logo

राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरुलाई ५७ करोड रुपैयाँ लगानी प्रस्ताव

काठमाडौं, असोज २५
नेपाल राष्ट्र बकले ग्रामीण स्वावलम्बन कोषमा रहेको ६७ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागअन्तर्गतको ग्रामीण स्वावलम्बन कोषमा रहेको ५७ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव गरेको हो । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याज समेत उल्लेख गरी यही असोज २६ गते अपराह्न १ः३० बजेसम्म आवेदन दिनुुपर्नेछ । लगानीको लागि छुुट्याएको कुुल रकममध्ये छ महिने मुद्दती निक्षेपमा ३० करोड, तीन महिने मुद्दती निक्षेपमा १५ करोड तथाकुल निक्षेपमा १२ करोड रुपैयाँ छुुट्याएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार लगानीको लागि बैंक सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुुनुुपर्ने, निष्क्रिय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुुपर्ने प्रावधान तोकिएको छ । यसैगरी खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुुनुपर्ने, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुुनुुपर्ने प्रावधान रहेकाछन् । यीबाहेक निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्थापछिको) रहेको हुनुपर्ने, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुुनुुपर्ने, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुुपर्ने र समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दशैंको मौका पारी मनपरी भाडा असुल्दै गाडीधनी

बझाङ दशैं नजिकिएसँगै बझाङमा चल्ने जिपहरुले मनपरी भाडा असुल्न थालेका छन् । दशैं–तिहाररको समयमा देश विदेशबाट घर...

प्रधानमन्त्री र अख्तियार प्रमुखको भेट रहस्यमय

एक जना प्रधानन्यायाधीशलाई अस्वाभाविक रुपले तर्साएपछि फेरि त्यसरी ने अस्वाभाविक लाग्ने गरी एकै दिन सुनुवाइ एकै...

सेयर धितोमा बैंक तथा फाइनान्स कम्पनीहरुको ४१ अर्ब १२ करोड रुपैयाँ कर्जा

बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो लिएर ४१ अर्ब १२ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । नेपाल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै