logo

होस पु-याएर किनौँ खसीबोका

डा.केदार कार्की
चाडैचाडको देश नेपालमा मुखैमा दशैंँ आइपुगेको छ । चाडबाडको विशेषता भनेको मासुका व्यञ्जन, परिकार तयार गरी घर परिवारका लागि मात्र नभई इष्टमित्र, माइती, ससुराली खलकमा कोसेली बाँडी रमाइलो मनाउनु पनि हो । हुन त बढ्दो सहरीकरण अनि विद्युतीय सञ्जालको प्रभावका कारण आजका हाम्रा प्लस–२ का पुस्ता पश्चिमी सभ्यताका अभ्यस्त भइसकेका छन् । यसको प्रत्यक्ष उदाहरण दरवारमार्गमा खुलेका केएफसीको पसलले काठमाडौंको टोल–टोलमा आफ्नो व्यापार विस्तार गरेको मान्न सकिन्छ । भनिन्छ, मासुको उपभोग, उपभोगको वृद्धि हुनु भनेको, व्यक्ति अनि समाजको आयस्तर वृद्धि हुनुको मापक पनि हो । तर गरिब सुकुम्बासी अनि ज्यालादारी, बनीबुतो गरी खानेहरुको लागि त चाडबाड कुर्नुपर्ने हुन्छ, त्यो पनि ऋण काढी भए पनि । कुरोको चुरो त यहाँ छ, यसपालिको दशैंँ चाडबाड खसी, बोको अथवा भन्नैपर्ने हुन्छ, भन्नलाई त चाडबाड अझै हिन्दूहरुको महान् चाड तर हाम्रो आफ्नो परिवेशमा जस्तो किसिमको जनघनत्वको बसोबास छ । चाडबाडमा पुग्नेजति मासु, त्यो मासु पसलमा किनेर नपुग्ने । आफ्नो धर्म, रीति, परम्पराअनुसार आफ्नो गच्छेलाई भ्याए पनि नभ्याए पनि एउटा, पशुपक्षी आफ्नो कुल देवतालाई बली चढाउनैपर्ने अझ एउटा घोर्ले खसी । हाम्रा गाउँघरतिर त बूढापाकाले यसपटकको चाडबाडमा, खसीबोका च्याङ्ग्रा वध गरेपछि अर्को वर्षलाई गोठमा भएको पाठापाठीलाई अर्को वर्षका लागि तयार पार्थे । तर आजको सहरी पुस्ताका लागि बढ्दो सहरीकरणको प्रभाव खेती तथा पशुपालनका लागि चाहिने ठाउँको संकुचनले गर्दा यो असम्भव मात्र हैन दुरुह कार्य हुन जान्छ । त्यसैले मुखमा नै आएको दशैंँको लागि चाहिने खसी, बोका च्याङ्ग्राको हाम्रो स्रोत कि त ग्रामीण क्षेत्रमा भएका आफन्तले खसी, बोका पालेको भए कोसेली पठाइ पो दिन्छ कि त्यो पनि विगतको डेढ दशकको विविधखाले द्वन्द्वका कारण के तराई के मधेश, के पहाड सबैतिरका आफन्त यही सहरमा पाहुना लागेका छन् ।

विकल्प के त ? खाद्य संस्थानले खसी, बोका र च्याङ्ग्रा ल्याई मूल्य तोकी बिक्री गरी हाले आफू जाँदा आफ्नो भागमा किन्नै मन लागे पनि पनि पाइएला वा नपाइएला, पाइहाले छिट्टै पुगेको छिमेकीले छान्दा बाँकी रहेको पनि भाग नपर्ला भन्ने डर पनि छ । त्यसबाहेक यस काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने नियमित रुपमा खसी, बोका, च्याङ्ग्रा किन्ने ठाउँ भनेको कलंकीको खसीबजार, टुकुचाको खसीबजार त हुँदै छ, त्यसबाहेक त्यस बेला बाटा, चौबाटामा पनि खसी, बोका, च्याङ्ग्रा बिक्री गर्न राखिएको पाइन्छ । समस्या अलिकति मूल्यमा पर्नसक्छ । सरकारी स्तर बजार अनुगमन थालिएको हुन्छ । यसबारे अन्तिम निर्णय त उपभोक्ता तथा बिक्रेताको समझदारीको कुरा भयो ।

समस्या कहाँनिर छ ? आजको काठमाडौंको बसाइ अलि बेग्लै छ, घर त आफ्नो छ तर बहाल पनि लगाइएको छ । पहिले नै खसी, बोका किनी ल्याउ, बहालमा बस्नेलाई झिझो लाग्ला भन्ने डर वा घरधनीले कचकच गर्ला भन्ने डर । अनि यसको एउटा समाधान त छ त्यो के भने, घरमा साइत पनि जुरायो, पानी पनि ततायो अनि खसी, बोका किन्न हिँड्यो, जे मूल्यमा आफ्नो गच्छेअनुसार को खसी, बोका ल्यायो अनि बली चढायो । यो नै व्यावहारिक देखिन्छ । यदि पहिला नै खसी, बोका खरिद गर्ने सोच्नुभएको छ अनि घरमा राख्ने ठाउँ पनि घरबेटी, बहालमा बस्नेको त कुरा छिमेकीले पनि कचकच गर्दैन भन्नेमा आश्वस्त हुनुहुन्छ भने । खसी किन्दा डम्म पेट भएका, लौ यो त खासै रहेछ भनी नकिन्नुहोला । त्यसबेला खसी, बोका मोटाघाटा देखाउन प्रशस्त अन्न खुवाएको हुनसक्छ । किनभने त्यसबेला खसी बिक्रेताले यो यति किलोको है भनी मोल भाउ गर्ने गर्छन् । त्यतिबेला खसी, बोका किनिहाल्नुभयो भने घरमा ल्याई वध नगरिन्जेलसम्म थप अन्न खान नदिनुहोला । किनभने त्यो खसी बोकाले पहिले नै जोहो गरिसकेको हुन्छ । अन्यथा तपाईंको खसी, बोका फेरि अस्पताल पु-याउनुपर्ने हुन्छ । बरु बली चढाउने खसी, बोका च्याङ्ग्रालाई खाली सादा पानी, थोरै मात्रामा स्याउलो वा इलेक्ट्रो लाइट दिए पुग्छ ।

त्यसो गरियो भने त्यो खसी, बोका च्याङ्ग्राले पहिला खाएको अन्न, घाँसपात पची शरीरबाट मलमूत्रका रुपमा विसर्जन गर्छ अनि तपाईंले वध गर्दा त्यसको जीउमा लादी पनि कम हुन्छ । आन्द्राभुँडी सफा गर्न पनि कम झन्झटिलो हुन्छ । यसभन्दा अझ फाइदा यसमा पो छ, त्यो खसी बोका च्याङ्ग्राले खाएको अन्न घाँसपात, उसको शरीरमा चय/अपचय हुँदा त्यसबाट उत्पन्न हुने विष विषाक्ति पनि उसको शरीरबाट बाहिरिएको हुन्छ । जसका कारण त्यस्ता खसी, बोका, च्याङ्ग्राबाट तयार पारेका दशैंं परिकार, स्वस्थ पनि हुन्छन् । तपाईं आफैंले वध, काँटछाँट गर्नुभएको छ, मासु स्वच्छ पनि हुन्छ, सफा त त्यसै हुने नै भयो । यसो भयो भने दशैंंमा तपाईंले खाएको खुवाएको मासुबाट, मासुजन्य विषाक्ति हुन जोखिम कम हुनेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै