logo

दशैंमाथि समाजशास्त्रीय दृष्टि

 

कृष्णप्रसाद लामीछाने
पुराण र धर्मशास्त्र अनुसार दशैंको साइनो हिन्दूधर्मसँग जोडिए पनि आधुनिक नेपाली समाजमा यसलाई मनाउने र मान्ने संस्कृतिमा व्यापक फेरबदल भएको छ । दैत्य र आसुरीभावमाथि देवताको विजय भएकाले मनाउने गरेको दशैंले आजको समयसम्म आइपुग्दा केवल समाजमा बसोबास गर्ने मानिसहरुले पाउने आर्थिक, सामाजिक लाभसँग बढी घनिष्टतम सम्बन्ध जोडिसकेको छ । त्यसकारण दशैं पहिले किन मनाइन्थ्यो भन्ने प्रश्नको उत्तरभन्दा हामीलाई अहिले किन मनाइन्छ भन्ने प्रश्नको उत्तर दिन सजिलो भएको छ । हामी सहजरुपमा भन्ने गर्छौँ – दशैं आम्दानीको पर्व हो । टीकाटाला हुने भएर मात्रै नभई बजारमा हुने सामानहरुको खरिदबिक्री र कारोबारको दृष्टिकोणले पनि दशैंलाई हामी आम्दानीको पर्व भनेर चिन्न थालेका छौँ । त्यस्तै दशैं अहिले भेटघाटको पर्व बनेको छ । आधुनिक व्यस्त समय र समाजमा हामी वर्षको एक दिन दशैंकै निहुँमा आफन्तहरुसँग भेटघाट गर्न पाउँछौँ । वर्षौँसम्म आफ्नो कामधाममा व्यस्त मानिसहरुलाई आफन्त र साथीभाइसँग भेटघाट गर्ने अवसर जुराइदिने भएकाले पनि दशैंको नेपाली समाजमा विशेष महत्व छ । यतिमात्र हैन, गाउँबाट सहरमा पढ्न होस् या कमाउन पुगेकाहरु पनि वर्षकै एक दिन भए पनि घर फर्किन्छन् यो समयमा भने विदेशिएकाहरु समेत दशैंकै निहुँ गरी घर आउँछन् । यसको अदृश्य फाइदा भनेको समाजमा बसोबास गर्ने मानिसहरुबीच एकताभाव, मित्रताभाव आदानप्रदान गर्ने र निकटमा बाँधिरहने धागोकै रुपमा दशैं विकसित भएको छ । जब समाजमा मानिसहरु निकट सम्बन्ध बनाएर साझा पर्वको रुपमा दशैं मनाउँछन्, तब देशभित्र पनि शान्ति र सद्भावका अनेक रुपहरु देखिन्छन् । यसरी समाज समाज मात्र नभई पूरै देशमा दशैंले शक्तिशाली सम्बन्धको सञ्चार गराउँदै आएको छ । गाउँ समाज, सहरबजारमा बसोबास गर्ने मानिसहरुलाई दशैंले एकताको धेरै कसिलो डोरीले बाँधेको हुन्छ ।

गाउँघरबाट मानिसहरु दशैंको किनमेल गर्नकै लागि भनेर वर्षको एकपटक भए पनि नयाँ लुगा लाउने र मिठो खाने रहरले सहरबजारमा आई किनमेल गर्छन् भने सहरबजारमा यतिबेला छुट्टै चहलपहल हुन्छ । भीडभाड हुन्छ । वर्षभरि दुःख गरेर कमाएको पैसा बजारमा विनिमय हुन्छ भने व्यापारी, व्यवसायीहरुको व्यवसायले पनि राम्रो आर्थिक लाभ हासिल गर्छ । त्यसको दशैंको समाजशास्त्र व्यापक रुपमा रहेको छ भन्नुपर्ने हुन्छ । सरसफाइ मानिसहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो भने दशैंको बेला गाउँ होस् या सहर सबै चिरिच्याट्ट पारिएको हुन्छ । घरमा पाहुना आउँछन् भनेर मानिसहरु आँगन सफा राख्ने, गमलामा फूल रोप्नेदेखि घरकै मर्मतसम्भारका कामहरु समेत दशैंकै अगाडि गरिसक्छन् । यसको कारण यही पर्व नै हो । दशैं भाखामा ऋण लिने र तिर्नेहरु हुन्छन् । समाजमा विभिन्न उपहार राखेर रमाइलोका लागि चिठा खेल्ने प्रचलन विकसित भएको छ दशैंलाई नै लक्षित गरी भने विभिन्न वस्तुका बिक्रेता कम्पनीहरुले आफ्ना आफ्ना सरसामानहरु किनबेच गर्दा उपहारको व्यवस्था गरेका हुन्छन् दशैंमा विशेष छुटमा लिन सकिने गरी । देखिने गरी भन्दा निधारको रातो टीका र कानमा सिहुरेको पहेँलो जमरा दशैंको चिनारी भए पनि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा दशैं बहुपक्षबाट मानिसले आर्जन गर्ने लाभको कारण बनेको छ । 

मानिसलाई एकताभावमा बाँध्ने होस् कि धेरैभन्दा धेरै आम्दानी गरिदिने होस्, दशैं नै त्यसको कारण बन्ने गर्छ । घरपरिवारको नियास्रो मेटाइदिने मात्र नभई दशैंले मानिसहरुमा खुसीको सञ्चार गरिदिन्छ । भेटघाट गरिदिन्छ । आम्दानी गरिदिन्छ । आर्थिक लाभ प्राप्त हुन्छ । दशैंकै कारण एउटा व्यवसायीले आम्दानी गर्छ भने वर्षभरि काममा व्यस्त मानिसले फुर्सद पाउँछ । दशैंकै कारण कामवश छिन्नभिन्न भएर छुट्टिएर रहेको परिवार समेत एक हुन्छ भने वर्षौँदेखि नभेटिएका साथीहरुसँग भेटघाट हुन्छ । मानिसहरुलाई मामाघर, ससुराली, माइत जाने अवसर जुराइदिने यो दशैं साँच्चै सामाजिक दृष्टिकोणले हेर्दा असाध्यै उमंग र उत्साह सञ्चार गर्ने पर्व हो भन्न सकिन्छ । यस पर्वमा यहाँहरु पनि आत्मीयता साटी खुसीसाथ मनाउनुहोला । दुर्गा भवानीले सबैको कल्याण गरुन्, विजयादशमीको शुभकामना ! (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ऊर्जामन्त्री पुनद्वारा सोलु करिडोरको अनुगमन

ऊर्जामन्त्री वर्षमान पुनले ३३ केभि प्रसारण लाइनको काम समयमै सक्ने बताएका छन् । शनिबार सोलुखुम्बुको तिङलामा...

भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा

सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित तीन मेघावाट क्षमताको...

भेडा च्याङ्ग्राको व्यापारमा वृद्धि

नेपाल र चीनबीच सञ्चालनमा रहेको बझाङको एक मात्र ताक्लाकोट उरै व्यापारिक नाकाबाट भेडा च्याङ्ग्रा आयात सुरु भएको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै