logo

नेपाल तथा क्यानडाबीच लगानी तथा व्यवसाय प्रवद्र्धनमा जोड

काठमाडौं, असोज २५
नेपाल तथा क्यानडाबीच लगानी तथा व्यवसाय प्रवर्द्धनमा जोड दिइएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयको निमन्त्रणामा नेपाल भ्रमणमा आएको क्यानेडियन संसद्का सांसद् ब्राड ट्रोस्टको नेतृत्वमा रहेको उच्चस्तरीय पाँच सदस्यीय प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूबीच भएको भेटमा नेपाल–क्यानडा आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी, प्रविधि आदानप्रदान सम्भाव्यता खोजीलगायतका विषयमा बृहत् छलफल भएको थियो । नेपाली निर्यातकर्ताहरू र क्यानेडियन उद्यमी व्यवसायीहरूको महत्वपूर्ण सहभागिता रहेको बैठकमा विशेष गरी क्यानेडियन प्रतिनिधिमण्डलको तर्फबाट नेपाली उद्योगी व्यवसायी तथा लगानीकर्ताहरूले नेपाल–क्यानडाबीचको आर्थिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षण गर्न प्रविधिगत रूपमा नेपाली उद्योगी व्यवसायीहरूलाई दक्ष बनाउन क्यानडाबाट के–कस्तो सहयोगको अपेक्षा गरिएको छ भन्ने बारेमा छलफल गरिएको महासंघले जनाएको छ । सो क्रममा उद्योगी व्यवसायीहरूले विशेषगरी नेपालमा व्यावसायिक कृषि, हस्तकलाका सामग्री, औषधी, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा क्यानडाबाट लगानी, प्रविधि, बजार प्रवर्द्धनलगायतका क्षेत्रमा दरिलो सहयोग खोजेको स्पष्ट पारेका थिए । साथै, उद्यमी व्यवसायीहरूले नेपालमा लगानीका लागि क्यानेडियन सरकारको नीतिका बारेमा जिज्ञासा राखेका थिए । सो जिज्ञासामाथि क्यानेडियन प्रतिनिधिमण्डलका सांसद् ट्रोस्टले क्यानेडियन लगानी आकर्षणका लागि सरकार–सरकार, जनस्तर–जनस्तर, निजी क्षेत्र–निजी क्षेत्रबीच सम्पर्क विस्तार गर्नुपर्ने, क्यानडास्थित गैरआवासीय नेपाली संघसँग सम्पर्क विस्तार गर्नुपर्ने सुझाव दिए । साथै, उनले क्यानडियन सरकारले विशेष गरी नेपालको साना तथा मझौला उद्यम व्यवसायलाई प्रविधिगत रूपमा सुसज्जित गर्न सघाउने विश्वास दिलाए ।

कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा यतिखेर स्थिर सरकार रहेको र लगानीको वातावरण समेत अत्यन्त राम्रो भएकोले क्यानेडियन उच्च प्रतिनिधिमण्डललाई नेपालमा लगानी विस्तारका लागि सहयोग गर्न आग्रह गरिन् । अध्यक्ष राणाले प्रधानमन्त्रीबाट हालै सम्पन्न संंयुक्त राष्ट्र संघको भ्रमणका क्रममा क्यानेडियन प्रधानमन्त्रीसँग भएको भेटघाट तथा नेपाल–क्यानडाबीचको आपसी सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर कार्यक्रमको स्मरण गराउँदै सो सम्झौताबाट क्यानाडा–नेपालबीचको आर्थिक सहकार्यमा ढोका खुल्ने विश्वास प्रकट गरिन् । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूलगायतको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपाल र क्यानडाबीचको व्यावसायिक सम्बन्ध विस्तार गर्न भेटवार्ता एक राम्रो माध्यम बन्नसक्ने विश्वास व्यक्त गरे । साथै उपाध्यक्ष श्रेष्ठले नेपालमा क्यानेडियन प्रविधि भित्र्याउन पहलका लागि समेत आग्रह गरे । सो भेटवार्तामा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले नेपाल–क्यानडाबीचको आर्थिक व्यापार साथै लगानीका क्षेत्रहरुसम्बन्धी प्रस्तुति दिएका थिए । उक्त प्रस्तुतिमा नेपालमा हाल विभिन्न ४५ वटा परियोजनाहरूमा क्यानेडियन संयुक्त लगानी रहेको स्पष्ट पारिएको थियो । साथै नेपाल–क्यानडाबीचको आर्थिक सम्बन्धलाई विस्तार गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘दाल भात तरकारी’सँग शिवम् सिमेन्टको सहकार्य

शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारबीच मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात...

उदयपुर सिमेन्ट उद्योगको नयाँ इतिहास !

उदयपुर र मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि...

खोटाङको हलेसीमा बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु

खोटाङमा नदीको पानी बस्तीमा निकाल्नका लागि सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै