logo

ईयूको जरिवानाविरुद्ध गुगलले अपिल गर्ने

 

ब्रसेल्स, असोज २५
गुगलले युरोपियन युनियन (ईयू)ले एन्ड्रोइडबारे लगाएको करको विरुद्धमा अपिल गर्ने भएको छ । ईयूले कम्पनीमाथि लगाएको अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवानाको विरुद्धमा कम्पनीले अपिल गर्न लागेको हो । यसअघि ईयूले गुगलले आफ्नो अपरेटिङ प्रणाली एन्ड्रोइडमा प्रतस्पर्धाको नियमको पालना नगरेको विवरण सार्वजनिक गरेको थियो । ईयूले गुगलले एन्ड्रोइडलाई आफ्नै मात्र सेवा प्रयोग गर्न बाध्यात्मक अवस्थाको लगाएको भन्दै चार अर्ब ३४ करोड युरोबराबरको जरिवानाको निर्णय गरेको थियो । गुगलले यो निर्णयको विरुद्धमा युरोपियन युनियनको अदालतमा अपिल गरेको जानकारी दिएको हो । गत जुलाई महिनामा ईयूले गुगलले आफ्नो एन्ड्रोइड उत्पादनको प्रयोग खोजी यन्त्रको विस्तारको लागि गर्ने गरेको बताएको थियो । साथै उसको यो कदम उसका प्रतिस्पर्धीहरुलाई पाखा लगाउने योजनामा देखिएको बताएको थियो । ईयूका प्रतिस्पर्धाको बजारका प्रमुखले गुगलले उक्त जरिवानाको उक्त ९० दिनसम्म नदिएको खण्डमा उसलाई दैनिक पाँच प्रतिशतको दरले जरिवाना लाग्नसक्ने बताए । यसअघिको सबैभन्दा धेरै जरिवानाको रुपमा दुई अर्ब ४० करोड युरोको जरिवानाको निर्णय गरिएको थियो । यस्तोमा गुगलमाथि भने झण्डै दोब्बर जरिवाना लगाउने निर्णय गरिएको थियो ।

गुगलको सन् २०१७ को व्यापारलाई आधार मान्दै ईयूले यस्तो जरिवाना लगाउने निर्णय गरेको थियो । गुगलले ईयूले गुगलले स्मार्टफोन उत्पादकहरुलाई एन्ड्रोइडबाहेकको सेवा प्रदान गर्ने बताउँदै आएकोमा सामसुङ तथा हुवावेजस्ता कम्पनीहरुमा गुगलको सर्च इन्जिन र क्रोम ब्राउजर इन्स्टल गर्नु अगाडि नै रहने गरेको पाइएको बताएको थियो । यसले प्रतिस्पर्धाको बजारको नियम पालना नभएको पाइएको हो । गुगलका प्रतिस्पर्धी कम्पनीहरु गुगलको यस्तो कार्यबाट मारमा परेको ईयूले बताएको थियो । साथै अन्य सेवा प्रयोग गर्न चाहनेहरुका लागि पनि असुविधा पुगेको ईयूको विवरणमा उल्लेख गरिएको थियो । यद्यपि गुगलले भने आरोपको खण्डन गर्दै आएको छ । गुगलले ईयूले भनेको जस्तो प्रतिस्पर्धाको नियमको उलंघन नभएको र यसले मानिसहरुलाई धेरै रोजाइ पुगेको भन्दै बचाउ गर्दै आइरहेको छ । विश्वमा ८५ दशमलव ९ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताहरुले एन्ड्रोइड प्रयोग गर्दै आएका छन् । एप्पलको आईओएस प्रयोग गर्ने प्रयोगकर्ताहरु केवल १४ प्रतिशत रहेका छन् । अघिल्लो वर्ष एक अर्ब ३० करोड एन्ड्रोइड स्मार्टफोनहरुको व्यापार भएको थियो । आईओएसका भने केवल २१ करोड ५० लाख स्मार्टफोनको व्यापार भएको थियो । अन्य अपरेटिङ प्रणालीका पनि १५ लाख स्मार्टफोनको व्यापार भएको थियो । गुगलको यो अपिलको विषयमा पूर्ण सुनुवाइको लागि एक वर्षसम्म लाग्नसक्ने बताइएको छ । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आप्रवासीको समस्या र अव्यवस्था निराकरणका लागि माराकेस सम्झौता

विश्वका १६४ राष्ट्रका प्रतिनिधिहरूको उपस्थितिमा आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता माराकेश २०१८ लाई...

टेन्सेन्ट म्युजिकको एक अर्ब डलरको आईपीओ निष्काशन

चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रवद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य...

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’हरुको आन्दोलनका क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै