logo

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ६३औं प्रहरी दिवस २०७५ सम्पन्न

काठमाडौं, असोज २५
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच ६३ औं प्रहरी दिवस २०७५ सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । प्रहरी दिवसका अवसरमा आयोजित श्रद्धाञ्जलि समारोहमा प्रधानमन्त्री ओलीले यस वर्ष अमरत्व प्राप्त गरेका प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामी, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना, प्रहरी जवानहरु राजकुमार आले, शेरसिंह साउद, सुशिल बाँनिया, प्रदिपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने र प्रहरी कार्यालय सहयोगी हरिबहादुर गुरुङका आश्रित परिवारलाई कदरपत्र प्रदान गरे । समारोहमा प्रधानमन्त्री ओलीले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नुको साथै “प्रहरी दर्पण २०७५” को लोकार्पण समेत गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मायाको चिनो समेत प्रदान गरे । श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरी अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा अब्बल रहेको र यस साखलाई कायम राखी नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाह गर्न अझ बढी व्यावसायिकता प्रदर्शन गर्न जरुरी रहेको बताए । आमनागरिकलाई सेवा प्रवाह गर्न नेपाल प्रहरी अग्रपङ्तिमा रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नागरिकको घरदैलोमा जति छिट्टो प्रहरी पुग्न सक्यो त्यति नै सरकारको प्रभावकारिता देखिने भएकोले नेपाल प्रहरीलाई समयसापेक्ष साधनश्रोत, प्रविधि र समयानुकूल ऐन कानूनले सुसज्जित गर्दै व्यावसायिक र सुदृढ संगठनको रुपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

सीमित श्रोत साधनका बाबजुद नेपाल प्रहरीले आन्तरिक सुरक्षा कायम राख्न प्रदर्शन गरेको ढृढता, कर्तव्यनिष्ठा र वीरताको प्रशंसा गर्दै नेपाल सरकारले अंगिकार गरेको “समृद्ध नेपाल सुखी नेपाली” निर्माणको लक्ष्य प्राप्तिको लागि नेपाल प्रहरीले थप जिम्मेवार र सक्रिय हुनु आवश्यक रहेको बताए । प्रविधिको दुरुपयोगबाट हुने अपराध, अन्तरदेशीय अपराध, आतंकवाद जस्ता सुरक्षा चुनौति दिन प्रतिदिन नयाँ स्वरुपमा वृद्धि भइरहेकोतर्फ इगिंत गर्दै उनले त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि छिमेकी राष्ट्रसँग समन्वय र इन्टरपोलमा समेत नेपाल प्रहरीको परिचालनलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको बताए । संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न मुलुकमा शान्ति स्थापनार्थ संचालित मिशनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले चर्चा गरे । प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवानिवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिदै प्रधानमन्त्री ओलीले इतिहासका विभिन्न कालखण्डमा अनेक चुनौति सामना गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन संगठनका कर्मठ सदस्यहरुले निर्वाह गरेको भूमिका उल्लेखनीय र इतिहासका पानाको साथै हरेक नागरिकको ह्रदयमा कहिल्यै नमेटिने गरी अंकित भएको बताएका छन् । उनले कर्तव्यपथमा अग्रसर रहँदा जीवन आहुति दिने वीर, अमर प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुको साथै परिवारजनहरुप्रति सम्मान र घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उक्त अवसरमा बिशिष्ट अतिथि गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, संवैधानिक आयोगका सदस्यहरु, प्रधान सेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, पूर्व प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यबाद ज्ञापन गर्दै राष्ट्र र नागरिकको सुरक्षाका खातिर कर्तव्य निर्वाहको क्रममा जीवनको आहुती दिने वीर अमर प्रहरीहरुप्रति श्रद्धान्जली अर्पण गरे । प्रहरीको व्यावसायिकता र प्रभावकारी कानून कार्यान्वयनबाट कानूनी शासनको प्रत्याभूति भई आमनागरिककमा शान्ति सुरक्षाको महसुस हुने उल्लेख गर्दै उनले नेपाल प्रहरीलाई प्रहरी मध्येकै नमूना संगठन र सुशासनको पहरेदारको रुपमा रुपान्तरण गर्न प्रयासरत रहेको बताए । सुरक्षामा हुने खर्च अनुत्पादक लगानी हो भन्ने परम्परागत सोचलाई त्यागेर सार्वजनिक सुरक्षालाई आर्थिक विकासको आधारस्तभको रुपमा ग्रहण गरी तदअनुरुप सुरक्षा संयन्त्रको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा लगानी गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको प्रहरी महानिरीक्षक खनालले बताए । नेपाल प्रहरी नै अपराध अनुसन्धानका दृष्टिले विज्ञहरुको संगठन भएको उल्लेख गर्दै उनले इतिहासको विभिन्न कालखण्डमा घटित जटिल अपराधको सफल अनुसन्धानले आमजनको भरोसा पाउन सफल नेपाल प्रहरी हरेक प्रकारका अपराधलाई सही निष्कर्षमा पुर्यासउन सक्षम रहेको चर्चा गरे ।

नेपाल प्रहरी संगठन कानूनी राज्यको अवधारणालाई अंगिकार गर्दै शान्ति तथा अमन(चयन र सामाजिक सद्भभा व कायम राख्ने एवं अपराध रोकथाम तथा अनुसन्धान गर्ने आफ्नो आधारभूत दायित्वप्रति जिम्मेवार रहेको प्रहरी महानिरीक्षक खनालले उल्लेख गरे । उच्च व्यावसायिक निष्ठा र इमान्दारिताका साथ भावी कार्ययोजना तयार गरी लक्षित कार्यदिशामा सङ्कल्पित भई कार्य गर्न ह्रदयदेखि नै प्रहरी संगठन तयार रहेको उनले बताए । यसै अवसरमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले सम्मानित हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै सम्मानलाई व्यक्तिगत र व्यवसायिक जीवनको एउटा अत्यन्त अमूल्य निधिको रुपमा आफूले लिएको बताए । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले यस वर्ष घोषित अमर प्रहरीका परिवारलाई राहत बितरण गर्नुका साथै १४औँ समूहमा छनौट भई तालिमको समयमा अकस्मात बेहोश भएपछि उपचारको लागि अस्पताल पुर्यागउँदा निधन भएका प्रहरी हवल्दार रोशन थारुको आश्रीत परिवारलाई राहत स्वरुप उक्त समूहबाट संकलित १ लाख ८० हजार ९ सय ३५ रुपैयाँ हस्तान्तरण गरिन् । उक्त समारोह पश्चात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, बरिष्ठ प्रहरी अधिकृतहरु र पूर्व प्रहरी महानिरीक्षकहरु लगायत पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुबीच पुनर्मिलन कार्यक्रम समेत सम्पन्न भएको थियो । ६३ औं प्रहरी दिवस २०७५ का अवसरमा देशभरका प्रहरी कार्यालयहरुमा समेत विविध कार्यक्रमहरु गरी मनाइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वडाको सेवा घरघरमै

जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा...

संविधान कार्यान्वयन आवश्यक– पूर्वराष्ट्रपति

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न...

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै

सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै