logo

नेपालको हवाइ यातायातलाई कालोसूचीबाट हटाउन पहल गरिने

काठमाडौं, असोज २५
नेपालका लागि युरोपियन युनियनका राजदुत वेरोनिका कोडीले नेपालको हवाइयातायातलाई कालोसूचीबाट हटाउन आफूले पहल गर्ने बताएकी छिन् । नेपाल चेम्बर अफ कमर्सद्वारा राजधानीमा आयोजित ‘व्यापार, पर्यटन तथा लगानीको सन्दर्भमा नेपाल–युरोपियन युनियन आर्थिक सम्बन्धका सम्भावना’ विषयक अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । तर नेपालको हवाइयातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टाछुट्टै हुनुपर्ने सुझाव समेत उनले दिइन् । राजदूत कोडीले नेपालको व्यापार, पर्यटन र लगानीमा विकास गर्न भौतिक पूर्वाधार महत्वपूर्ण हुने कुरामा जोड दिइन् । रेलमार्ग, सडकमार्ग र जलमार्गको विकासले नेपालको विकासलाई तीव्र बनाउने उनले विश्वास व्यक्त गरिन् । साथै आफू नेपालसँगको युरोपियन युनियनको सम्बन्ध थप प्रगाढ पार्न कटिबद्ध भएर लागिपरेको कुरा समेत उनले बताइन् । नेपालको उत्पादनलाई युरोपको बजारमा पु-याउनलाई नेपाललाई ‘प्रिफरेन्सियल व्यापार पद्धति’अन्तर्गत राख्न आफूहरु सकारात्मक रहेको कुरा पनि उनले व्यक्त गरिन् । नेपालको कफी र पश्मिनाको बजार युरोपमा उच्च रहेको भन्दै उनले यसलाई थप बढाउनुपर्ने कुरामा जोड दिइन् ।

यसो हुन गएमा नेपालको ईयूसँगको व्यापारघाटा कम हुने र त्यसले नेपालको अर्थतन्त्र बलियो हुने उनको विश्वास थियो । साथै नेपालमा रहेका साना तथा मध्यम व्यवसायीहरुको क्षमता बढाउने खालका कार्यक्रमहरुमा सहयोग गर्न ईयू तयार रहेको पनि उनले बताइन् । महिला र युवा व्यवसायीहरुको क्षमता बढाउने कुरा महत्वपूर्ण रहेको र यसको लागि सक्दो सहयोग गर्ने उनको धारणा थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको हवाइ यातायात असुरक्षित रहेको भन्ने कुरामा ईयूका देशहरुले चिन्ता नगर्न आग्रह गरे । नेपालको हवाइ सुरक्षाको सम्वेदनशीलतालाई यथार्थपरक ढंगमा बुझिदिन समेत उनले अनुरोध गरे । कार्यक्रममा श्रेष्ठले नेपालको व्यापार, पर्यटन र लगानीमा ईयूले थप सहयोग गर्ने सही समय आएको कुरा पनि उल्लेख गरे । नेपालको समृद्धिको लागि ईयूसँगको आर्थिक सम्बन्ध महत्वपूर्ण रहेको भन्दै उनले नेपालको उत्पादनलाई युरोपमा निर्यात गर्नलाई थप सहयोग गर्न राजदूत कोडीलाई अनुरोध गरे । कार्यक्रममा व्यापार, पर्यटन र लगानीमा क्रमशः व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्र नाथ गोंगल, नेपाल होटल संघका महासचिव विनायक शाह र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । चेम्बर भवन, कान्तिपथमा सम्पन्न सो कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

हेटौंडा सिमेन्ट उद्योग ३४औं वर्षमा

हेटौंडा सिमेन्ट उद्योगले आफ्नो ३३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । हेटौंडा उपमहानगरपालिका –९ लामसुरेमा...

निक इलेक्ट्रो टेक आउँदो पुस ६ देखि हुने

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘निक इलेक्ट्रो टेक’ आउँदो पुस ६ गतेदेखि १० गतेसम्म...

ओयोले नेपालमा होटल विस्तार गर्ने

ओयोले नेपालमा पनि गुणस्तरीय होटलहरु स्थापना र विस्तार गर्ने भएको छ । एसियामै पहिलो थिएल फेलोसिप विजेता रितेश...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै