logo

नेपालमा चिया क्षेत्र र विकास प्रयास

डा.सुमनकुमार रेग्मी
चियाको विषय प्रसङगतर्फ नियाल्दा नेपालमा सन् १९६० देखि व्यावसायिक चिया खेतीको सुरु गरी विस्तार भएको पाइन्छ । नेपालमा २०४० सालदेखि चियाको व्यापक व्यावसायिक उत्पादन सुरु भएको देखिन्छ । चिया खेती भइरहेको कुल जमिन २६ हजार हेक्टर रहेको छ  । नेपालको ४४ जिल्लामा चियाको व्यावसायिक खेती गरिँदै आएको छ । अर्थाेडक्स चिया इलाममा र सीटीसी चिया झापामा मुख्यतया अरु जिल्लाभन्दा बढी उत्पादक हुने जिल्ला हुन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पनि ठूला स्केलमा चियाको खति सुरु गरिसकिएको देखिन्छ । काठमाडौं उपत्यकामा दुई वटा चिया प्रशोधन केन्द्र रहेको बुझिएको छ । अरु चिया खेती हुने जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, झापा आदि मुख्य छन् । नेपालमा अर्गानिक चियाको उत्पादन गरेको दशक मात्र भएको देखिन्छ । नेपालको चियाले बाह्य स्तरमा मान्यता प्राप्त संस्थाले नेपाली चियालाई अर्गानिक प्रमाणीकरण गरेको आठ वर्षमात्र भएको छ ।

२०७४/७५ को सिजनमा ९१ लाख ८५ हजार सात सय ३८ किलो तयारी चिया उत्पादन भएको देखिन्छ । नेपालमा वर्षेनी दुई करोड ५० लाख किलो चिया उत्पादन हुने गरेको बताइन्छ (कारोबार २०७३ कात्तिक २१) । यो स्रोतअनुसार उत्पादित नेपालको चियामध्ये ५० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी निर्यात हुने बताइन्छ । आव २०७२/७३ मा करिब २१ हजार मेट्रिक टन उत्पादन भएको थियो । देशभर रहेका एक सय साना चिया कारखानामध्ये मेची र कोशीमा ८० र इलाममा ५६ वटा छन् । चिया उत्पादन हुने क्षेत्रको हावापानी र गुणस्तर हेरी बाह्य बजारको मागबमोजिम विभिन्न भेराइटीमा चिया बनाउँदा बजारमा सुधार आएको बताइन्छ । विगतमा २६ हजार हेक्टरमा हुँदै आएको चिया पछिल्लो समय २८ हजार हेक्टरमा चिया खेती हुँदै आएको बताइन्छ । कुनै वर्ष त चिया बालीका लागि चाहिने अनुकूल मौसम हुँदा त्यो वर्ष चिया उत्पादन वृद्धि हुने गरेको छ । चियाका लागि उपयुक्त हावा पानी, रोगकीरामा प्रकोप न्युन हुँदा कुनै वर्ष एक हजार टनभन्दा बढी चिया फल्ने गरेको देखिन्छ ।

चिया बिक्री केन्द्रको अन्योल कायमै :- वर्षौंदेखि चियाको अक्सन मार्केट खुल्ने र बिक्री गर्न सजिलो हुने जानकारी पाएका किसान सञ्चालनको अझै पर्खाइमा छन् । नेपालमा पहिलो पटक झापाको बिर्तामोडमा स्थापना हुने लागेको बिक्री केन्द्रबाट चिया किन्नेलाई तीन प्रतिशत अनुदान रकम दिइने व्यवस्था गरिएको भनिएको थियो । यस्ता अनुदान रकम सरकारबाट विनियोजन हुन पर्दछ । उक्त अनुदान विनियोजन नभएबाट उक्त अक्सन मार्केट २०७४/७५ मा पनि सञ्चालनमा आएको छैन् । विश्वमा सफल भएका देशको अक्सन प्रणाली हेरेर उपयुक्त प्रणाली नेपालमा स्थापित गर्ने भनेर कदमहरु अगाडि बढाइँदै आएको देखिन्छ। हालसम्म पनि नेपालमा उत्पादित चियाको नेपालमा अक्सन बजार नभएको कारणबाट भारतको कोलकाता र सिलीगुढीस्थित अक्सनमा निर्भर रहेको छ । नेपालमा चिया खेती सुरु भएको एक सय ५५ वर्षपछि अकसन केन्द्र खुल्ने भन्ने कुरा सुन्दै आएका छन् । नेपालमा अक्सन बजार भएमा देशविदेशका व्यापारी आएर छानीछानी चिया किन्न सक्ने र उद्योगीले पनि मागअनुसारको स्वदेशी चिया अक्सन बजारमा राख्न पाउनेछन् । यो अक्सन केन्द्र केही नीतिगत कुरा र व्यवसायीका माग सम्बोधन हुन नसक्दा ढिलाइ हुन गएको कारण बजार सञ्चालन हुन गएको हो । तर अब इ–अक्सन खेल्ने तयारी बोर्डको रहेको देखिन्छ । चियाको सार्वजनिक खरिदबिक्री हुने स्थान अक्सन स्थापना नहुँदा नेपालमा उत्पादन भएको कफी । चिया बाह्य बजारमा किनबेचमा अझै कठिनाइ भएको छ । नेपाली चियाको ठूलो परिणाम भारत हुँदै विदेशी बजारमा जाने गरेको भए पनि अक्सन अभावमा बाह्य बजारमा निर्यात भएको छैन । अक्सन नहुँदा भारतका उद्योगीले नेपाली चियालाई आफ्नो ब्राण्डमा बिक्री गर्ने गरेका छन् ।

चियाको विकासको लागि बजार प्रवर्द्धन कार्यक्रम :- रुसको राजधानी मस्कोमा सन् २०१८ फेब्रुअरी ५ देखि ९ सम्म सञ्चालित अन्तर्राष्ट्रिय प्रो –एक्स्पोमा २०१८ मा नेपालको तर्फबाट सम्मिलित नेपालको अर्गानिक अर्थोडक्स चियाको प्रदर्शनबाट विश्वभरको ध्यान आकर्षण गरेको छ । करिब अढाइ वर्षअघि अमेरिकाको लस भेगासमा भएको अन्तर्राष्ट्रिय एक्स्पोमा नेपाली अर्गानिक चियाले व्यापक चर्चा पाएको थियो । यस्ता एक्स्पोमा आगन्तुकहरुले हजारौं किलोको चिया खरिद गरेर लगेका थिए र अर्डरसमेत गरेको बुझिएको छ । नेपालका चियाले हरवर्ष कतै न कतै आयोजना गरेका कृषि उत्पादनको प्रदर्शनीमा सहभागी भइरहको देखिन्छ । नेपालमा तेस्रो पटक अन्तर्राष्ट्रिय चिया मेला २०७४ चैतमा सम्पन्न हुँदैछ । यसअघि दुई पटक चिया मेला भएका थिए । यस अघिका मेला पहिचानको लागि मात्र भएको तर अबका तेस्रो मेलामा बाह्य बजारमा प्रचार गर्नका लागि भएको बताइन्छ । नेपालमा चिया खेति सुरु भएको भएको झण्डै ५४ वर्षपछि अर्थात् २०७४ माघमा नेपाली अर्थाेडक्स चियाले आफ्नो लोगोमार्फत आफ्नै पहिचान दिने भएको छ । उक्त लोगोमा नेपाली टी क्वालीटी फ्रम दी हिमालय लेखिए गरी पहिचान भएको छ । उक्त लोगो कार्यान्वयनका लागि नेपाली अर्थोडक्स ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी भइसकेको छ । लोगो प्रयोगको लागि चियाको गुणस्तरदेखि कामदारको रोजगारीको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड कायम गर्नुपर्दछ ।

चिया निर्यातको अवस्था :- नेपालबाट आव २०७४/७५ को पहिलो छ महिनामा दुई अर्ब ४१ करोड तीन लाख ११ हजार रुपैयाँको तयारी चिया विदेश निर्यात भएको थियो । आव २०७३/७४ मा एक करोड १७ लाख ४५ हजार किलो तयारी चिया निर्यातबाट दुई अर्ब ५० करोड २७ लाख ६५ हजार रुपैयाँ नेपाल आएको थियो । तर कुल उत्पादनमध्ये अर्गानिकको हिस्सा तीन लाख किलो मात्रै रहे पनि मूल्यका हिसाबले यो रकम निकै मूल्य रहेको देखिन्छ । घरेलु प्रयोगबाहेक उत्पादनको करिब ८० प्रतिशत चिया भारत र २० प्रतिशत तेस्रो मुुलुकमा निकासी हुने गरेको देखिन्छ । भारतमा वार्षिक एक करोडको चिया निर्यात हुने गरेको छ । भारतबाहेक जापान, जर्मनी, पाकिस्तान, चेक रिपब्लिक, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलियालगायतका ३१ देशहरुमा निकासी हुने गरेको छ । तेस्रो मुलुकमा जाने मध्ये पनि ६० प्रतिशत जर्मनी र बाँकी अरुहरु देशहरुमा निर्यात भइरहेको देखिन्छ । नेपालको उत्पादन सन १९९० तिर पहिलो पटक नेपालको चिया तेस्रो देशमा निर्यात सुरु भई युरोपेली देशमा पुगेको अब तिन दशक भइसकेको छ । तर त्यतिबेला नेपालको चिया अर्गानिक भनेर प्रमाणित भएको थिएन । दार्जिलिङ क्षेत्रबाट चिया युरोपमा नपुगेको बेला नेपालको चियाको बजार बढन पर्ने थियो तर बढाउन सकिएन ।

नेपालको सीटीसी र अर्थाेडक्स चिया विश्वका ३१ देशमा निर्यात हुने गरेको छ । पछिल्ला पाँच वर्षमा अर्थात आव वि.सं. २०६८/६९ देखि २०७२/७३ सम्म चिया निर्यातबाट नेपालले १० अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको छ । यसै अवधिमा नेपालबाट भारत तथा तेस्रो देशहरुमा पाँच करोड ५८ लाख किलो चिया निर्यात भएको देखिन्छ । आव २०७२/७३ मा एक करोड ११ लाख किलो चिया निर्यात भएको थियो । आव २०७०/७१ मा एक करोड १४ लाख किलो चिया निर्यात भएको थियो । आव २०६७/६८ मा नेपालबाट चिया निकासी १.५५ अर्बको भारत र समुद्रपारका देशमा निकासी भएको छ । २०६८/६९ मा समुद्रपार र भारतमा १.५७ अर्बको चिया निकासी भएको छ । आव २०६९/७० मा २.०४ अर्बको चिया भारत र समुद्रपारका देशमा भएको छ । नेपालमा उत्पादित चियामध्ये जर्मनीमा ५० प्रतिशत, जापान १५, अमेरिका २५ प्रतिशत, फ्रान्स पाँच प्रतिशत तथा अन्य देशहरु भारत, पोल्याण्ड, चिनलगायतका देशहरुमा निर्यात हुने गरेको देखिन्छ ।

नेपालमा उत्पादित चियाको प्रमाणीकरणको अवस्था :- नेपालमा चियाको गढ मानिने चिया बालीमा विषादी लाख टन झापामा र चिया खेती हुने अरु जिल्लाका चियाबालीमा घातक विषादीको प्रयोग अझै कम भएको छैन भनिन्छ । चिया बालीमा यस्ता विषादी प्रयोग भएका मुख्य जिल्लाहरुमा काभे्र, चितवन, सप्तरी र सिरहा छन् । चिया बालीको संक्रमण कम गर्ने बहानामा किसान र व्यवसायीले मान स्वास्थ्यका लागि निकै घातक मानिएका विषादीहरु खुलेयाम प्रयोग भइरहेछ । यस्तो विषादीको प्रयोगमा सरकारले रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनले सन २००४ मा मानव स्वास्थ्का लागि हानिकारक मानिने थिएन, मोनोक्रोटोफस, सुफोसजस्ता विषादी पूर्णरुपमा प्रतिबन्ध लगाए पनि चियामा यो विषादीकै प्रयोग अत्यधिक पाइएको बताइन्छ । विषादी ऐन २०४८ र नियमावली २०५० मा विषदी बिक्री वितरण गर्नेलाई जरिवानासहित दण्ड गर्ने व्यवस्था छ । तर हालसम्म सरकारी कार्यालयले कसैलाई पक्राउ गरी कारबाही गर्न सकेको देखिँदैन । विषादी जफत गरेको रकर्ड नेपालमा अहिलेसम्म भेटिएको छैन । इलामका अर्थोडक्स चिया उत्तपादन गर्ने किसानले युरीया, डीएपी र पाोटासलाई मात्र मिलाएर चियालाई हाल्ने गरेका छन् । सरकारले २०६९ मा मल आपूर्ति तथा वितरण व्यवस्थापन जिल्लास्तर कार्यविधि जारी गरेर चिया किसानलाई मल दिन प्रतिबन्ध नै लगाएको थियो । चियामा बढदो विषादी प्रयोगका कारण भारतसहितका बाह्य बजारमा नेपाली चियाको पहिचान विग्रन सक्ने सम्भावना पनि देखिन्छ । तर नासा, स्विजरल्याडस्थित इन्टरनेशनल मार्केटोलोजी अर्गनाइजेसन (आइएमओ) र जरमनीको सर्टिफीकेट अफ इभारोन्मेण्टल स्ट्यान्डर्ड (केरस) जस्ता विश्वप्रसिद्ध आधिकारिक निकायले नेपाली चियालाई अर्गानिक प्रमाणित गरेका छन् । जैविक प्रमाणीकरण गरिएका किसानलाई नासाले प्रमाणपत्रसमेत उपलब्ध गराइसकेको छ । नेपालमा अर्गानिक प्रमाणीकरण हुने भए पनि विश्वका सबै देशका व्यापारीले त्यसलाई मान्यता नदिँदा प्रमाणीकरण गर्न व्यापारीको बढी खर्च लागेको बताउँदछन् । स्मरण गराइन्छ कि अर्गानिक प्रमाणीकरण गराउनुअघि नै नेपालको चिया विभिन्न देशहरुमा निकासी भइरहेको छ । अर्गानिक सर्टिफाइ भएका गोरखा, हिमालयन सांग्रिलालगायतका कारखानाको उत्पादन पश्चिमा देशमा निर्यात हुने गरे पनि अधिकांश ठूला कारखानाको बजार भारत हो । साना चिया कारखानाको भारतीय बजारमा पनि सहज ढंगले चिया चिया पु-याउन नसकेपछि गुणस्तर सुधार गर्दै पश्चिमा बजारलाई लक्ष्य बनाएका हुन् । स्पेसालिटि टी निर्माणका लागि सबै साना कारखानामा प्रयास हुँदै आएको छ । पहाडी जिल्लाका चिया परीक्षणमा गुणस्तरीयता देखिएपछि उत्पादित चियाको माग ठूलो परिमाणमा आएको छ । तर उत्पादन भने निराशाजनक रहँदै आएको छ। बताइन्छ कि डेनमार्कका व्यवसायीले वार्षिक ३० हजार टन चियाको माग गरेका छन् ।

चियाको मूल्य :- नेपाली चिया कारखानाहरुबाट वार्षिक करोडौँ मूल्यको चिया उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित चियाको मूल्य प्रतिकेजी छ सयदेखि सात हजार रपैयाँ रहेको देखिन्छ । तर उलङ चिया प्रतिकिलो ५० देखि ७० दिइएको छ । चिया खेती भएको एक जिल्लामा सरदर करिब १४ हजार हेक्टर क्षेत्रफलमा चिया खेती भई प्रत्यक्ष–अप्रत्यक्ष गरी ५० हजार जतिले रोजगार पाएका छन् । चिया खेती भएका एक जिल्लामा बढीमा २६ चिया कारखाना छन् । झापा जिल्लाबाट मात्र देशको बजारमा निकासमात्र वार्षिक सरदर एक अर्ब ५० करोडको रुपैयाँको समाहित हुने गरेको देखिन्छ । नेपालका जिल्लामा सीटीसी र अर्थाेडक्स चियाको उत्पादन हुने गरेको छ । सीटीसी चियाको मूल्य विगत १५ वर्षदेखि बढ्न सकेको छैन । चिया बगानबाट हरियो पत्ती टिप्ने समयमा मूल्य निर्धारणका लागि उद्योगी र किसानबीच हर वर्ष किचलो हुन्थ्यो । उद्योगीले लागत मूल्यभन्दा कम भाउ निर्धारण गरेको र भुक्तानी पनि वर्षौंसम्म नदिएको भन्दै किसानले आन्दोलन गर्नु पर्दथ्यो । तर पछिल्लो समयमा यो अवस्थामा परिवर्तन आएको छ । साना किसान अब आफैं उद्यमीका रुपमा परिणत भएका छन् । पहिले प्रतिकिलो १५ देखि २० रुपैयाँमा बिक्री नहुने अब ५० देखि एकसय रुपैयाँमा बिक्री हुन थालेको छ। यसअघि ठूला उद्योगले साना किसानलाई विजोग बनाउँदै आएका थिए ।

समस्या तथा सुझावहरु :- खुला सीमानाका कारण नेपालको चिया अनौपचारिक नाकाबाट भारत निकासी हुने र यही चिया भारतको दार्जिलिङका नामबाट प्याकेजिङ गरी नेपालको चिया विदेशमा निर्यात हुने गरेको बताइन्छ तर यस्तो कार्य अथवा अवैध नेपालमा उत्पादित चिया भारतमा निकासी हुनमा रोक्न सक्नु पर्दछ । आव २०७४/७५ मा नेपालमा १२ करोड आठ लाख चिया आयात भएको बताइन्छ । बाह्य बजारमा नेपाली चियाको निर्यात बढाउने विभिन्न उपाय गरिरहँदा चियामा चाहिने आवश्यक प्रविधिमा कमजोर देखिएको छ । माटो परीक्षणदेखि प्रशोधन,टेस्टिङ र प्याकेजीङसम्ममा आवश्यक पर्ने प्राविधीय ज्ञान र सामग्रीको पहुँच कृषकस्तरसम्म पुगेको देखिँदैन । नेपाली चियाको लोगो बाह्य बजारमा कार्यान्वयन भइरहेको अवस्थामा चिया उत्पादन क्षेत्रका उत्पादनलाई पनि सोहीअनुसार प्रविधिको प्रयोग आवश्यक छ । आर्थिक समृद्धिका लागि आधार बन्न सक्ने चियालाई बेवास्ता गर्नु विडम्बना रहँदै आएको छ । भारत, बंगलादेश, केन्याजस्ता देशमा चिया क्षेत्रलाई राज्यले नै संरक्षण दिएर अगाडि बढाएका छन् । भनिन्छ नेपालमा चिया विकासमा व्यक्तिगत लगानी र मिहिनेतबाहेक सरकारी आवश्यक सहयोग छ । चियाको क्षेत्रमा हालसम्म सरकारी पक्षबाट ठोस लगानी हुन सकेको छैन । निजी क्षेत्रको चियामा लगानी बढी देखिन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै