logo

माइक्रोसफ्ट विन्डोज–१० मा समस्या

 

न्युयोर्क, असोज २५
माइक्रोसफ्टले तीव्र प्रतीक्षा गरिएको विन्डोज १० को नयाँ भर्सनमा केही समस्या रहेको पाइएको छ । यो भर्सनमा मानिसहरुको फाइल, फोटो र म्युजिक, भिडियोहरु स्वतः डिलेट भएको पाइएको हो । यस्तो समस्यासँगै प्रयोगकर्ताहरु हैरान र निराश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । कतिपय प्रयोगकर्ताको फाइनान्सियल डकुमेन्टहरु पनि डिलेट भएको दाबी गरिएको छ । भर्खरै मात्र माइक्रोसफ्टले तीव्र प्रतीक्षा गरिएको विन्डोज १० को नयाँ भर्सन अपडेट गरेको थियो । यसअनुसार नयाँ फिचरहरु जस्तै क्लाउड बेस्ड क्लिपबोर्ड जसको सहयतामा कपि गरिएका वस्तुहरुको पहुँच कम्प्युटरहरुमा पु-याउँछ, समावेश थियो । धेरै प्रयोगकर्ताले आफ्ना फाइलहरु अपडेटपछि डिलेट भएको बताएका छन् । एक प्रयोगकर्ताले आफूले १८०९ अपडेट गरेको र त्यो प्रक्रिया राम्रोसँग भए पनि पछि आफ्ना फाइलहरु डिलेट भएको कुरा कम्पनीकै आधिकारिक सपोर्ट फोरममा लेखेका छन् । उनले आफ्ना महत्वपूर्ण सामग्री डिलेट भएकोले निकै दुःखी भएको बताएका छन् । यद्यपि उनले आफूसँग ब्याकअप भएका कारण समस्या नभए पनि यो समस्यापूर्ण रहेको बताए । त्यस्तै अर्का प्रयोगकर्ताले पनि रेडिटमा आफूले पनि विन्डोज १८०९ अपडेट गरेको र त्यसपछि आफ्ना फाइलहरु डिलेट भएको उल्लेख गरेका छन् ।
अपडेट भएसँगै कम्प्युटरबाट आफ्ना म्युजिक, तस्बिर र भिडियोहरु डिलेट भएको उनको भनाइ छ । यसरी पीडित प्रयोगकर्ताहरुले अरुलाई समेत उक्त भर्सन अपडेट नगर्न सुझाएका छन् । सोही समस्याबारे माइक्रोसफ्टका प्रवक्ताले द सनलाई भनेका छन्, ‘कम्पनीले यसबारे अनुसन्धान गरिरहेको छ ।’ भाग्यवश पछिल्लो विन्डोज १० अपडेट सामान्य प्रयोगकर्तासामु स्वतः इन्स्टल भइसकेको भने छैन । यद्यपि प्रयोगकर्ताले आफैँ इन्स्टल गर्ने हो भने उक्त समस्या बल्झिनसक्ने चेतावनी दिइएको छ । 
(आर्थिक दैनिकबाट)

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आप्रवासीको समस्या र अव्यवस्था निराकरणका लागि माराकेस सम्झौता

विश्वका १६४ राष्ट्रका प्रतिनिधिहरूको उपस्थितिमा आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता माराकेश २०१८ लाई...

टेन्सेन्ट म्युजिकको एक अर्ब डलरको आईपीओ निष्काशन

चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रवद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य...

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’हरुको आन्दोलनका क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै