logo

एनआरएन दिवस : पूँजी र सीप भित्र्याउनमा केन्द्रित

काठमाडौ, असोज २५
गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्र्न प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली एनआरएन दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनएका अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गरे । आज गैरआवासीय नेपाली दिवस हो । दिवस मनाउन विज्ञसहित गैरआवासीय नेपाली नेपाल आएका छन् । यसपटक भने फरकरुपमा दिवस मनाउन लागिएको छ । सन् २००३ मा स्थापना भएको सङ्घले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनएका महासचिव डा बद्री केसी यसपटकको दिवस पूँजी र सीप भित्र्याउनमै केन्द्रित गरेको बताउछन् । शुक्रबारदेखि विज्ञको विश्व सम्मेलनमा राजधानीमा हुँदैछ । एनआरएनएका प्रवक्ता भूषण घिमिरे सीमित व्यवसायी रहेकाले उनीहरुले मात्रै लगानी गरेर सम्भव नहुने भएकाले विदेशमा सिकेका ज्ञान सीपलाई समेत देशको विकासमा प्रयोग गर्नु जरुरी रहेको बताए । “यसपालि ‘ब्रेन गेन’ गर्नेगरी कार्यक्रम हुँदैछ, यसले नेपालको समृद्धिमा टेवा पुग्छ”, उनले भने।

विश्वका ७९ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् छ । यसमा करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरुले नेपालको आर्थिक समृद्धिमा टेवा पु-याएका छन् । मेडीसिटी अस्पतालमा डा उपेन्द्र महतोको लगानी छ भने अध्यक्ष भवन भट्टको धुलिखेल रिसोर्टमा लगानी छ । शेष घलेले पाँच तारे होटल तथा जीवा लामिछाने चारतारे होटल खोल्ने तयारीमा छन्। एनआरएनएले व्यक्तिगत रुपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजनासमेत अघि बढेको एनआरएनएले जनाएको छ । सामूहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् । अहिले रु १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउछन्। दिवसको अवसरमा गैरआवासी नेपालीले आज स्वयम्भूमा एक लाख बत्ती प्रज्वलन गरेका छन् । आजै बिहान पशुपतिमा पूजा गरी दिवसको औपचारिक शुरुवात गरिएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आगलागी पीडितलाई राहत

रुकुमपूर्वमा आगलागी पीडित ज्ञानप्रसाद बुढा९दीलबहादुर बुढा०को परिवारलाई आज राहत वितरण गरिएको छ...

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका...

जडीबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै