछि अलग्गै अरु बढी चर्चा गरौंला ।

तर, समग्रमा हेर्दा हालसम्मको नेपालको वैदेशिक रोजगारको बारेमा विभिन्न तथ्य/तथ्यांकहरुलाई आधार मानी भन्नु पर्दा र आयस्ताको हिसाबले भन्नुपर्दा नकारात्मकभन्दा सकारात्मक पाटो नै धेरै देखिन्छ । किनभने सन् २०१४/०१५ मा ग्रोस डोमेस्टिक प्रोडक्ट (जीडीपी) को आधारमा नेपाल विश्वका प्रमुख रेमिट्यान्स भित्र्याउने देशमध्ये तेस्रो ठूलो देश भएको थियो भने सन् २०१६ मा ग्रोस डोमेस्टिक प्रोडक्ट (जीडीपी) को आधारमा हेर्दा नेपालले विदेशबाट रेमिट्यान्स भित्र्याउने देशहरुमा पहलो देश भएको थियो । यसरी नेपालले रेमिट्यान्स भित्र्याउने देशका लागि दोस्रो हुनका लागि प्रतिस्पर्धा गर्नै परेन ! अर्थात् सन् २०१६ मा रेमिट्यान्स भित्र्याउने विश्वका सबै देशलाई आफू भन्दा पछाडि पार्दै नेपालले एकैचोटि विश्वकै पहिलो देशमा स्थान बनाएको थियो । त्यसको मतलब नेपालको समग्र आर्थिक विकासमा फड्को मार्नु नै हो भन्न सकिन्छ । किनभने यस्तो आर्थिक फड्को मराइले व्यक्ति, परिवार, समाज र समग्र देशलाई नै योगदान पुगिरहेको हुन्छ । यसको फाइदाहरुका बारेमा चर्चा गर्दा नेपालमा सहरीकरण तीव्र रुपमा बढी रहेको छ । मान्छेहरुको क्रय शक्ति पनि त्यसरी नै बढेको छ । फलतः उपभोक्तावादी संस्कृति पनि बढेकै छ । त्यसको फलस्वरुप उद्योग धन्दा फस्टाएको छ । दैनिक उपभोग्य बजार पनि बढेकै छ ।

यता नेपालभित्र कुन क्षेत्र, वर्ग, लिंग, जातकाले विदेशमा गएर धेरै कमाइ गरी रहेका छन् त ? भन्ने सन्दर्भमा हेर्दा रेमिट्यान्समा महिलाको योगदान यत्ति नै भनी ठ्याक्कै अंकमा भन्न नसकिए तापनि लगभग एक चौथाइ रहेको देखिन्छ भने २०७१/०७२ भदौसम्म (यो तथ्यांक अलि पुरानो हो) मा वैधानिक बाटो भएर महिलाहरु विदेशमा कामका लागि गएको तथ्यांक हेर्दा २२ हजार २८ जना विदेशिएको देखिन्छ । यसरी विदेशमा गएर काम गरेर विदेशी मुद्रा अर्थात् रेमिट्यान्स भित्र्याउनेमा सबैभन्दा धेरै मधेसी समुदायको योगदान देखिन्छ । त्यो बेला मधेसी समुदायले नेपाल भित्रिने रेमिट्यान्स्को सम्पूर्ण अंशमा ३९ दशमलव ०७ प्रतिशतको योगदान गरेको थयो भने दलित समुदायको योगदान ३७ दशमलव दुई प्रतिशत, आदिवासी जनजातिको ३४ दशमलव ०८ प्रतिशत, बाहुन क्षेत्रीलगायत खस आर्य समुदायको ३४ दशमलव छ प्रतिशत योगदान रहेको थियो । सायद अहिले पनि माथिको तथ्यांकमा खासै अन्तर आएको छैन होला ।

त्यस्तै यी समुदायहरुको गरिबीको रेखामुनिको प्रतिशत (दर) हेर्दा सबैभन्दा धेरै दलितको समुदायको गरिबी दर ४७ प्रतिशत थियो भने सबैभन्दा कम बाहुन क्षेत्रीलगायत खस आर्य समुदायको गरिबी दर १९ प्रतिशत रहेको थियो । त्यस्तै मधेसी समुदायको गरिबी दर २१ प्रतिशत रहेको थियो भने उता आदिवासी जनजातिको गरिबीकोे दर दोस्रो अर्थात् ४४ प्रतिशत रहेको थियो । तथ्यांक स्रोतः ‘अपेक्षा र यथार्थको कसीमा नेपालको संघीयता’ नामक किताब । नेपालीहरुले कामदारको रुपमा विभिन्न देश गएर कमाइ गरी पैसा नेपाल पठाएको रकमको सन्दर्भमा भन्नुपर्दा अन्तर्राष्ट्रिय रुपमा हेर्दा सन् २०१४/०१५ मा विश्व बैंकले निकालेको एक प्रतिवेदनअनुसार विदेशमा काम गर्ने नेपालीहरुले सन् २०१४/०१५ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा २९ दशमलव दुई प्रतिशत रकम अर्थात् रेमिट्यान्स् आफ्नो देश (नेपाल) पठाएका थिए । यसरी सन् २०१४/०१५ मा जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स भित्र्याउने पाँच देशमा नेपाल तेस्रो स्थानमा रहन सफल भएको थियो । पहिलोमा ताजिकिस्तान ४१ दशमलव सात प्रतिशत, दोस्रोमा किर्गिस्तान ३० दशमलव तीन प्रतिशत, तेस्रोमा नेपाल २९ दशमलव दुई प्रतिशत, चौंथोमा टोगा २७ दशमलव नौ प्रतिशत र पाँचौंमा मोल्दोभा २६ दशमलव दुई प्रतिशत रहेको थियो । (स्रोतः विश्व बैंक) स्मरणीय के छ भने २०१४/०१५ मा यसरी जीडीपीको अनुपातभन्दा बढी रेमिट्यान्स भित्र्याउने पाँच देशहरुमा ताजिकिस्तान, किर्गिस्तान र मोल्दोभा यी तीन देश पूर्व सोभियत संघ आबद्ध देशहरु हुन् । यता राष्ट्र बैंकले गत चार वर्षमा नेपाल भित्रिएको रेमिट्यान्स रकमको तथ्यांकअनुसार २०७० मा एक खर्ब ३५ अर्ब तीन करोड, विसं २०७१ मा एक खर्ब ३४ अर्ब १९ करोड, विसं २०७२ मा एक खर्ब ६६ अर्ब ४२ करोड र विसं २०७३ मा एक खर्ब ७१ अर्ब ८० करोड थियो भने विसं २०७४ मा विदेशमा काम गर्ने नेपालीहरुले कति रकम नेपाल पठाए ? केही उल्लेख गरिएको छैन । सायद यसबारेमा राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायले विस्तृतमा अध्ययन भइसकेको छैन । तर, विसं २०७४ मा स्थानीय तह, प्रदेशसभा र संघीय (केन्द्रीय संसद) को चुनाव भएकोले सो वर्ष विदेशमा काम गर्न जाने नेपाली कामदारहरुको संख्या केही घटेको थियो । त्यसैले नेपाल आउने रेमिट्यान्स पनि घटेको हुन सक्छ । तर, २०७५ मा भने अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकोले नेपाल भित्रिने रेमिट्यान्स पनि बढी रहेको छ ।

नेपाल भित्रिएको रेमिट्यान्स रकमकै कुरो गर्दा सन् २०१६ मा विश्व बैंकले विश्वको विभिन्न देशको रेमिट्यान्स आम्दानीबारे मसिनो गरी केलाएर गरेको एक अध्ययन प्रतिवेदअनुसार धेरै देशको आम्दानी देशको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी रहेको देखाएको छ । नेपालको हकमा पनि त्यही देखिन्छ । त्यति मात्रै होइन, कुल गार्हस्थ्य उत्पानको आधारमा विदेशी मुद्रा भित्र्याउने देशहरुमा नेपाल विगतमा (आफ्ना विदेश काम गर्न गएका नागरिकहरुले कमाएर पठाएको रकम प्राप्त गर्ने) देशहरुको सूचीमा सधैँ ‘टप १०’भित्र मात्रै पर्ने गरेको थियो । तर, एक्कासी सन् २०१६ मा पहिलो स्थानमा पुग्नुलाई धेरै जसो विषय विज्ञहरु खासगरी अर्थ शास्त्रीहरुले निको मानेका छैनन् । विज्ञहरुको भनाइलाई मान्ने हो भने, यसले नेपाली अर्थतन्त्रमा आएको÷छाएको नकारात्मकता अर्थात् कमजोरीहरुको प्रतिबिम्ब देखाउँछ । हुन पनि विश्व बैंकका अनुसार सन् २०१६ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान ३१ दशमलव तीन प्रतिशत रहेको छ ।

नेपालमा कुन समयमा रेमिट्यान्स बढी भित्रिन्छ ? हो, धेरै जसो पाठकलाई थाहा नहुन सक्छ कि, नेपालमा कुन समय वा महिनामा विदेशमा काम गर्न गएका नेपाली कामदारहरुले आप्mनो कमाइ नेपाल पठाउँछन् ? हो यसबारेमा यो लेखको लेखकले छोटो जानकारी दिने प्रयास गरेका छन् । यसरी हेर्दा विगत लामो समयदेखि विक्रम संवत्को असोज महिनामा अरु महिना वा अरु बेलाभन्दा बढी रेमिट्यान्स् भित्रिएको देखिन्छ । यसो हुनुमा प्रायः जसो विक्रम संवत्को असोज महिनामा नै हिन्दु धर्मालम्बीहरुको महान् ‘चाड बडा दशैं पर्नु हो भन्न सकिन्छ । कहिलेकाहीँ कात्तिक महिनामा हिन्दु धर्मालम्बीहरुको महान् चाड बडा दशैं परे पनि कात्तिकको पहिलो हप्ताभन्दा उता कटेको बिरलै मात्रै भेटिन्छ/देखिन्छ । त्यसैले स्वभावतः तथ्य–तथ्यांकमा (२०६८ को राष्ट्रिय जनगणनामा उल्लेख भएअनुसार नेपालमा ८१ दशमलव तीन प्रतिशत हिन्दु धर्म मान्नेहरु छन्) नेपालमा सबैभन्दा धेरै जनसंख्या हिन्दु धर्म मान्नेहरुको भएकोले विदेशमा काम गर्न जाने कामदारहरुको संख्या पनि हिन्दु धर्म मान्ने समूह र वर्गकै बढी हुने भए । फलतः हिन्दु धर्म मान्नेहरुको महान चाड बडा दशैं ताका नेपाल भित्रिने रेमिट्यान्सको दर पनि स्वतः बढी हुने नै भयो । राष्ट्र बैंकको एक तथ्यांकअनुसार विसं २०७२ को असोजको एक महिनामा मात्रै एक खर्ब ६६ अर्ब ४२ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यस्तै विसं २०७३ को असोज महिनामा ७१ अर्ब ८० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । राष्ट्र बैंकको रेमिट्यान्ससम्बन्धी अध्ययन प्रतिवेदनअनुसार हरेक आर्थिक वर्षंको असोज महिनामा अरु महिनाको तुलनामा २४ प्रतिशतसम्म बढी विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स नेपाल पठाउने गरेका छन् ।

हुन पनि असोज महिनामै त्यसरी बढ रेमिट्यान्स किन नभित्रियोस् ? किनभने हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैं नसकिँदै ‘शुभ दिपावली’ अर्थात तिहार सुरु हुन्छ । तिहारलाई बत्तीको अथवा भनौं उज्यालोको चाड पनि भनिन्छ । फेरि यो ‘शुभ दिपावली’, तिहार वा बत्तीको अथवा भनौं उज्यालोको चाडलाई बडा दशैंलाई जस्तो बहिस्कार नगरेर बहिस्कारवादीहरुले पनि मनाउँछन् । सायद यो तिहार चाड माग्ने चाड (जुनसुकै जातजाति, समुदाय वर्ग वा समूहलाई देउसी–भैलोको नाममा पैसा माग्ने व भनौं पैसा सङ्कलन गर्ने एउटा राम्रो माध्य पनि भएको देखिन्छ, तिहार चाड) भएर पनि होला, यो वा त्यो अनेक बहाना र नाममा वा राजीखुसीले नै किन नहोस्, बडा दशैं बहिस्कार गर्ने बहिस्कारवादीहरुले पनि तिहार चाडलाई भने उफ्रीपाफ्री गर्दै उधुमका साथ मनाउँछन् ! यसले गर्दा पनि सायद नेपालमा अरु महिनामा भन्दा असोज महिनामा रेमिट्यान्स भित्रिनमा केही न केही थप बल पुग्दो ? तर, दुःखको कुरो अहिलेसम्म पनि नेपाल भित्रिएको रेमिट्यान्स् सही ठाउँमा सदुपयोग भएको देखिँदैन । किनभने केही अघि प्रकाशित एक तथ्यांकअनुसार नेपाल भित्रिने लगभग ९२ प्रतिशत रेमिट्यान्स अझै पनि खानपान, रमझम, घुमघाम, लत्ताकपडा, गरगहनालगायत अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । त्यसैले विदेश जाने हरेका नेपाली कामदारलाई अबका दिनमा आपूmले दुःखजिलो गरेर कमाएको रकम कसरी र किन दीर्घकालीन रुपमा आय हुने क्षेत्रमा लगानी गर्ने ? भनी प्रशिक्षण दिने र प्रोत्साहित गर्ने काम राज्यको नीति निर्माण गर्ने तहमा बस्नेहरुले ढिलो नगरी सोच्नुपर्ने देखिन्छ । आगे जो मर्जी, जो हुकुम ! (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै