logo

फिलिपिन्सको व्यापारमा सुधार

 

मनिला, असोज २५
फिलिपिन्सको व्यापारमा गएको अगष्ट महिनामा उल्लेख्य सुधार आएको देखिएको छ । फिलिपिन्सको तथ्यांक विभागले दिएको जानकारीअनुसार यस वर्षको लागातार पाँच महिनामा व्यापारमा वृद्धि भएको देखिएको हो । अगष्ट महिनामा फिलिपिन्सको व्यापारमा साट दशमलव ८ प्रतिशतको वृद्धिदर हासिल भएको पाइएको हो । समग्र अगष्ट महिनामा फिलिपिन्सको समग्र व्यापार १५ अर्ब ८४ करोड डलरमा पुगेको विभागको विवरणमा उल्लेख गरिएको छ । फिलिपिन्सले उक्त महिनामा आफ्नो आयातमा ११ प्रतिशतको वृद्धिदर हासिल गरेको हो भने निर्यात व्यापारमा तीन दशमलव १ प्रतिशतको वृद्धिदर हासिल भएको पाइएको हो । सो महिनामा निर्यात व्यापार छ अर्ब १६ करोडमा पुगेको पाइएको हो । अघिल्लो महिनामा सो नतिजा पाँच अर्ब ९८ करोड डलरमा पुगेको देखिएको हो । आयातको व्यापारमा पनि अगष्ट महिनामा आठ अर्ब ७२ करोड डलरबाट बढेर नौ अर्ब ६८ करोड डलरमा पुगेको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा देखिएको यस किसिमको महत्वपूर्ण सुधारले फिलिपिन्सको समग्र आर्थिक क्षेत्र महत्वपूर्ण आर्थिक सुधार हासिल गर्ने दिशामा अघि बढिरहेको पाइएको हो ।

फिलिपिन्सको समग्र वस्तुहरुको व्यापारघाटा भने बढेको पाइएको छ । अगष्ट महिनामा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७४ करोडको व्यापारघाटा यसपटक बढेर तीन अर्ब ५१ करोड डलरमा पुगेको देखिएको हो । पछिल्लो समय विश्व व्यापारको क्षेत्रमा देखिएको उल्लेख्य चुनौतीहरुको बीचमा पनि महत्वपूर्ण आर्थिक सुधारको नतिजा हासिल गर्ने उद्देश्यका साथमा निर्यातमा महत्वपूर्ण सुधारको लागि केही योजनाहरु अघि सारेको छ । अगष्ट महिनामा फिलिपिन्सको निर्यात व्यउापारमा लगातारको तीन महिनामा सुधार आएको देखिएको हो । फिलिपिन्सको सरकारको योजनाको कारण व्यापारिक क्षेत्रमा महत्वपूर्ण सुधार आएको देखिएको हो । अघिल्लो महिनामा मुलुकको निर्यात व्यापारमा केवल शून्य दशमलव ३ प्रतिशतको सुधार आएकोमा अगष्ट महिना भने केही फलदायी रहेको पाइएको हो । सो महिनामा उसको निर्यातमा तीन दशमलव १ प्रतिशतमा रहेको देखिएको हो । फिलिपिन्सको तथ्यांक विभागले मुलुकको आयात तथा निर्यातमा देखिएको सुधार अघिल्लो महिनाको तुलनामा भने केही सुस्त रहेको बताएको छ । विश्लेषकहरुले आगामी दिनमा आयात व्यापारमा थप वृद्धि हुनसक्ने बताएका छन् ।   (आर्थिक दैनिकबाट)

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आप्रवासीको समस्या र अव्यवस्था निराकरणका लागि माराकेस सम्झौता

विश्वका १६४ राष्ट्रका प्रतिनिधिहरूको उपस्थितिमा आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता माराकेश २०१८ लाई...

टेन्सेन्ट म्युजिकको एक अर्ब डलरको आईपीओ निष्काशन

चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रवद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य...

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’हरुको आन्दोलनका क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै