logo

भीआईपी भ्रष्टाचारी पूर्वआईजीपी चन्दलाई प्रहरीकै संरक्षण

काठमाडौं, असोज २५
सुडान घोटालाकाण्डका प्रमुख अभियुक्त नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरी काठमाडौंमै लुकीछिपी बसेको थाहा भएको छ । गत सोमबार दिउँसो उनी होटल ¥याडिसनमा देखिएका थिए । उनको निजी निवास कुपण्डोलमा हो र उनको घरमा पहिलेदेखि नै अर्ददीदेखि सुरक्षाकर्मी समेत नेपाल प्रहरीनै रहेका छन् । उनकी छोरीको विवाहभएकोले विवाहसम्म प्रहरीले उनलाई पक्राउ नगर्ने भीआईपी भ्रष्टाचारी चन्द र नेपाल प्रहरीको तत्कालीन नेतृत्वबीच भद्र सहमति भएको थियो । उनको छोरीको विवाहको पार्टी होटल ¥याडिसनमा भएको थियो । त्यस पार्टीमा प्रहरीका हाकिमहरु पनि सहभागी थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए । देउवा प्रधानमन्त्री छउन्जेल भीआईपी भ्रष्टाचारी चन्दलाई पक्राउ गर्ने कुनै प्रयास भएन । देउवा र रमेशचन्द दुवै जना सुदूरपश्चिमका व्यक्ति हुन् । त्यसअघि उनलाई पक्राउ गर्न नदिन फुली लगाउन नपाएका एक दिनका आईजीपी जयबहादुर चन्दले भूमिका खेलेका थिए । प्रकाश अर्याल आईजीपी भएपछि पनि रानीपोखरीमा बसेर जयबहादुर चन्दले फरार भीआईपी भ्रष्टाचारी चन्दलाई संरक्षण गरेका थिए । देउवा सत्ताबाट हटेपछि प्रहरीले चन्दलाई पक्राउ गर्ने अपेक्षा गरिएको थियो । तर उनको घरमा प्रहरी गार्ड छन्,अर्ददी छन् । प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गरेको छैन ।

उनी देश र दुनियाँलाई ढाँटेर जनताको आँखामा छारो हालेर प्रहरीकै सुरक्षा घेरामा रहेर काठमाडौंमै बस्दै आएका छन् । त्यही काण्डमा परेका पूर्वआईजीपीद्वय हेम गुरुङ र ओमविक्रम राणाले आत्मसमर्पण गरेर जेल सजाय भोगेका छन् । तर अर्को फरार भ्रष्टाचारी रमेशचन्दलाई नेपाल प्रहरीले नै संरक्षण गरेर लुकाई राखेको छ । सोही सुडानको डार्फरमा भएको एपीसीलगायतका आवश्यक बन्दोबस्तीका सामान खरिदमा भएको घोटालाकाण्डको अन्तिम फैसलामा सर्वोच्च अदालतले नेपाल प्रहरीका तीन जना पूर्वप्रहरी प्रमुखलाई जरिवानासहित जेल सजाय सुनाएको थियो ।अदालतबाट सो फैसला सुनाएको भएपनि अहिलेसम्म पूर्वप्रहरी प्रमुखहरु जेल परेका छैनन् । सर्वोच्च अदालतले सुडानको डार्फरमा पठाइएका प्रहरीलाई चाहिने एपीसीलगायत बन्दोबस्तीका सामान खरिदबिक्री प्रकरणमा घोटाला गरेको भन्दै तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेशचन्द ठकुरीलाई जरिवाना र कैद सजाय सुनाएको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले बहुचर्चित यस काण्डमा अन्तिम फैसला सुनाएको थियो ।

सर्वोच्चले राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना तथा ठकुरीलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । अदालतको फैसलामा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । साथै तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई छ महिना कैद र ३० हजार जरिवाना फैसला सुनाएको थियो भने अन्य आरोपीलाई सर्वोच्चले सफाइ दिएको थियो । उनीहरुलाई अख्तियारले युएन मिसनका लागि सुडानमा खटिएको नेपाल प्रहरीका लागि चाहिने एपीसीलगायतका बन्दोबस्तीका सामानहरुको खरिद गर्दा सरकारलाई आर्थिक हानि पु¥याएको अभियोग लगाउँदै २०६८ जेठ २४ गते अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनीहरुले ठेकेदारसँग समेत मिलेमतो गरी सरकारको २९ करोड हिनामिना गरेको भन्दै तीन पूर्वप्रहरी महानिरीक्षकसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको फैसलाले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको फैसला सुनाएको थियो । साथै कम्पनीका डाइरेक्टर माइकल राईडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर विशेष अदालतले गरेको थियो। अख्तियारले ठेकेदार, उनको प्रतिनिधि र प्रहरी अधिकारीहरुमाथि विशेष अदालतले सुनाएको सजाय कम भएको भन्दै पुनरावेदन दिएको थियो। त्यसैक्रममा ३१ प्रहरी अधिकारीहरुले सफाइ पाउनेगरी विशेष अदालतले गरेको ठहरलाई पनि त्रुटिपूर्ण रहेको अख्तियारले दाबी गरेको थियो। विशेषको फैसलामा घटी बिगो कायम गरिएको, फैसला हुँदासम्मको मितिको सावाँ र ब्याज समेत दिलाउन माग गरेकोमा त्यसतर्फ फैसलाले न्याय गर्न नसकेकाले पुनरावेदन जानुपरेको स्पष्ट पारेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

श्रीमतीको हत्या

गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गए राति आफ्नै श्रीमतीको हत्या गरेका...

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु...

तरकारी फल्यो, बजार छैन

राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै