logo

इम्याजिन नेपाल महिन्द्रा एड्भेन्चरसँग राराको यात्रामा ⁄

काठमाडौं, असोज २६
मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि इम्याजिन नेपालले अर्को साहसिक यात्रा सुरू गर्ने भएको छ । तीन वर्षअघि स्थापना भएको इम्याजिन नेपाल साहसिक पर्यटन–केन्द्रित कार्यक्रम आयोजकहरूमध्ये सबैभन्दा ठूलो आयोजक हो । सन् २०१८ मा इम्याजिन नेपालको सबैभन्दा महत्वपूर्ण गन्तव्य रारा हो । यस साहसिक यात्राको पथमा बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्जलगायतका आकर्षक गन्तव्यहरू समेटिने बताइएको छ । इमयाजिन नेपालमार्फत यस वर्ष महिन्द्रा एडभेन्चर पनि नेपालको बजारमा प्रवेश गरेको छ । यसले नेपालका साहसिक यात्राका पारखीहरूलाई यसले साहसिक यात्राको उत्कर्षमा पुग्न सघाउनेछ । महिन्द्राले विगतमा झैँ यस वर्षभरि नै विभिन्न साहसिक क्रियाकलापहरूको आयोजना गर्ने जनाएको छ र यसको अग्रपंक्तिमा इम्याजिन नेपालसँगको सहकार्यमा आयोजना गरिने राराको साहसिक यात्रा हुने बताइएको छ । अग्नि समूहले सबै महिन्द्रा एडभेन्चरअन्तर्गतका पहलहरूको नेतृत्व गर्नेछ । महेन्द्र एडभेन्चरको प्रवेशले वि.सं. २०७५ लाई कर्णाली भ्रमण अभियानको रूपमा मनाउने नेपाल पर्यटन बोर्डको उद्घोषलाई थप ऊर्जा दिने बताइएको छ । सन् २०१६ र २०१७ मा ८० सहभागीहरू र २५ सवारीसाधनहरूले यस हिमाली देशको मनाङ र लोमान्थाङका विकट भूखण्डहरू छिचोलेका थिए । इम्याजिन नेपाल नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अफ–रोड साहसिक पर्यटन उत्सव हो । इम्याजिन नेपालले राराको यात्राको लागि दुइ विकल्पहरू प्रस्ताव गर्ने योजना बनाएको छ । एउटा विकल्प हो, अप्ठ्यारो बाटो छिचोल्दै साहसिक यात्रा पूरा गर्ने । यसअन्तर्गत सहभागीहरूले कठिन भूबनोटमा यात्रा गर्नुको मजा लिन सक्नेछन् । अर्को विकल्प हो, लामो साहसिक यात्राको केही खण्ड हवाइयात्रामार्फत सम्पन्न गरी थकाइ मार्ने । प्रवर्द्धनात्मक क्षमतामार्फत इम्याजिन नेपालले नेपाल पर्यटन बोर्डले घोषणा गरेको कर्णाली भ्रमण अभियानलाई पनि हरसम्भव सहयोग पु-याउने उद्देश्य लिएको छ ।
 (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘दाल भात तरकारी’सँग शिवम् सिमेन्टको सहकार्य

शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारबीच मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात...

उदयपुर सिमेन्ट उद्योगको नयाँ इतिहास !

उदयपुर र मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि...

खोटाङको हलेसीमा बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु

खोटाङमा नदीको पानी बस्तीमा निकाल्नका लागि सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै