logo

भारतमा अखाद्य चामल नेपालमा नयाँ बोरामा प्याकिङ गर्दै धमाधम बिक्री

चामल ल्याउने कम्पनीको विवरण दश दिनभित्र दिन समितिको निर्देशन

रामप्रसाद पुडासैनी
काठमाडौं, असोज २६
भारतबाट प्रतिकिलो चार/पाँच रुपैयाँमा खरिद गरेर नेपालमा ४०/४५ रुपैयाँमा बिक्री :-
भारतमा खान अयोग्य भएको चामल नेपालका तराई क्षेत्रका मिलहरुले लिलाम सकार गरी खरिद गरेर पुनः प्रशोधन र प्याकिङ गर्दै धमाधम बिक्री गरिरहेको खुलासा सरकारी अधिकारीहरुले नै गरेका छन् । खानको लागि अयोग्य भएपछि भारतको सरकारले प्रतिकिलो चार/पाँच भारतीय रुपैयाँमा लिलाम गरेका चामलहरु नेपालका तराई क्षेत्रका मिलहरुले ल्याएर त्यसलाई प्रशोधन र पुनः नेपालकै मिलका बोरा हालेर प्याकिङ गर्दै बिक्री गरेको तथ्य वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले नै सार्वजनिक गरेका हुन् । यसरी बिक्री गरे पनि सबैभन्दा धेरै चामल खपत हुने बेलामा सरकारले बजार अनुगमन गरेर गुणस्तरहीन चामल आयात र बिक्री रोक्न सकेको छैन । चाडबाडको बेलामा गुणस्तरहीन चामल बिक्री गर्न खुला छाडेर सरकारले आम उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको प्रष्ट भएको छ । भारतबाट लिलाम सकार गरेर ल्याइएका चामलमा नेपाली ब्राण्ड भनेर प्रतिकिलो ४०/४५ रुपैयाँ बिक्री भइरहेको स्रोतको भनाइ छ । महानिर्देशक गौचनका अनुसार गत भदौमा भैरहवामा एउटा चामल मिलमा छापा मारेर कारबाही गर्ने क्रममा उक्त तथ्य फेला परेको हो । उक्त मिलमा छापा पार्ने क्रममा अवरोध समेत भएको थियो । त्यही बेला छापा मार्न अवरोध गर्नेहरुले यो यो मिलले भारतमा सडेको चामल लिलाम सकार गरेर नेपालमा ल्याएर रिफाइन र रि–प्याकिङ्ग गरेर बिक्री गरेको भन्ने जानकारी सरकारी अधिकारीहरुलाई गराएका थिए । लगत्तै दशैँ लागेको कारण अनुगमन गरेर नियन्त्रण गर्न सम्भव नभएको महानिर्देशक गौचनले बताए ।

‘भारतमा खान अयोग्य चामल कुनकुन मिलले ल्याएर रिफाइन र रिप्याकिङ्ग गरिरहेका छन् भन्ने बारेमा खोजी गरिरहेका छौं’, महानिर्देशक गौचनले विहीबार संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा भने, ‘भारतबाट लिलाम सकारेर नेपालमा रिफाइन र रिप्याकिङ्ग गरेर चामल बिक्री गर्ने मिलहरुको खोजी तिहारपछि गरेर कारबाही गर्ने छौं ।’ पछिल्लो समयमा नेपालमा धानको उत्पाद बढे पनि तराईमा गोदाम घरको अभावको कारण खेतबाटै व्यापारीहरुले खरिद गरेर भारत लैजाने गरेका छन् । त्यसपछि चामल भने भारतबाट आयात गरेर खानुपर्ने बाध्यता छ । गौचनका अनुसार बजार अनुगमनको क्रममा आठ लाख २४ हजार मूल्य बराबरका खान आयोग्य खाद्य वस्तुहरु नष्ट गरिएको छ । सरकारले २८ सय पसल अनुगमन गर्ने लक्ष्य लिए पनि मंगलबारसम्म छ सय ३७ वटा पसलको अनुगमन गरेको छ । पाँच सय १३ वटा काठमाडौं उपत्यका र एक सय २४ वटा काठमाडौं उपत्यका बाहिरका पसल छन् । विभागले २६ वटा पसलमा सिल गरेको छ भने तीन वटा पसलको कारोबार रोक्का गरेको छ । यसैबीच, समितिको बैठकले भारतबाट आयात हुने चामल कम गुणस्तर र गुणस्तरहीन आएको भन्दै त्यस्ता चामलहरु कुन कम्पनीले केकति परिमाणमा आयात गरिएको हो त्यसको सम्पूर्ण विवरण १० दिनभित्र समितिमा उपलव्ध गराउन निर्देशन दिएको छ । बैठकले चाडको बेला खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासु जस्ता उपभोग्य बस्तुहरुमा अत्याधिक र अस्वभाविक रुपमा मूल्य बृद्धि भैरहेको भन्दै रोक्न र उपभोग्य बस्तुहरुको देशको सबै भागमा उपलव्ध गराउने व्यवस्था गर्न, उपभोग्य बस्तुहरुको आवश्यकता अनुसार भण्डारणको व्यवस्था गर्न, उपभोग्य बस्तुहरुमा मिसावट अन्त्य गर्न, बजारमा कालोबजारी र कृत्रिम अभावसिर्जना गरी मूल्य बृद्धि गर्नेलाई बजार अनुगमन गरी तत्काल कानूनी कारवाही गर्न निर्देशन दिएको छ ।

समितिले दशैँ र तिहार अगाडि उपभोग्य बस्तुहरुमा हुने मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, मूल्य बृद्धि जस्ता अनियमित गतिविधि रोक्न उपभोग्य बस्तुहरुको बजार अनुगमन कहाँ कहाँ भयो ? क–कसलाई केकसरी कारवाही भयो ? आगामी बजार अनुगमनको कार्यक्रम र कार्ययोजना के रहेको छ ? त्यसको सम्पूर्ण विवरण समितिलाई पठाउन पनि निर्देशन दिएको छ ।यस्तै, समितिले बडादशैँमा मासुको लागि प्रयोग हुने खसी, भेडा, च्यांग्रा, हाँस, कुखुरा आदिको के–कस्तो आपूर्ति व्यवस्था मिलाइएकोे छ ? ढुवानीको क्रममा मरेका त्यस्ता पशुपंक्षिहरु लापरवाही रुपमा विक्रीवितरण गर्ने कार्यलाई तत्काल नियन्त्रण गर्न तथा पशु बधशालाको प्रभावकारी अनुगमन गरी त्यसको प्रतिवेदन समितिमा पठाउन निर्देशन दिएको छ । चाडपर्व अगाडि देशका विभिन्न भागहरुमा पर्याप्त मात्रामा सुपथ मूल्य पसलहरु खोली त्यस्ता पसलहरुमा उपभोक्तालाई सुपथ, सस्तो र गुणस्तरीय उपभोग्य सामानहरु उपलव्ध हुने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । यस्तै, चिनीको आयातमा परिमाणात्मक बन्देज लगाउनु पहिले फर्म, कम्पनीहरुले आयात गरेको चिनीको सम्पूर्ण विवरण समितिमा पेश गर्नुको साथै चिनी भण्डारणको गोदामहरुमा तत्काल अनुगमन गर्न र गैरकानूनी रुपमा सञ्चालनमा रहेकागोदाम शिलबन्दी गरी तत्काल कानूनी कारवाही गर्न निर्देशन दिनुको साथै उपभोक्ताको हितमा हुनेगरी चिनीको मूल्य निर्धारण गर्न समेत निर्देशन दिएको छ । 

चाडबाडमा तेल र ग्यासको मूल्यवृद्धि नहुने :- सरकारले दशैँ र तिहारजस्ता चाडको बेला पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि नगर्ने भएको छ । अमेरिकी डलरको मूल्यवृद्धि र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि हुँदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य दैनिक बढ्दै गएको छ । तर, चाडबाडको बेला आम उपभोक्तालाई मार पर्ने गरी मूल्य समायोजन नगरिने नेपाल आयल निगमका निमित्त महाप्रबन्धक सुशील भट्टराईले जानकारी दिएका छन् । बिहीबार संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठकमा निगमका भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर र कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहे पनि दशैँ तिहारजस्ता चाडमा नेपालमा खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरिनेछैन ।’ निगमलाई अहिले डिजेलमा प्रतिलिटर चार रुपैयाँ ४३ पैसा र पेट्रोलमा पाँच रुपैयाँ ४५ पैसा तथा ग्यासमा प्रतिसिलिण्डर चार सय चार रुपैयाँ ७३ पैसा घाटा छ । साथै भट्टराईका अनुसार निगमले दशैँको विदाको दिनमा पनि कर्मचारी राखेर आयल निगमको डिपोबाट पम्पहरुलाई तेल बिक्री गर्नेछ । यसले बजारमा तेलको अभाव हुनेछैन । 

चिनी उद्योगीलाई पक्राउ गर्ने तयारी :- उखु उत्पादक किसानको रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने भएको छ । गत सोमबार उद्योग मन्त्रालयले पाँच दिनभित्र सबै उखु किसानको बक्यौता रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई निर्देशन दिएको थियो । बिहीबारसम्म पनि चिनी उद्योगीले किसानहरुलाई बक्यौता रकम भुक्तानी गरेका छैनन् । अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कृषि तथा पशुपन्छी विकासमन्त्री, वन तथा वातावरण, सामान्य प्रशासनमन्त्री र अन्य मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले पाँच दिनभित्र किसानका सबै रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन आज शुक्रबार सकिँदै छ । शुक्रबार कार्यालय समयभित्र उखु किसानका सबै रकम भुक्तानी नगरे कारबाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले बिहीबार संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा जानकारी दिइन् । उद्योगले पत्राचार गरेपछि गृहले पक्राउ गरेर भए पनि चिनी उद्योगीसँग किसानको बक्यौता रकम असुल गर्नुपर्नेछ । ‘चिनी उद्योगीले उखु किसानको रकम शुक्रबारसम्म भुक्तानी गरेनन् भने गृह मन्त्रालयमार्फत कारबाही अगाडि बढाउँछौं’, सचिव खतिवडाले समिति बैठकमा भनिन् । सरकारले पक्राउ गर्ने भएपछि केही उखु किसानहरु सम्पर्कविहीन भइसकेका छन् । नेपालमा १२ वटा चिनीमिल छन् । तिनीहरुले उखु किसानको अझै एक अर्ब ४२ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ । यसैबीच, समितिले उखु किसानहरुले पाउनुपर्ने रकमहरुमध्ये के कति रकम किसानहरुले भुक्तानी पाएका छन् ? उखु किसानहरुलाई कति रकम भुक्तानी गर्न बाँकी रहेको छ ? त्यसको सम्पूर्ण विवरण समितिमा पठाउन र किसानहरुले पाउनुपर्ने उखुको रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ । 

भारतीय गाडी रोक्न गृहलाई पत्राचार :- भारतभन्दा नेपालमा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटिर २५ रुपैयाँसम्म सस्तो भएपछि अहिले तराईका सीमावर्ती भारतीय जिल्लाहरुबाट नेपालमाा भारतीय गाडीहरु आउँदै धमाधम तेल भर्दै जान थालेका छन् । यसले नेपालमा तेलको आयात वृद्धि भई नेपाल आयल निगमलाई थप घाटामा पार्ने भएपछि निगमले गृह मन्त्रालयलाई पत्राचार गरी तेल भर्नका लागि मात्र नेपाल भित्रिने भारतीय गाडी रोक्न आग्रह गरेको छ । नेपालमा सामान बोकेर आउने भारतीय नम्बरका गाडीलाई फर्किँदा तेल हाल्न दिन नहुने निगमको भनाइ छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक...

विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ । रामपुर बचत तथा ऋण सहकारी...

‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ । कर्णाली...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै