logo

दशैं कि दशा

अनुशा थापा
नेपाल हिन्दुहरुले भरिपूर्ण देश हो । नेपालमा अरु धर्मभन्दा हिन्दु धर्म मान्ने व्यक्तिहरुको बढी मात्रामा बसोबास रहेको छ । यसैगरी हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैं नजिकिँदै आएको छ । दशैं जस्तो महत्वपूर्ण चाडले हाम्रो पहिचान बनाएको छ । दशैं हिन्दुहरुको धार्मिक सहनशीलता हो भने नेपालीहरुको सम्पत्ति हो । दशैं संसारभरि बस्ने हिन्दुहरुको महान् चाड हो । सुनिन्छ कि दशैंमा नराम्रो काम गर्नेको अन्त्य हुन्छ र राम्रो काम गर्ने विजय हुन्छन् । प्रायजसो दशैं कात्तिक र असोज महिनामा पर्नै गर्दछ । दशैं जम्मा गरी १५ दिन मनाइन्छ । हिन्दु धर्म ग्रन्थहरुमा लेखिएअनुसार दशैंले मानिसमा सकारात्मक प्रभाव पार्नुको साथै सही बाटोतिर दोहो-याउँछ । तर आजको दिनमा सरकार, राजनीति नेता, जनप्रतिनिधिहरुले दशैंलाई दशा बनाउने सफलता हात पारेका छन् । अहिलेको सरकारले समृद्ध नेपाल बनाउने नाममा भ्रष्टाचारी नेपालको शीर्षक नेपालीलाई उपलब्ध गराएको छ । दशैं नेपालीहरुको सान हो भने नेपाली जनताले आफ्नो हक र हितको लागि लड्ने प्रतीक पनि हो । दशैंको अवसरमा लाखौँ मानिस आफ्नो जन्मथलो जाने गर्दछन् । आफ्नो जन्मथलो पुगेर आफूभन्दा ठूलोको हातबाट टीका लगाउनु हरेक नेपालीको रहर हो भने यातायात व्यवस्था विभागले नेपाली जनताको यो हक पनि खोस्ने कोसिस गरेको छ । कसरी भन्दाखेरि दशैंको मुखमा आएर यातायात व्यवस्था विभागले यातायात व्यवसायीको दबाबमा परेर भाडा बढाएको छ । सरकारले नै यसरी यातायात व्यवसायीको अगाडि घुँडा टेक्ने हो भने यस्तो सरकारले कसरी नेपाली जनताको हितमा काम गर्छ ?

यसो हेर्दा त सरकार यातायात व्यवसायीको पक्षमा उभिएको जस्तो देखिदैन र । यातायात व्यवस्था विभागले तोकेको रेटभन्दा एक रुपैयाँ पनि बढी लिनेलाई कानुनको दायरा ल्याउने भनेको थियो तर अहिले पनि दैनिक कति मानिसबाट बढी भाडा लिएको स्पष्ट रुपमा सुनिन्छ यही त होला नि यातायात व्यवसायीहरु कानुनको दायरामा आएको र सरकारको अनुगमन ? यो एउटा उदाहरण मात्र हो के थाहा सरकारले यातायात व्यवस।यीको पक्षमा यस्ता कति काम गरेका छन् र जनताको आँखामा छारो हाल्ने कति काम गरेको छन् यसको जवाफ त सरकारसँगै हुनुपर्ने होइन र ? दशैंको टिकट खोल्नको लागि सरकारले यातायात व्यवसायीहरुसँग हार खेप्नुप-यो भने जनतालाई बढी भाडा तिर्नुपर्ने बाध्यता हात प-यो । जहिले पनि सरकार यसरी व्यवसायीको अगाडि झुक्ने हो भने सरकारलाई नै थाहा छैन नेपालको अर्थतन्त्र र कानुन कुन बेला र कति खेर ढल्ने हो । दशैंले हो कि आर्थिक चलखेलको कारणले गर्दा दैनिकी उपभोग्य खाद्यान्न वस्तुहरुको मूल्य ह्वात्तै बढेको छ । नेपाल सरकार आपूर्ति विभाग र यससम्बन्धी विभिन्न निकायहरुको मिलेमतोमा दैनिकी उपभोग्य खाद्यान्न वस्तुहरुको मूल्य ह्वात्तै बढेको हो । नेपालीहरुलाई बिहानबेलुका छाक टार्न आवश्यक खाद्य वस्तुहरुको मूल्य असीमित रुपमा बढ्दा करौडौँ नेपालीे जनता मारमा परेका छन् । जहिले पनि सरकारको यस्तो बदनियतको कारणले गर्दा आम नागरिकहरुले सास्ती खेप्नुपरेको छ ।

यहाँ त दशैंको मुखमा आएर सामानको भाउ बढाउनुपर्छ भनेर नेपाल संविधानमै उल्लेख गरिएको छ जस्तो भएको छ । अहिले एक किलो चिनीमा १२ रुपैयाँको दरले बढ्न गएको छ भने एक लिटर तेलमा २० रुपैयाँसम्म बढ्न गएको छ । यस्तो वस्तुमा कसरी र किन ह्वात्तै मूल्य बढ्न गयो भनेर न यसमा अनुगमन नै हुन सकेको छ न त यसको विश्लेषण आपूर्ति मन्त्रालयले नै दिन सकेको छ । दशैं भित्रिएसँगै नेपालको हरेक ठाउँमा खसीबोकाको माग पनि बढ्न थाल्छ । तर माग बढेअनुसार नेपाल सरकारले यसको पूर्ति गर्न सकिरहेको छैन जसको कारणले गर्दा नेपाली जनताले खसीको मासु प्रतिकिलोमा हजारदेखि १२ सयसम्म तिर्न बाध्य छन् भने कतिले त खसीको मासु भनेर बाख्राको मासुसम्म बिक्री गर्ने गरेको पाइन्छ र सुनिन्छ पनि । यसरी जनताको स्वास्थ्यमाथि खेलबाड हुँदा पनि नेपाल सरकार किन मौन छ ? किन अनुगमन टोलीले अनुगमन गर्न नसकेको ? दशैंको मुखमा आएर यसो दुई/चार वटा पसल चहार्नुलाई अनुगमन होइन देखावट भनिन्छ । जनताको स्वास्थ्यमाथि पनि कतै आर्थिक चलखेल त लुकेर बसेको छैन यसतर्फ चाहिँ गम्भीर भएर नेपाली जनता आफैंले एक पटक विचार गर्नुपर्ला । दशैंको महँगी आकासिन पुगेको छ । यसरी महँगी बढ्दै गयो भने गरिब सर्वसाधारण भोकभोकै मर्नुभन्दा अरु कुनै विकल्प बाँकी रहँदैन । जुन सरकारले जनतालाई सेवासुविधा दिने, जनताको हितमा काम गर्ने, देश र जनताको लागि ज्यान पनि दिन तयार छु भनी शपथ खान्छन् अहिले आएर यसरी सत्ता हात परेपछि भ्रष्टाचार गर्न त पाइँदैन नि ।

दशैं त नराम्रो काम, भ्रष्टचारिता हटाउने र सकारात्मक सोच ल्याउने प्रतीक हो यसैअनुरुप के थाहा यसपालिको दशैंले नेपाल सरकारका कर्मचारी, नेताको सोचमा पनि केही परिवर्तन ल्याउन सक्छ कि । दशैंजस्तो सकारात्मक चाडले मानिसहरुमा सद्भाव कायम गरे पनि नेपालको राजनीति र भ्रष्टचारिताको भावनाले यसलाई उल्टो तुल्याइदिएको छ । देशलाई कसरी सकारात्मक रुपमा विकास गर्ने र कसरी भ्रष्टाचारमुक्त बनाउने भनी नेपाली राजनेता, जनप्रतिनिधिहरुले नसोचुन्जेल न विकास हुन्छ न त नेपाली जनताले सुविधाको सास फेर्न पाउँछन् । सरकारले जनतालाई सेवासुविधा दिने नाममा जहिले पनि दुःख दिने काम गरेको स्पष्ट रुपमा देखिन्छ । यो त अहिले जनताले भोगिरहेको समस्याको केही उदाहरण मात्र हो । नेपाली जनता अझै चुप लागेर बस्ने हो भने थाहा छैन नेपाली जनताले अझै कति यस्ता उदाहरणहरुको सामना गर्नुपर्ने हो । आशा गर्दछु कि यसपालिको दशैंले नेपाली नेता, जनप्रतिनिधि, सरकारी कर्मचारीहरुको सोचमा केही न केही परिवर्तन आउनेछ र नेपाली जनताले थोरै मात्रामा भए पनि राहतको सास फेर्न पाउनेछन् ।

 (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै