logo

बोझको दशैंं नबनोस्

पोसकान्त पोखरेल
परापूर्वकालदेखि मानिँदै आएको पर्व हो शैं । विशेष गरेर दशैंंलाई खुसीको पर्वको रुपमा पनि लिने गरिन्छ । पुराना भनाइहरुलाई आधार मान्ने हो भने दशैंं असत्यमाथि सत्यको जीत नै हो र यसलाई दिवशको रुपमा पनि लिन सकिन्छ । दिवसको रुपमा यस अर्थमा लिन सकिन्छ कि असत्यमाथि सत्यको जीत हुँदा पहिले दशैंलाई खुसियालीको रुपमा मनाइयो र मनाउँदै जाँदा एउटा ठुलै पर्वको रुपमा परिणत भयो । उदाहरणको लागि अहिले हामीले मान्दै आएको संविधान दिवश, प्रजातन्त्र दिवसजस्तै हो दशैं पनि । किनकी प्रजातन्त्र दिवस प्रजातन्त्रको प्राप्ति पछि मानियो भने संविधान दिवस संविधानको । हामी दिवस वा पर्व जे मान्दछौं त्यो खुसीको लागि मान्दछौं । कसैको घरमा दुःखद परिस्थिति छ भने त्यो घरमा कुनै पनि प्रकारको खुसी मनाइँदैन । चाहे त्यो दशैं होस, चाहे दिपावली, चाहे अन्य कुनै । यो कुराले के प्रमाणित गर्न सकिन्छ भने कसैको घरमा कसैको स्वर्गवास वा अन्य कुनै दुःखद घटना घटेको छ भने उक्त व्यक्तिको घरमा कुनै पनि खुसियाली झल्काउने गतिविधि हुँदैनन् र ती गतिविधिहरुलाई समाजले पनि सहस्र स्वीकार गर्दै त्यसतर्फ सचेत भएर लागेको पाइन्छ ।

दशैंको कुरा गर्नुपर्दा दशैंमा टाढा टाढा रहेका अधिकांश परिवारका सदस्यहरु एक ठाउँ जमघट हुने गर्दछन् । त्यसमा कतिपय लामो समयपछि भेट भएका हुन्छन् भने कतिपय केही समयको अन्तरालमा । जो जसरी जति समयको अन्तरालमा भेट भए पनि सबैको चाहना सम्बन्धमा दरार नआहोस् भन्नु नै प्रमुख हुन्छ । नेपालको सन्दर्भमा दशैंको कुरा गर्नु पर्दा दशैंलाई टीका र जमरा लगाई ठूलावडाबाट आशीर्वाद लिएर मिठा–मिठा चौरासी व्यञ्जन भोजन ग्रहण गरी नयाँ–नयाँ तथा राम्रा–राम्रा कपडाहरु लगाएर मान्ने गरिन्छ । प्रायः टीका ग्रहण गर्दा पहिलो पटक उक्त कपडाको प्रयोग गरिन्छ । र खानपिनमा धेरै जसो परिवारमा खसी, बोका, कुखुरा, हाँस, पाडा,लगायतका जीवहरु काटेर खाने पनि गरिन्छ । त्यसमा पनि हरेक कुराहरुमा आपसी प्रतिस्पर्धा उच्च हुन्छ । तँ भन्दा म के कम, तेरो जति मेरो पनि छ भन्ने जस्ता कुराहरु दशैंका सबैभन्दा नराम्रा पक्षहरु हुन् । कसैले सुरुमा १० किलोको खसी ल्यायो भने त्यसपछि किन्ने परिवारले त्यो भन्दा एक किलो नै किन नहोस तर ठुलो नै ल्याउने । सक्नेका परिवारले महँगो र राम्रा कपडा लगाए तर ऊभन्दा कम नहुने भन्दै असक्षम परिवारले ऋण खोजी खोजी पनि त्यो भन्दा सानो नहुने किसिमले दशैंलाई मनाउनु नै दशैंको सबैभन्दा नराम्रो पक्ष हो । आम्दानी तथा आयस्रोत हुनेले आफ्नै तरिकाले मनाउँछ तर नहुनेहरु उसको बराबरमा जानु भनेको दशैंको सबैभन्दा ठूलो विकृति हो । सकिन्छ राम्रैसँग मनाऔं सकिंदैन भड्किलो वा खर्चिलो नबनाऔं । आजको सकि नसकि गरेको अनावश्यक खर्चले आज मात्र इज्जत धान्ने हो तर त्यसले दीर्घकालीन रुपमा हानि नै पु¥याउँछ । आज हामी नसकी नसकी अरुको देखासीकीमा लाग्यौं भने भोली त्यो देखासिकी हाम्रो जीवनको सबैभन्दा ठुलो बेइज्जत हुन सक्छ । पर्व नमानौं र रमाइलो नगरौं भन्न खोजेको होइन तर पर्व मान्दा गक्षअनुसार मात्र मानौं । अझ त्यसमा बढी ऋण खोजेर त मान्दै नमानौं  । जसले गर्दा आजको रमाइलोले भोलि समाजमा शिर झुकाउने अवस्थाको सृजना नहोस् ।

सर्वश्रेष्ठ प्रणाली हुँदा मानिसले धेरै कुराहरु सोचेको हुन्छ । आज हामीलाई सहयोग गरेर आदर्श देखाउनेहरु भोली हाम्रै कुरा काट्न पछि पर्ने छैनन् । किनकि आज हामीलाई ऋण दिएर ठूलो महसुस भयो भने भोलि त्यही कुरा अल्झाएर सबैभन्दा तल देखाउन पनि पछि पर्ने छैनन् । मन हो कति बेला कता मोडिन्छ कसैलाई केही पत्तै हुँदैन । कति बेला आफैं परिवर्तन हुन्छ भने कतिबेला अरुले परिवर्तन गराइदिन्छन् । हामीकहाँ बसेको संस्कारको कुरा गर्नुपर्दा यहाँ कसैले पनि अरुभन्दा सानो हौं भन्ने सोच्दैन । सबैले म नै ठूलो हुँ भन ठान्ने हुँदा त्यसप्रति सबै सजग हुनु उत्तिकै महत्वपूर्ण कुरा हो । हो, हामीले हाम्रो आयस्रोतले थेग्न नसक्नेगरी ऋण खोजेर दशैं मनाउला । छोराछोरीलाई पनि ऋण खोजेरै राम्रा राम्रा कपडाहरु लगाइदिउँला र हामी पनि लगाउँला । अरुको घरमा दश किलोको खसी बोका भए हामीले २० किलोको ल्याउँला र दशैं मनाउला, जुन एकदमै गलत कदम हो । जसले हामीलाई लामो समय सम्म समस्या पार्न पनि सक्छ । हामीलाई किन समस्या पार्न सक्छ भने हामी जोसँगबाट ऋण खोज्यौं उसले हामीलाई निश्चित प्रतिशत व्याज लिने गरी पैसा दिएको हुन्छ । उक्त पैसाको व्याज तिर्दा र घरको दैनिक खर्च चलाउँदा हामीले गरेको आम्दानी सकिन सक्छ । यस्तो अवस्थामा हामी सधैँ उक्त ऋण तिर्नमै बाध्यतामा हुन्छौं । यसरी एक पटकको खर्चले हामी जीवनभर दासी हुन पनि सक्छौं । त्यसैले आफ्नो क्षमताले जति भेट्छ सोहीअनुसार नै चल्नु उपयुक्त हुन्छ । आज एक दिनको सन्तुष्टले जीवनभर असन्तुष्ट बन्नुपर्छ भने आजको सन्तुष्टिलाई पनि त्याग गर्न सक्नु महानता हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै