logo

डाइलग कम्पनी खरिद गर्दै एप्पल

सन्फ्रान्सिस्को, असोज २६
एप्पल कम्पनीले आफ्ना आईफोनहरुको महत्वपूर्ण चिप्सहरु निर्माण गर्ने डाइलग कम्पनी खरिद गर्ने भएको छ । एप्पलले ६० करोड डलरमा सो कम्पनीलाई खरिद गर्ने निर्णय गरेको हो । अहिले भएको सम्झौतामा जर्मन कम्पनीसँग पेटेन्टको विषयमा पनि सम्झौता भएको छ । एप्पलको लागि यो सम्झौता निकै महत्वपूर्ण रहेको देखिएको छ । कम्पनीले सन् २०१३ मा कम्पनीले आफ्नो फेस आईडी निर्माण गर्ने कम्पनी प्राइम सेन्सलाई ३५ करोड डलरमा खरिद गरेको थियो । विहीबारको बजारमा डाइलगको सेयरमा ३४ प्रतिशतको महत्वपूर्ण सुधार आएको देखिएको छ । कम्पनीको सेयरमा सन् २००२ पछि सबैभन्दा ठुलो वृद्धिदर हासिल भएको देखिएको हो  । अहिले भएको सम्झौतासँगै कम्पनीको एप्पलको निर्भरता कम भएको हो । यस वर्षको सुरुवातमा डाइलगको सेयरमा उल्लेख्य गिरावट आएको थियो । एप्पलले अर्को कुनै चिप्स निर्माताबाट चिप्सहरु ल्याउने तयारी गरेसँगै कम्पनीको सेयरमा गिरावट आएको थियो । अहिले भएको सम्झौताले भने कम्पनीलाई एप्पलमा भर पर्नु आवश्यक नरहेको पाइएको हो । डाइलगका सीईओ जलाल बाघेर्लीले रोएटर्ससँग कुरा गर्दै कम्पनीका लागि यो सम्झौता फलदायी हुने आशा व्यक्त गरे ।

एप्पलले अहिलेसम्म डाइलगका चिप्सहरु नै प्रयोग गर्दै आइरहेको छ । विशेषगरी कम्पनीले आफ्ना ब्याट्रिहरुको क्षमता विस्तारको लागि उक्त चिप्सहरुको प्रयोग गर्ने गरेको छ । एप्पलका ३ सय इन्जिनियरहरुको टोलीले डाइलगलाई खरिदको योजना ल्याएका हुन् । डाइलगले आफ्नो यस वर्षको समग्र अवधिको राजस्वमा भने अहिले भएको सम्झौताले कुनै असर नपार्ने बताएको छ । सम्झौतापछि बोल्दै डाइलगले सन् २०२२ सम्मको अवधिमा कम्पनीको समग्र राजस्वको हिस्सा ३५–४० प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । यस वर्षको लागि यो हिस्सा ७५ प्रतिशतमा रहेको छ । चिप्सनिर्माताले आगामी दिनमा आफ्नो सेयर फिर्ताको योजना पनि अघि सारेको छ । अहिले आर्थिक हिसाबमा बलियो अवस्थामा रहेको डाइलगलाई अहिले भएको सम्झौताले थप सहयोग पुगेको बताएको छ । यो सम्झौताको आधा रकम अर्थात् ३० करोड डलर कम्पनीका इन्जिनियर तथा अधिकारीहरुका लागि प्रदान गरिएको हो भने बाँकी रकम आगामी तीन वर्षसम्म एप्पललाई चिप्स आपूर्तिका लागि प्रदान गरिएको हो ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति...

श्रीलङ्काको संसद् विघटनको निर्णय अवैधानिक : सर्वोच्च

श्रीलङ्काको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको...

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधूप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै