logo

विश्व बैंकले नेपाललाई २३ अर्ब सहुलियतपूर्ण ऋण दियो

नेपाललाई दिने सहायता वृद्धि हुन्छ : विश्व बैंक

काठमाडौं, असोज २५
विश्व बैंकले नेपालको वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयनको लागि अमेरिकी डलर दुई सय मिलियन अर्थात् बुधबारको डलर मूल्यअनुसार नेपाली २३ अर्ब ७४ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ । उक्त ऋण रकम दिने र लिनेबारे बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त रकम बजेटरी सहायताको रुपमा परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमा दुई खर्ब ५३ अर्ब दुई करोड ८२ लाख वैदेशिक ऋण लिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार उक्त ऋण लिइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर चिम्याओ फ्यानले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठककै अवसरमा इण्डोनेसियाको बालीमा एक समारोहका बीच हस्ताक्षर गरेको बुधबार साँझ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अर्थमन्त्री खतिवडा नेतृत्वको टोली मंगलबार बाली प्रस्थान गरेको थियो । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले नेपाललाई प्रदान गरेको सहयोगको सराहना गर्दै नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्र र पर्यटन क्षेत्रको विकासमा नेपाललाई थप स्रोतको आवश्यकता भएकोले आगामी दिनमा सहयोग अझ वृद्धि हुने अपेक्षा रहेको जानकारी गराएका थिए ।

अर्थमन्त्री खतिवडाले नेपालमा थप राजस्व परिचालनका सम्भावनाहरु कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्पपश्चात्को पुनर्निर्माण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको समेत जानकारी गराएका थिए । सो अवसरमा निजी क्षेत्रको लगानीमा रहेका नीतिगत अवरोधलाई हटाउँदै लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्न नीति कार्यान्वयन सहयोग गर्ने सम्बन्धमा विकासका लागि अधिकतम वित्त लगानी गर्ने गरी कार्ययोजना तयारी गर्ने सम्बन्धमा छलफल भएको जनाइएको छ । नेपालले अवलम्बन गरेका आर्थिक तथा नीतिगत सुधारप्रति सन्तोष व्यक्त गर्दै विश्व बैंकका उपाध्यक्ष सेफरले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत परिचालन हुने अगामी अवधिमा सहायता वृद्धि हुने बताएका थिए । बुधबार नै नेपाली प्रतिनिधिमण्डल र अन्तर्राष्ट्रिय वित्त निगमका प्रमुख सञ्चालन अधिकृत स्टेफनी भोन फ्राइडवर्गसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल सम्पन्न भएको पनि अर्थ मन्त्रालयले जनाएको छ । उक्त छलफलमा माथिल्लो त्रिशूली ‘ए’ विद्युत् आयोजनालाई यथाशीघ्र कार्यान्वयनमा लैजाने र ऊर्जा, पर्यटन तथा सहरी पूर्वाधार विकासका आयोजनाहरुमा आगामी दिनमा निजी क्षेत्रमार्फत थप लगानी परिचालन गर्ने विषयमा समेत प्रतिबद्धता व्यक्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केप टाउनदेखि काठमाडौंसम्म शान्तिको कामना गर्दै भ्रमण

दक्षिण अफ्रिकाको आठ सदस्यीय सद्भावना टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय नेल्सन मण्डेला डे अर्थात्...

डच वातावरणविद् गोर्खा इको प्यानलमा

नेदरल्याण्डका वातावरणविद् मानित जाउलोले बिहीबार भक्तपुरस्थित गोर्खा इको प्यानल पुगेर कारखानाको अवलोकन भ्रमण...

ख्वप इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच समझदारी

ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरले इन्जिनियरिगको अध्यापनका साथै अनुसन्धानलाई पनि थप प्राथमिकतामा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै