logo

विजयादशमी आसुरी प्रवृत्तिमाथि विजयको प्रतीक हो, हिंसाको हैन

 

शिरीषवल्लभ प्रधान
विजयादशमी वा दशैं हिन्दुहरुको महान् चाड हो, जुन नौ दिनसम्म धुमधामले मनाइन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजय, असत्यमाथि सत्यको विजय र अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो दशैं तर यस पर्वलाई हिजोआज, काटमार र पशु बलिसँग जोडेर हेर्ने गरिन्छ, जसले गर्दा हिन्दुधर्ममाथि विभिन्न प्रकारका आक्षेप लगाउनेहरुले मौका पाएका छन् । वास्तवमा विजयादशमी मानव मात्रको कल्याण होस्, सत्यको विजय होस्, हामीभित्रको आसुरी शक्ति पराजित होस् भनी कामना गरी मनाइने पर्व हो । कालन्तरमा गएर जनावरको बलि चढाइने प्रचलन केही हिन्दुहरुले चलाएको हुनसक्छ । भारतमा ८० प्रतिशत जनता हिन्दु छन् तर त्यहाँ यसरी जनावरको बलि दिइँदैन । हाम्रो नेपाल भने अझै पनि बली दिने प्रचलन छ ।
विजयादशमी आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवका रुपमा मनाइन्छ । एक कथाअनुसार कुनै जमानामा महिसासुर नामक एक अत्यन्त शक्तिशाली असुर थिए, जसले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । ती देवताहरुले पछि देवी दुर्गा उत्पन्न गरी उनलाई सबै शक्ति तथा हात हतियारहरुले सुसज्जित गराई ती असुरको वध गर्न देवताहरु सफल भए । यसरी देवी र असुरबीच नौ दिनसम्म घमासान युद्ध भएपछि दशौं दिनमा देबलिे असुरलाई वध गर्छिन् । त्यसैले असुरमाथि विजय प्राप्त गरेको दिनलाई विजयादशमीको रुपमा मनाइने गरिएको हो । त्यसैगरी अर्को कथनअनुसार भगवान् रामले दश टाउके असुर रावणको हत्या गरी उनले हरण गरेका सीतालाई मुक्त गरिदिए ।
बलि भनेको व्यक्तिगत स्वार्थको त्याग वा खराब प्रवृत्तिको बलिदान हो । अनावश्यक कामनाको त्याग गर्नु र सबै कुरा ईश्वरप्रति समर्पण गर्नु नै बलि हो । गीतामा भगवान् कृष्णले कर्म गर तर फलको आशा त्याग भन्छन् । आफ्नो स्वार्थलाई तिलाञ्जली दिनु नै बलिदान हो । पशुपन्छीलाई मन्दिरमा लगेर घाँटी रेटेर हिंसा गर्नु त्याग हैन, बलि पनि हैन ।
बृहदारण्यकोपनिषद्का अनुसार अग्निमा अन्न हवन गर्नुलाई हुत भनिन्छ र अन्न हवन गरी देवताहरुको भाग छुट्याउनुलाई बलिहरण अथवा प्रहुत भनिन्छ । (बृहद् १.५.२) देवताहरुद्वारा प्राप्त अन्न देवतालाई भाग नछुट्याई नखानु भनिन्छ ।
उपनिषद्मा मानिसलाई देवताहरुको पशु भनिएको छ । मानिसमा पशु प्रवुत्ति हुने हुनाले त्यसो भनिएको हुनपर्छ । सामान्य मानिस केवल, खाने, धन आर्जन गर्ने, सुत्ने, मनोरञ्जन गर्नेजस्ता सांसारिक काम, वासनामा नै लिप्त हुन्छन्, त्यसैले उनीहरु देवताका नजरमा पशु हुन् । तसर्थ उनले आफ्ना काम, वासना,क्रोध, मोह आदि नकारात्मक विचारहरु त्याग्न सकेमा अथवा तिनको बलि दिन सकेमा मात्र उँभो लाग्न सक्छ, कल्याणकारी मार्गमा हिंड्न सक्छ । तसर्थ बलि भन्नाले हाम्रो मन, मष्तिष्का नकारात्मक विचारलाई त्याग्नु हो खराब आचरणको बलि चढाउनु हो, त्यसको अर्थ पशुको काटमार गर्नु कदापि हुनसक्दैन ।
हिन्दु धर्म शान्तिवादी धर्म हो । जुन धर्मले वसुधैव कुटुम्बकम् अर्थात् सबै प्राणीहरु परिवार सरह हुन् भन्ने सन्देश दिन्छ, त्यसले हिंसा, हत्यालाई प्रश्रय कसरी देला ? यजुर्वेदको एक मन्त्रमा भनिएको छ, द्यौः शान्तिरन्तरिक्ष शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिब्र्रह्म शान्तिः सर्व शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि (यजुर्वेद ३६.१७)
जसको अर्थ हो, द्युलोकमा शान्ति छाओस्, अन्तरिक्ष, पृथ्वी, जल, औषधि वनस्पतिहरुमा शान्ति छाओस्, समस्त देवताहरुमा शान्ति छाओस्, ब्रह्म शान्तिमय होस्, सर्वत्र शान्ति कायम होस. र स्वयं शान्ति पनि शान्तमय होस्, र मेरो यो शान्ति निरन्तर कायम रहिरहोस् ।
हरेक वैदिक मन्त्रको अन्त्यमा ऊँ शान्ति, शान्ति, शान्ति भनी तीन पल्ट शान्तिको कामना गरिन्छ, जसको अर्थ हुन्छ, तीनै लोकमा शान्ति होस्, पृथ्वी, अन्तरिक्ष र द्युलोक । त्यसैगरी हाम्रो आत्मामा शान्ति होस, वातावरणमा शान्ति होस् र विश्वमा शान्ति कायम होस् । यसरी शान्तिको निम्ति हर पलमा जोड दिने धर्मले कसरी हिंसा गर्न सिकाउला ?
यहाँनिर मार्कण्डेय पुराणमा आधारित दुर्गा सप्तशतिको बारे उल्लेख गर्नु सान्दभिक नै होला ।

दुर्गा सप्तशतीको कथाले के भन्छ ?
पूर्वकालमा चैत्रवंशमा उत्पन्न भएका सुरथ नामका एक राजा थिए, जसको समस्त भूमण्डलमाथि अधिकार कायम थियो । उनी प्रजालाई धर्मअनुसार आफ्ना पुत्रसमान पालन गर्दथे । तैपनि त्यसबखत कोलाविध्वंशी नामका क्षेत्रीय उनको शत्रु बने । शत्रुहरुसँग उनको लडाइँ भयो, जसमा राजा सुरथ पराजित भए । त्यसपछि राजाले आफ्नो सानो राज्यमै सीमित रहनुप-यो । त्यहाँ पनि उनका दुष्ट मन्त्रीहरुले उनलाई घेराबन्दीमा पारी राज्यको अधिकारबाट विमुख गराएपछि उनी सिकार खेल्ने बहानामा घोडामा चढी एउटा घना जंगलमा पुगे । त्यस जंगलमा उनले मेधामुनिको आश्रम देखे जहाँ हिंस्रक पशुहरु पनि आफ्नो स्वाभाविक हिंसा त्यागेर शान्त भई बसेको अचम्भको दृष्य उनले देखे ।
त्यहाँ मुनिले राजाको स्वागत सत्कार गरे । त्यसपछि उनी मुनिको आश्रममा समय व्यतीत गर्नथाले । त्यहाँ बस्दा पनि राजाको चिन्ता हटेन । परापूर्वकालदेखि मेरा पूर्वजहरुले आर्जेर रक्षा गरेको राज्य मेरो हातबाट गुम्यो । मेरा प्रजाहरु के गर्दै होलान्, मेरो शुरवीर हात्ती के गर्दै होलान्, मेरा भाइभारदारहरुको के हालत होला, मैले कष्टपूर्वक जम्मा गरेर राखेको धनसम्पत्ति मेरा मन्त्रीहरुले मनपरि खर्च गरिरहेका होलान् आदि चिन्ताले राजालाई सतायो । त्यसरी शोकमग्न अवस्थामा रहेका राजाको त्यही आश्रममा घुम्दै आएका एक व्यापारीसँग भेट हुन्छ । राजाले उनलाई तिमी को हौ किन यहाँ आयौ ? भनी प्रश्न गर्छन् ।
राजालाई प्रणाम गर्दै ती व्यापारीले भने हे राजन, मेरो नाम समाधि हो, म वैष्यहरुको कुलमा जन्मेको धनाढ्य व्यापारी थिएँ । तर मेरा दुष्ट पुत्रहरु तथा स्त्रीले धनको लोभले मलाई घरबाट निकालिदिएकाले अहिले म यहाँ आएर बसेको हुँ । म अहिले धन, स्त्री र पुत्रहरुबाट वञ्चित छु । मेरा विश्वास पात्रहरुले नै मेरो सम्पत्ति लिएर मलाई यसरी धोखा दिए । तर मलाई अहिले तिनै पुत्रहरु र स्त्रीको स्थितिबारे चिन्ता लागिरहेछ । के तिनीहरु सबै कुशल, मंगल छन् ? तिनीहरुले कुनै कष्ट भोग्नु परिरहेछ कि ? तिनीहरु सदाचारी बनेका छन् कि दुराचारी भन्ने चिन्ता मलाई लागिरहेछ । समाधिको सो कुरा सुनेर राजाले आश्चर्य मान्दै सोधे, जो लोभी पुत्रहरु तथा स्त्रीले तिमीलाई धनको लोभले घरबाट निकालिदिए अहिले तिनीहरुको चिन्ता किन गरिरहेका छौ ? उनले जवाफमा भने, तपाईंको प्रश्न सही हो तर के गर्ने मेरो मन उनहरु जस्तो निष्ठुरी हुन सकेन । जसले मलाई पीडा दिए तिनीहरुप्रति नै ममा दया जागेर आएको छ । यो कसरी भयो मलाई पत्तै छैन । त्यसपछि राजाहरुमा श्रेष्ठ मानिने सुरथ र ती व्यापारी दुवै ती मुनिको सेवामा हाजिर भए र आफ्ना कुरा राखे ।
राजाले भने, भगवान् मेरो मन आफ्नो अधीन नहुनाले मनमा दुःख लागिरहेछ । जुन राज्य मेरो हातबाट गुमिसक्यो त्यसमा मेरो मन आशक्त भइरहे छ । यो जान्दा, जान्दै पनि कि अब मेरो त्यस राज्यमा केही पनि छैन, मेरो मन किन त्यसलाई सम्झेर दुःखी भइरहेछ ? त्यस्तै अर्कोतर्फ यी वैष्य पनि आफ्नो घर, परिवारबाट अपमानित भएर यहाँ आएको छु तर पनि उनलाई ती आफन्तका चिन्ताले सताइरहेछ, घर परिवारको बारम्बार सम्झना आइरहेछ किन होला ?
ऋषिले भने, जगदीश्वर भगवान् विष्णुको योगनिद्रारुपी भगवती जो महामाया हुन् उनीबाट यो सारा जगत मोहित भएर बसेको छ । त्यसैले यसमा आश्चर्य गर्नुपर्दैन । महामायादेवी भगवती ठूला ज्ञानीहरुको पनि चित्तलाई खिचेर मोहजालमा फसाउन समर्थ भएका छन् । तिनैले यो चराचर जगतको सृष्टि गर्दछिन् र प्रशन्न भएमा हामीलाई मुक्ति पनि प्रदान गर्छिन् । परा विद्या, संसार बन्धन वा मोक्षको हेतुभूत पनि उनै देवी हुन्, जो सम्पूर्ण ईश्वरको पनि अधीश्वरी हुन् ।
राजा सोध्छन्, तपाईंले भन्नुभएको महामायारुपी देवी को हुन् ? उनको उत्पत्ति कसरी भयो ? उनको चरित्र कस्तो, कस्तो छ ? हे सर्वश्रेष्ठ ब्रह्मज्ञानी, तिनको परिचय, उत्पत्ति, चरित्र आदिबारे
सविस्तार बताउनोस् ।
ऋषि भन्छन्, हे राजन्, वास्तवमा ती देवी नित्यस्वरुपा नै हुन् । समस्त जगत उनैको रुप हो र उनी समस्त विश्वमा व्याप्त भइरहेछ । तर उनी अनेक प्रकारले प्रकट हुन्छिन् । त्यो पनि म भन्छु सुन । उनी नित्य र अजन्मा छिन् तर पनि देवताहरुको कार्यसिद्धिको निम्ति प्रकट हुँदा उनी लोकमा उत्पन्न भएको भनिन्छ । कल्पको अन्त्यमा जब सम्पूर्ण जगत एकावर्णमा निमग्न भइरहेथ्यो र सबका प्रभु भगवान् विष्णु शेषनागको शैया बनाएर योगनिद्रामा मग्न थिए, त्यस समय उनका कानबाट दुईवटा भयंकर असुरहरु मधु र कैटभ उत्पन्न हुन्छन् । ती दुवै मिलेर ब्रम्हाजीलाई वध गर्न तयार हुँदै थिए । ब्रम्हाजीले ती भयंकर असुरहरु आफ्नो नजिक आइरहेको देखी विष्णुलाई जगाउन भनी एकचित्त भई उनको नेत्रमा निवास गर्ने योगनिद्राको स्तुति गाउँछन् । जो यस विश्वका अधीश्वरी विश्व ब्रह्माण्डलाई धारण गर्ने, संसारको पालन गर्ने, भगवान् विष्णुकी अनुपम शक्ति भगवती हुन् तिनै देवीको ब्रह्माले स्तुति गाउन लागे ।
ब्रह्माले भने, देवी तिमी स्वधा हौ, वषट्कार हौ । तिमी प्रणवमा ओमकार हौ, अ, उ र म तथा तथा विन्दूरुपी अद्र्धाक्षर पनि तिमी नै हौ । तिमीबाटै यस जगत्को सृष्टि हुन्छ, पालन हुन्छ र अन्त्यमा तिमीमै यो सृष्टि कल्पान्तको समयमा समाहित हुन्छ । तिमी नै महामाया, महाविद्या, महादेवी महासुरी हौ । लज्जा पनि तिमी नै हौ, शान्ति, क्षमा, पुष्टि, तुष्टि सब तिमी नै हौ ।
या देवी सर्वभूतेषु विष्णुमायेति शब्दिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु बुद्धिरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु निद्रारुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु क्षुधारुपेण संस्तिा ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु छायारुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
तिमीले ती दुवै असुरलाई मोहमा पारेर भगवान् विष्णुलाई जगाइदेऊ, र तिनलाई नष्ट गर्ने बुद्धि प्रदान गरिदेऊ । सो स्तुति गाएपछि भगवान् विष्णु योगनिद्राबाट मुक्त भई शेषनागको शैयाबाट जागे । जब ती बलवान् मधु र कैटभलाई देखे तव विष्णुले तिनीहरुसँग युद्ध लडे । सो युद्ध पाँच हजार वर्षसम्म जारी रह्यो तर कसैको पनि विजय भएन । तब देवीले ती दैत्यलाई मोहमायाजालमा फसाएपछि दैत्यले विष्णुलाई भने हामी तिम्रो वीरताबाट सन्तुष्ट भयौं अब कुनै वर माग । तव भगवान्ले छल गरेर भने, यदि तिमीहरु मसँग प्रसन्न भएको हो भने यो वर देऊ कि तिमीहरुको मेरो हातबाट मृत्यु होस् । यसरी धोखामा परेपछि तिनीहरुले चारैतिर हेरे, जतासुकै जलैजल देखेपछि भने, जहाँ पृथ्वी जलमा डुबेको नहोस् त्यस्तो सुखा ठाउँमा मात्र तिमीले हाम्रो वध गर्न सक्नेछौ । तिनीहरुले तथास्तु भनेपछि शंख, चक्र, गदाधारी भगवान्ले ती दुवै दैत्यका टाउकालाई आफ्नो तिघ्रामा राखी चक्रले काटिदिए ।
यहाँ विष्णुलाई चेतनाको प्रतीक मान्न सकिन्छ, तर सो चेतना चिरनिद्रमा सुतेको थियो । विष्णुको कान (इन्द्रिय) बाट निस्केका मधुकैटभ वास्तवमा कामना वा इच्छा थिए, जसले ब्रह्मा अर्थात् सिर्जनात्मक शक्तिलाई वध (नष्ट) गर्न खोज्यो तर चेतना वा विष्णुलाई जगाउन खोज्दा उनी निद्रा अर्थात अज्ञानद्वारा ढाकिएको थियो । तब विद्याकी देवीले तिनलाई जगाइदिइन्, जसले गर्दा मधु, कैटभ जस्ता कामना, वासना रुपी दैत्यलाई परास्त गर्न सकियो । अन्यमा, नवरात्रिलाई गुण त्रयअनुसार तीन भागमा बाडिन्छ, जसअनुसार पहिलो तीन दिन तामस प्रवृत्तिको हुन्छ, जसमा देवी दुर्गा र काली जस्तो भयंकर, डरलाग्दो रुपको हुन्छ भने दोस्रो तीन दिन तिनले लक्षीको रुप लिन्छिन् र कोमल स्वभावकी कल्याणमयी हुन्छिन र तेस्रो तीन दि रजो गुणमयी भई सरस्वती अर्थात् विद्याकी देवीको रुपमा प्रकट हुन्छिन् । 
(आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै