logo

सेयर बजारमा सामान्य सुधार

 

काठमाडौं, असोज २५
साताको चौंथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । यसदिन सेयर बजार परिसूचक शून्य दशमलव चार अंकले उकालो लागेर १२ सय १८ दशमलव ३३ अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव चार अंकले उकालो लागेर दुुई सय ५८ दशमलव ६८ अंकमा चढेको छ । यसदिन कुुल एक सय ६२ कम्पनीहरुको सेयर कारोबार भएको छ । जसअनुसार चार हजार पाँच सय ३२ वटा कारोबारमा आठ लाख ५६ हजार एक सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २२ करोड ६५ लाख २४ हजार छ सय ४७ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १० वटा समूहको कारोबार भएकोमा दुुई वटा समूहको सूचक बढेर आठ वटा समूहको सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव ३८ अंकले बढेर एक हजार ७१ दशमलव १४ अंकमा पुुगेकोमा १० करोड ४१ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि छ दशमलव १५ अंकले बढेर २३ सय २९ दशमलव ४१ अंकमा पुुगेकोमा २३ लाख ५६ हजार पाँच सय रुपैयाँको सेयर कारोबार भएको छ ।

 

यसदिन विकास बैंक समूहको सूचक तीन दशमलव आठ अंकले ओरालो लागेर १४ सय ६१ दशमलव ६७ अंकमा पुुग्दा ८३ लाख ९७ हजार सात सय २० रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत् समूहको सूचक पनि पाँच दशमलव ६१ अंकले ओरालो लागेर १३ सय ६२ दशमलव ७३ अंकमा पुुग्दा पाँच करोड दुुई लाख ४५ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । निर्जीवन बीमा समूहको सूचक पनि पाँच दशमलव नौ अंकले ओरालो लागेर पाँच हजार छ सय ३६ दशमलव २६ अंकमा पुुग्दा एक करोड १२ लाख ८१ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । लघुवित्त समूहको सूचक पनि पाँच दशमलव ९३ अंकले ओरालो लागेर १४ सय ६३ दशमलव ३० अंकमा पुुग्दा दुुई करोड १२ लाख २१ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि एक दशमलव १८ अंकले ओरालो लागेर पाँच हजार चार सय ९६ दशमलव ८८ अंकमा पुुग्दा ९७ लाख २२ हजार सात सय ९० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक होटल, फाइनान्स र अन्य समूहको कारोबार सूचक पनि क्रमशः छ दशमलव ७३, दुुई दशमलव २२ र एक दशमलव ४५ अंकले गिरावट आएको छ । यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो परेको मेगा बैंकको सेयर मूल्य तीन रुपैयाँ ११ पैसाले बढेर एक सय ९७ रुपैयाँमा किनबेच भएको छ ।

 

दोस्रो स्थानमा परेको प्रभुु बैंकको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ आठ पैसाले बढेर दुुई सय ३४ रुपैयाँमा किनबेच भएको छ । यसैगरी समता माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिटी एक्सप्रेस फाइनान्सको सेयर मूल्य पाँच रुपैयाँ ४५ पैसाले घटेर एक सय चार रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागबेली लघुवित्त विकास बैंकको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ८९ पैसाले घटेर नौ सय १३ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक लक्ष्मी लघुवित्त वित्तीय संस्था, अरुण काबेली पावर लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको सानिमामाई हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुुई सय ८६ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ४२ लाख २० हजार पाँच सय १९ रुपैयाँको किनबेच भएको छ । यसैगरी माछापुुच्छ्रे बैंकको पनि प्रतिकित्ता दुुई सय १६ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ६० लाख ८२ हजार चार सय ५१ रुपैयाँको सेयर किनबेच भएको छ । सूचीकरणतर्फ भने यसदिन मिर्मिरे माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चार लाख ५० हजार कित्ता हकप्रद सेयर र पञ्चकन्यामाई हाइड्रो पावर कम्पनीको एक करोड १० लाख कित्ता साधारण सेयर सूचीकृत भएका छन् ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शेयर बजार : सामान्य गिरावट

लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार...

आशा लघुवित्तको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आशा लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ...

नेपाल बैंकद्वारा अनाथ बाल उत्थान समाजलाई सहयोग

नेपाल बैंक लिमिटेड्ले नवकिरण अनाथ असाहाय वाल उत्थान समाज धापाखेल ललितपुरलाई तीन लाख नगद सहयोग प्रदान गरेको छ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै