logo

‘भ्रष्टाचार गर्नेसँग कुनै किसिमको सम्झौता हुन सक्दैन’

काठमाडौं, असोज २५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्नेसँग कुनै किसिमको सम्झौता हुन नसक्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको नयाँ भवनको शिलान्यास गर्दै घिमिरेले भ्रष्टाचार न्यूनीकरण गर्न नागरिक समाज, सञ्चार क्षेत्र र सरोकारवाला सबै निकायको सक्रिय सहयोग र साथको आवश्यकता रहेको बताए । विकास निर्माणका आयोजनमा हुने ढिलासुस्ती र अनियमितता कुनै पनि हालतमा सहन नसक्ने उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले आफ्नो जिम्मेवारीमा रहेका विकास निर्माणका कार्य समयमै सम्पन्न नगर्ने र गुणस्तरहीन सामग्रीको प्रयोग गर्नेलाई आयोगले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले यस विषयमा संवेदनशील भएर काम गर्न निर्माण व्यवसायी, कर्मचारी तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदै हाल कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनहरुमा आयोगले विशेष निगरानी राखेकोसमेत जानकारी दिए । भ्रष्टाचार निवारणका लागि आयोगले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक सहितको तीन खम्बे नीति अवलम्बन गरेको उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले आयोजनाहरुको काम तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षणसमेत गराए । उनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाइ जनतालाई छिटो/छरितो रुपमा सेवा प्रवाह गर्न सम्बन्धित सरोकार निकायसँग आग्रह गरे । आयोगको कार्यालय पोखराको उक्त भवन पोखरा महानगरपालिका वडा नं.७, मासवारमा छ रोपनी एक दाम जग्गामा निर्माण हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । १४ करोड ७२ लाख ३६ हजार रुपैयाँ लागत अनुमान रहेको उक्त भवनको निर्माण कार्य २४ महिनामा सक्ने गरी आशीष फेवा जेभीसँग गत असार २५ गते सम्झौता भएको थियो ।

उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता घूससहित पक्राउ :- उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई सेवाग्राहीसँग पाँच लाख घूस लिएको आरोपमा पक्राउ गरेको हो । थापालाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले पक्राउ गरेको हो । उनलाई पाँच लाख घूसबापतको रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट बुधबार नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् । उनलाई नियन्त्रणमा लिई कारबाहीको लागि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । त्यस्तै मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मा पनि घूस रकमसहित पक्राउ परेका छन् । उनीहरुले जग्गा धितो बन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई ५० हजार रुपैयाँ घूस रकम लिएको अवस्थामा उनीहरुकै कार्यालयभित्रबाट मंगलबार अख्तियारले नियन्त्रणमा लिएको हो । उनीहरुलाई पनि कारबाहीको लागि नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।   (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वडाको सेवा घरघरमै

जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा...

संविधान कार्यान्वयन आवश्यक– पूर्वराष्ट्रपति

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न...

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै

सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै