logo

नेपालका जाति भाषा र पर्व – ९

 

शिरिष अर्ज्याल
किराँतहरुका बारे इतिहासमा मात्र होइन हिन्दूहरुका धार्मिक ग्रन्थ, पुराण आदिमा पनि वर्णनहरु पाइन्छन् । यस्तै हिन्दूहरुका पवित्र धार्मिक ग्रन्थमा वर्णित किराँतहरुका प्रसंगले किराँत जातिहरुको हिन्दू आर्य तथा भारतवर्षका जातिहरुसँगका सम्पर्कहरुबारे पनि स्पष्ट पार्दछ । धार्मिक ग्रन्थ महाभारतमा सौमर वंशी किराँतहरुका कामरुप राज्य स्थापना गरेको कुरा पनि बुझिनमा आउँछ । किराँत वंशावलीअनुसार तीन वंश देखाइएको काशीगोत्र अर्थात् काशीवंशी, ताइस्यान वंशी तथा लासावंशीमध्ये लासावंशीको सम्बन्ध सौमर वंशी किराँतहरुसँग रहेको कुरा पनि बुझिनमा आउँछ । धार्मिक कथनअनुसार सौमर वंशीका राज्यमा आर्यहरुको आगमन हुँदा वा त्यसभन्दा पनि अघि नरकासुर भन्ने राक्षसले सौमरवंशीहरुलाई खुब सताए भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । सौमरवंशीहरु त्यस राक्षसबाट पीडित भई सम्पूर्ण किराँतहरुले यो देश वा राज्य छाडेर समुद्रपार गए भन्ने उल्लेख पाइन्छ तर हिन्दू धार्मिक ग्रन्थलाई छोडेर हेर्ने हो भने पनि किराँत वंशावलीअनुसार ती सौमरवंशीहरु उत्तर–पूर्वको बाटो लिई पूर्वी तिब्बतको बाटो हुँदै तिब्बतको खाम (मन्या) भन्ने स्थलमा गई आवाद हुन गएछन् ।

खाम (मन्या) भन्ने त्यस बासस्थानमा राज्य खडा गर्न पुगेका सौमरवंशी किराँतहरुका सन्तानमा धेरै कालपश्चात् एक राजा भए । यिनका दुई छोरामध्ये जेठालाई राजा नबनाई यिनका मन्त्रीहरुले कान्छालाई राजा बनाइदिए छन् । भाइको अधीन बस्न नसकी जेठाले आफ्ना मान्छेहरुलाई लिई दक्षिणतर्फ लागेपश्चात् यिनी र यिनका अनुयायीहरुका परिवार चापाजोङ भन्ने स्थानमा आइपुगेछन् । विभिन्न स्थान हुँदै उनीहरुले पूर्वी नेपालको क्षेत्र तापलिङजोङमा आई पहिले देखिएका काशीवंशी किराँतहरुसँग मिसिन पुगेछन् । पछि गई त्यही तापलिङजोङ शब्दबाट ताप्लेजुङ क्षेत्रका रुपमा परिचित हुनपुगेछ । मुख्यतया काशीवंशी किराँतहरु भन्नाले पश्चिम डोटीदेखि पूर्व इलामसम्म फैलिएका किराँतहरु हुन् जुन वंशलाई किराँत वंशावलीमा ‘खाम्बोङबा’ भनेर भनिएको छ । यसैगरी लासावंशी किराँत जो ताप्लिङजोङमा राज्य खडा गरी अन्य काशीवंशी किराँतहरुका पनि शासक बन्न पुगेका थिए । तिनका वंशमा माबोहाङ भन्ने किराँत प्रदेशका शासक जन्मिए । यिनै माबोहाङले आफ्ना सम्पूर्ण प्रजाहरुलाई ‘युनाधर्म’ भन्ने धर्म प्रतिपादन गरी सिकाए जसलाई ‘यासोकेमी धर्म’ भनेर पनि भनिन्छ ।

यासोकेमी धर्म किराँत समाजमा अझै पनि प्रचलित छ । माबोहाङ राजाको पश्चात् पाचौँ पुस्ताको समयमा फेरि अर्को जत्था तिब्बतको चाङ प्रदेशबाट काटक लामा भन्नेको नेतृत्वमा यस भेकमा आइपुगे । उनीहरु पूर्वी नेपालको सोभायाखोलाको हिदाङनायाम्फू भन्ने स्थानमा आवाद भई तिनको शाखा सन्तानहरु फैलिनथाले । उनीहरुका सन्तानहरुमध्ये कोही तामाकोशीको तिरैतिर त कोही सुनकोशीतर्फ फैलिनथाले भने उनीहरुकै एक शाखा पूर्वतर्फ लागी सिक्किमसम्म फैलिन पुगे र बस्नथाले । जहाँ पछि भुटानबाट एउटा भिन्न जाति आई उनीहरुलाई धपाइदिएकाले सिक्किम टिष्टा नदीको छेउका विभिन्न स्थानमा बस्न लागेछन् । सोही हुनाले सिक्किमका प्रवासी किराँतहरुलाई त्यहाँका पुराना बासिन्दाहरुले चाङ प्रदेशबाट आएका हुन् भनी चोङ नामले सम्बोधन गर्ने गर्छन् । यस प्रकार किराँत वंशावलीअनुसार लासावंशीहरुलाई ताङसाङथा वंश भनेर भनिएको छ । यसैगरी किराँत वंशावलीअनुसार काशीवंशी सौमरवंशका किराँती नेताहरुले नेपाल उपत्यकाको खाल्डो, डोटी, पाल्पा, जिरी, रावा प्युठान लगायतपूर्वी भोजपुर, इलाम मुरवोराङ्ग वा मोरङ्गजस्ता देशहरुमा पनि फैलिई आ–आफ्नो राज्य खडा गरी शासन गर्न सुरु गरेछन् । नेपाल खाल्डो वा नेपाल उपत्यकामा यलम्बरको नेतृत्वमा पूर्वतर्फबाट चढाइ गरी सौमरवंशका काशीवंशी किराँतीहरुको राज्य सुरु भयो भने पाल्पामा अतिमल भन्ने किराँती राजाले राज्य गरेको उल्लेख पाइन्छ ।

धेरै पुस्तापश्चात् अर्थात् शताब्दीयौँ पश्चात् भारतवर्षका एक राजा श्री शालिवाहनले शकहरुलाई हिन्दुस्तानबाट हराएर धपाउँदा उनीहरुमध्ये धेरै पहाडी भू–भागतर्फ उक्लिएर त्यहाँ उनीहरुले ताइस्यानवंशीहरुलाई हराई शासन गर्नथाले । ती शकहरुका जालझेल तथा कडा नीतिनियम एवं अत्याचार सहन नसकी धेरै ताइस्यानवंशी तथा काशीवंशी किराँतहरु पूर्वतर्फ लागि आफ्ना पूर्वजनका सन्तान ताइस्यानवंशी किराँतहरुसँग मिसिनपुगे । यस्तै पश्चिम पहाडी भू–भागहरुबाट पहिले आफूहरुद्वारा विजित राज्यहरु बाजहाङ्ग (बझाङ) डोटी, बलिहाङ्ग सह्राङ्गलगायत आ–आफ्ना सरदारहरुका नामबाट राखिएको नामका राज्यहरु छाडी पूर्वतर्फ लाग्न बाध्य भए । त्यहाँ पश्चिमतर्फबाट अर्थात् कुमाउ गढवालभन्दा पनि धेरै पश्चिमी पहाडी भू–भागबाट खसहरुको पनि आगमन हुनथालेपश्चात् यसैगरी दक्षिणतर्फबाट अर्थात् गंगा, यमुनाका मैदानी, भू–भागहरुबाट मुसलमान आक्रान्ता लडाकुबाट बचेका ब्राह्मण तथा युद्धमा हाइका राजपुत आर्यहरु र शकहरुको पनि आगमनपश्चात् हालको पश्चिमी नेपाललगायत कुमाउ, गढवाल तर्फबाट तथा नेपालको पश्चिमी भू–भागहरुबाट धेरै किराँती सददार तथा उनीहरुका समूह पूर्वी नेपालतर्फ बढ्दै कालान्तरमा पूर्वी क्षेत्रका पहाडहरुका ताइस्यानवंशी किराँतहरुसँग मिसिनपुगे ।

पश्चिम नेपालका अधिकांश भू–भाग खसहरु तथा हिन्दुस्तानबाट आएका आर्य तथा केही शकहरुको शासित राज्यहरु बन्नपुगे । यसै प्रकार पश्चिम नेपाललगायतका धेरै भू–भागहरुका विभिन्न स्थानमा धेरै संख्यामा काशीवंशी किराँतहरु यथावत् बसिरहे । उनीहरुमध्येका पनि केही खसहरुसँग पनि मिसिन पुगी मतवाली खस वा पावई खस बन्नपुगे भने त्यसभन्दा पनि अघिको समयमा कुमाउ गढवालतर्फका किराँतहरु पनि केही संख्यामा खसहरुसँग सम्बन्ध बनाई मिसिन गए । काशीवंशी सौमरवंशका किराँतीहरुले पूर्वीलगायत पश्चिम नेपालका विभिन्न स्थानहरुमा पनि राज्य खडा गरेका थिए । हाल पश्चिम नेपालको पाल्पामा बेनी भन्ने राजाका पालामा खिवा नाम गरेका एक जना व्यक्तिले आफ्नो दल तयार पारेर राजविद्रोह मच्चाएछन् । राजगुरु नाम दिमी भन्नेले उनलाई सम्झाई बुझाई सहमति गराएर पाल्पाबाट जान बाध्य बनाएछन् । तिखि वा भन्ने व्यक्तिले पूर्वस्यानपुर (चैनपुर) आई त्यहाँ शासन गरिरहेका ताइस्यानवंशी राजा वा सरदारहरुमध्ये दुई राजालाई उक्साई पाल्पामा हमला गर्न सहमत गराएछन् । ती दुई राजा वा सददारले आफ्ना फौजका साथ पाल्पामा चढाइ गरी युद्ध गर्दा पाल्पाका राजा बेनीमा मारिएछन् ।

यसपश्चात् एउटाको राज्य पाल्पा भएछ भने अर्कोको राज्य तेन्हाङ्ग अर्थात् हालको तनहुँलगायत क्षेत्रमा अधिकार भएछ । उनीहरुले विस्तारै विस्तारै छेउछाउका गाउँले राजाहरुमाथि पनि विजय प्राप्त गरी बाजहाङसम्म आफ्नो राज्य विस्तार गरेछन् । यसैगरी पूर्वका काशीवंशी सौमरवंशका किराँती राज्यका सरदारहरुमध्येका एक जना सरदार यलम्बरले पूर्वतर्फबाट नेपाल खाल्डो अर्थात् हालको काठमाडौँ उपत्यकामा चढाइ गरी आफ्ना फौजका साथ विजयी भएछन् । उपत्यकामा किराँतीहरुको आगमनपश्चात् नै नेपाल खाल्डो अर्थात् उपत्यकामा किराँतकाल वा किराँतवंश प्रारम्भ भएको कुरा धेरै इतिहासकारहरुले प्रमाणित गर्न खोजेका छन् ।                   (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५/७६ को चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन...

पुस्तक समीक्षाः ‘ह्युमन राइट्स ह्युमन रङ्स’

कूटनीतिज्ञ शम्भूराम सिंखडाले मानवअधिकारको क्षेत्रमा आफ्नो कूटनीतिक जीवनमा सम्हालेका कार्यभार र सँगालेका...

अमरगढी किल्लाका हतियार बेपत्ता

सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै