logo

चीनमा लगानी बढाउँदै बीएमडब्ल्यू

बेइजिड., असोज २६
जर्मन कार निर्माता कम्पनी बीएमडब्ल्यूले चीनमा आफ्नो लगानी बढाउने भएको छ । चीनमा ब्रिलियन्स अटोमोटिभसँगको संयुक्त व्यापारमा कम्पनीले चीन अर्ब ६० करोड युरोबराबरको थप रकम लगानी गर्ने भएको हो । यससँगै कम्पनीले संयुक्त व्यापारको हिस्सा बढाएको छ । बीएमडब्ल्यूले गरेको लगानीसँगै संयुक्त लगानीको हिस्सा पनि ७५ प्रतिशतमा पुगेको छ । बीएमडब्ल्यूले चीनको बजारमा आफ्ना कारहरुको व्यापार बढाउनका लागि यस किसिमको योजना अघि सारेको हो । चीनमा आफ्नो उत्पादनको क्षमता विस्तारको लागि थप तीन अर्ब युरोबराबरको लगानी गर्ने भएको छ । पछिल्लो समय चीनले विदेशी कम्पनीहरुको लागि ल्याएको नयाँ नियमसँगै बीएमडब्ल्यूको यस किसिमको योजना ल्याएको हो । अहिले चीनमा आफ्नो कारको व्यापार गर्न चाहने कम्पनीहरुले चिनियाँ कार निर्मातासँग सहकार्य गरेर काम गर्नुपर्ने बाध्यता रहेको छ ।

यद्यपि उनीहरुलाई आफ्नो सेयर ५० प्रतिशतभन्दा बढी पु-याउन पाउने अधिकार भने छैन । बीएमडब्ल्यूले आफ्नो लगानीको योजना चिनियाँ नियामकहरुलाई पठाइएको र यो सम्झौता सन् २०२२ पारित हुने सम्भावना नरहेको बताएको छ । चिनियाँ नियमको आफ्नो लगानी छिटै पारित हुन नसक्ने बताइएको हो । चीनमा कम्पनीको उत्पादनमा पछिल्लो समय लगाताररुपमा वृद्धि भइरहेको छ । सन् २०२० मा कम्पनीको चीनको कार उत्पादनको नतिजा छ लाख ५० हजार एकाइभन्दा बढी रहनसक्ने बताइएको छ । पछिल्लो समय देखिएको व्यापारिक अवस्थाले बीएमडब्ल्यू चीनको बजारमा सफल रहेको देखाएको विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय बीएमडब्ल्यू सबै विद्युतीय कारहरु निर्माण गर्ने दिशामा अघि बढिरहेको छ । यो योजनाले चीनको प्रदूषण नियन्त्रणको योजनामा पनि महत्वपूर्ण सघाउ पुग्ने बताइएको छ । चीनले सन् २०२५ सम्मको अवधिमा आफ्नो बजारमा २० प्रतिशत कारहरु विद्युतीय बनाउने योजनामा अघि बढिरहेको छ । गत फेब्रुअरी महिनामा बीएमडब्ल्यूले चीनमा विद्युतीय कार निर्माणको लागि अर्को कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्...

भारतको औद्योगिक उत्पादन घट्यो

भारतको औद्योगिक उत्पादनमा सुधारको नतिजा गत अगष्ट महिनामा केही कमजोर रहेको विवरण सार्वजनिक भएको छ...

मुद्राको विषयमा जापान र अन्य मुलुकहरुसँग कुरा गर्न चाहन्छ अमेरिका

अमेरिकी वाणिज्य सचिव स्टिभिन नुचिनले जापान तथा अन्य मुलुकहरुसँग मुद्राको एकाधिकारको विषयमा छलफल आवश्यक रहेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै