logo

सेनालाई ‘माइक्रोम्यानेजेमन्ट’ अस्वीकार्य : सेनापति थापा

काठमाडौं, असोज २६
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई माइक्रोम्यानेजमेन्ट मान्य नहुने बताएका छन् । बडादशैँ, शुभ दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न बिहीबार जंगीअड्डा भद्रकालीमा आयोजित पत्रकारहरुसँगको अन्तर्क्रियात्मक कार्यक्रममा प्रधानसेनापति थापाले उक्त कुरा स्पष्ट पारेका हुन् । उक्त अवसरमा सेनापति थापाले भने, ‘नेपाली सेना संविधानले तोकेअनुसार सरकारले अह्राएको काम गर्दछ, त्यसमा कुनै नाइँनास्ती गर्दैन । तर चेन अफ कमाण्डमा चल्नुपर्ने भएको हुनाले यसमा माइक्रोम्यानेजमेन्ट लागू हुन सक्दैन ।’ कार्यक्रममा प्रधानसेनापति थापाले नेपाली सेनाले विखण्डनवादी र संविधानविरोधी तत्वको निरन्तर निगरानी गरिरहेको समेत खुलाएका थिए । उनले संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवर्द्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको बताए । गत भदौ २४ गते प्रधानसेनापतिको कार्यभार सम्हालेपछि प्रधानसेनापति थापाले पहिलोपटक बिहीबार सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेका हुन् । पत्रकारहरुसँगको छलफलमा उनले राष्ट्रको राष्ट्रिय सेनालाई सुदृढ, सबल र सक्षम तुल्याउन आफू दृढ रहेको धारणा व्यक्त गरे । उनले भने, ‘सातवटा साङ्गठनिक लक्ष्य र १ सय ५१ वटा कार्य योजना लिएर नेपाली सेनालाई पूर्ण व्यावसायिक बनाउन आफू प्रतिबद्ध रहेको छु, अब भनसुन र आफन्तवादको अन्त्य हुन्छ, प्रक्रिया र पद्धतिविपरीत कुनै काम हुँदैन ।’

संस्थागत हित र स्वार्थलाई सर्वोपरी मानेर काम गर्ने प्रण गर्दै उनले व्यक्तिगत स्वार्थ सकलदर्जामा हाबी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रधानसेनापति थापाले नागरिक सर्वोच्चतालाई नेपाली सेनाले स्वीकार गरेको स्पष्ट पार्दै कार्यसम्पादनका आधारमा सकल दर्जाको मूल्याङ्कन हुने र राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पुग्ने कुनै किसिमका गतिविधि हुन नदिने प्रतिबद्धता दोहो-याए । शान्तिकालमा हरेक देशका सैन्य विकास–निर्माणका काममा जुटेका दृष्टान्त प्रस्तुत गर्दै उनले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण नेपाली सेनाको प्राथमिकताको परियोजना भएको र त्यसलाई निर्धारित समयमा पूरा गर्न अहोरात्र खटिने स्पष्ट पारे । एक जिज्ञासाका जवाफमा प्रधानसेनापतिले सरकारी निर्णयअनुसार बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट उच्च तहमा प्रतिनिधित्व नभएको स्पष्ट गरे । सैनिक कल्याणकारी कोष र अन्य कल्याणकारी गतिविधिलाई पूर्ण पारदर्शी तुल्याइने पनि उनले बताए ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

श्रीमतीको हत्या

गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका...

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु...

तरकारी फल्यो, बजार छैन

राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै