logo

हुवावेको नयाँ एआई चिप्स सार्वजनिक

 

संघाई असोज २५
चिनयाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेले आफ्नो नयाँ एआई चिप्स सार्वजनिक गरेको छ । बुधबार कम्पनीले आफ्नो सर्भरलाई सहयोग पु¥याउने किसिमको एआई चिप्स सार्वजनिक गरेको हो । आफ्नो क्लाउड–कम्प्युटिङको व्यापार विस्तारको लागि कम्पनीले उक्त चिप्स ल्याएको हो । हुवावेले अहिले ल्याएको चिप्ससँगै आगामी दिनमा कम्पनीले आफ्नो सर्भरमा पहिलोपटक आफ्नै चिप्सको प्रयोग गर्नसक्ने देखिएको छ । पछिल्लो समय आफ्नो अर्धधातुको व्यापारमा व्यापक विस्तारको योजनाका साथमा अघि बढिरहेको चीनको लागि हुवावेको यो योजना निकै महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय प्रविधिको आयातको मामिलामा अमेरिकासँग देखिएको विवादको बीचमा यस किसिमको समस्या देखिएको हो । चीन सन् २०२५ सम्म आफ्नो स्मार्टफोनको बजारमा ४० प्रतिशत स्थानीयस्तरमा निर्माण भएका चिप्सहरुको प्रयोग गर्ने योजनामा अघि बढिरहेको छ । जसका लागि उसले उल्लेख्य रकम पनि लगानी गरिरहेको छ ।

हुवावे कम्पनी अघिल्लो वर्षदेखि आफ्नो क्लाउडको व्यापारलाई स्थायित्व दिने मामिलामा अघि बढिरहेको देखिन्छ । चीनको बजारमा अलिबाबा कम्पनीले अहिलेसम्म राज गरिरहेको अवस्थामा हुवावे आफ्नो व्यापारमा महत्वपूर्ण सुधार हासिल गर्ने योजनामा अघि बढिरहेको देखिएको हो । हुवावेले अहिले आफ्नो ७ नानोमिटरको एसेन्ड ९१० चिपसेट सार्वजनिक गरेको हो । यसले आगामी दिनमा उसलाई आफ्ना विवरणहरु राख्नका लागि सहयोग पुग्ने विश्लेषकहरुले बताएका छन् । हुवावेले सिटि क्यामेरामा प्रयोग हुने अर्को चिप पनि सार्वजनिक गरेको छ । एसेण्ड ३१० हार्डवेयर कम्पनीहरुलाई एआई केही सस्तो बनाउने विश्वास लिएको छ । हुवावेले अहिले सार्वजनिक गरेको एसेण्ड ९१०को सन् २०१९ को दोस्रो त्रैमासिक अवधिबाट बिक्री सुरु हुने बताएको छ । अहिले ल्याइएको चिपहरु हुवावेको लागि अमेरिकी कम्पनीहरुसँगको प्रतिस्पर्धाको लागि निकै महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका छन् । विशेषगरी क्वालकोमजस्ता कम्पनीहरुको उत्पादनलाई चुनौती दिने अभिप्रायका साथमा यस्तो योजना ल्यायएको हो । यद्यपि हुवावेले आफ्नो यो योजनाको पछाडि कुनै पनि प्रत्यक्ष प्रतिस्पर्धाको कारण नरहेको बताएको छ । यसअघि पनि हुवावेले साना स्मार्टफोनहरुका लागि प्रोसेसर बनाएको थियो तर उक्त चिपहरु इन्टेल तथा एनभीडियाका चिपहरुको तुलनामा भने निकै सामान्य रहेको देखिएको थियो । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आप्रवासीको समस्या र अव्यवस्था निराकरणका लागि माराकेस सम्झौता

विश्वका १६४ राष्ट्रका प्रतिनिधिहरूको उपस्थितिमा आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता माराकेश २०१८ लाई...

टेन्सेन्ट म्युजिकको एक अर्ब डलरको आईपीओ निष्काशन

चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रवद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य...

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’हरुको आन्दोलनका क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै