logo

बामदेवका लागि रामवीरको राजीनामा

काठमाडौं, असोज २३। नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतम सांसद बन्ने पक्का भएको छन् । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमका लागि सिट खाली गर्ने भएका हुन् ।

सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमलाई काठमाडौँबाट उपनिर्वाचनमार्फत् संसदमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

सांसद मानन्धरले दिएको राजीनामा पत्र सचिवालयमा छलफल भएको थियो । नेता गौतमलाई सांसद बनाउने विषयमा सचिवालयका अन्य नेता सहमत भए पनि रक्षामन्त्री समेत रहेका सचिवालयका सदस्य ईश्वर पोखरेलले भने विरोध जनाएका थिए ।

पोखरेलले यो निर्णय गलत भएको भन्दै पार्टी नेतृत्वलाई सच्चाउन सुझाब दिएका थिए ।

नेकपाको बुधबारको बस्ने सचिवालयकोे बैठकले औपचारिक निर्णय गर्ने छ । सांसद मानन्धरले राजीनामा दिएको भए पनि अझै केही कुरा मिल्न बाँकी रहेको श्रोतले जनाएको छ ।

राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद मानन्धरले पार्टीले निर्णय गरेलगत्तै आफूले राजीनामा दिने बताएका छन्।

‘भोलि केन्द्रीय सचिवालयको बैठकले यस सम्बन्धी निर्णय गर्ने संकेत पाएको छु’ सांसद मानन्धरले भने, ‘पार्टीको निर्णयपछि सभामुखकहाँ गएर राजीनामा बुझाउनेछु।’

सांसद मानन्धरका भनाईमा, नेकपाले प्रत्येक सांसदबाट पहिले नै राजीनामा पत्र लिएको छ। ‘मैले त्यही राजीनामा स्वीकृत गर्नमात्र भनेको छु’ मानन्धरले भने, ‘त्यसबाहेक नेतृत्वसँग अरु केही कुरा भएको छैन।’

यद्यपी, मुलुकको स्थिरता र काठमाडौँ(७ को विकासका लागि गौतमको आवश्यकता रहेको मानन्धरले बताए।

काठमाडौँ(७ छाड्नका लागि आफूले कुनै शर्त नराखेको दावी पनि उनले गरे। तर, पार्टीले आवश्यक ठाने राष्ट्रिय सभा सदस्य र मन्त्री बन्न आफू तयार रहेको उनले बताए।

‘राष्ट्रिय सभाको सदस्यले मन्त्री र उपप्रधानमन्त्रीसम्म बन्न पाउँछ’ उनले थपे, ‘पार्टीले बनाएछ भने उपप्रधानमन्त्री पनि बनौँला।’

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

डच वातावरणविद् गोर्खा इको प्यानलमा

नेदरल्याण्डका वातावरणविद् मानित जाउलोले बिहीबार भक्तपुरस्थित गोर्खा इको प्यानल पुगेर कारखानाको अवलोकन भ्रमण...

ख्वप इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच समझदारी

ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरले इन्जिनियरिगको अध्यापनका साथै अनुसन्धानलाई पनि थप प्राथमिकतामा...

विद्यालयमा अन्नदान कार्यक्रम

ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती विद्यालयको मदर टेरेसा सोसल सर्भिस क्लबसम्बद्ध विद्यार्थीहरुले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै