logo

फक्सवागनको एक लाख रोजगारी जोखिममा

बर्लिन, असोज २६
युरोपियन युनियन (ईयू)को वातावरणीय सुधारको महत्वाकांक्षी योजनाले सवारी उत्पादन क्षेत्रको एक लाख रोजगारी जोखिममा रहेको कम्पनीका सीईओ हवर्ट डेइसले बताए । बिहीबार उनले ईयूको योजना निकै महत्वाकांक्षी भएको र यसले रोजगारीमा नकारात्मक असर पार्नसक्ने बताएका हुन् । सन् २०२० देखि २०३० सम्मको अवधिमा ईयूका मुलुकहरुले कार्बन उत्सर्जनमा ४० प्रतिशतले कटौती गर्ने योजना ल्याउने तयारी गरिरहेका छन् । यो योजना पारित भएको खण्डमा रोजगारीको हिसाबमा ईयूलाई नकारात्मक नतिजाको सामना गर्नुपर्ने समस्या आउने उनले बताएका हुन् । विशेषगरी यो अवधिमा युरोपियन कम्पनीहरु समस्यामा पर्नसक्ने बताइएको हो । ईयूले गत मंगलबार सन् २०३० सम्मको अवधिमा ३५ प्रतिशत कार्बनडाइअक्साइडमा कटौती गरिने बताएको थियो । यसअघि उत्पादकहरुले यो नतिजा ३० प्रतिशतमा राख्नको लागि अनुरोध गरेका थिए । फक्सवागनका सीईओले अहिलेको योजनाले आगामी दिनमा व्यापक मात्रामा विद्युतीय कारहरुको उत्पादन बढ्ने र यसको लागि पेट्रोलियम पदार्थको प्रयोग हुने कारभन्दा कम मानिसहरु भए पुग्ने भएकोले रोजगारीमाा समस्या आउनसक्ने उनले बताएका हुन् । सन् २०३० सम्मको अवधिमा यस किसिमको व्यापक सुधार ल्याउनु त्यति सजिलो नरहेको उनको भनाइ थियो । यो योजना वातावरणीय सुधारको हिसाबमा निकै राम्रो भए पनि उत्पादकहरुको लागि भने निकै नकारात्मक हुनसक्ने उनले बताए ।
ईयूले वातावरणीय सुधारको लागि विश्वमा सबैभन्दा धेरै पहल गरिरहेको छ । यस्तोमा अन्य मुलुकहरुलाई पनि उसले त्यसका लागि काम गर्न आग्रह पनि गर्दै आएको छ । सन् २०१५ मा फक्सवागनका कारहरुमा देखिएको जाली सफ्टवेयरको प्रयोगको नतिजापछि भने कार्बन उत्सर्जनको मामिलामा कम्पनी आलोचित रहँदै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति...

श्रीलङ्काको संसद् विघटनको निर्णय अवैधानिक : सर्वोच्च

श्रीलङ्काको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको...

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधूप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै