logo

खडेरीको सामना गर्न कृषि बालीको विविधिकरणमा जोड

काठमाडौँ, असोज २३
कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधिकरण आवश्यक रहेकामा जोड दिइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोड द्वारा यहाँ आयोजित खाद्य सुरक्षा र कृषिको नीतिगत तहमा भौगोलिक अन्वेषण र जलवायुको सेवासम्बन्धी तीनदिने क्षेत्रीय सम्मेलनमा यस क्षेत्रका विज्ञहरुले सो धारणा व्यक्त गरेको हुन् । उनीहरुले दक्षिण एशिया र दक्षिण पूर्वी एशिया क्षेत्रमा खाद्य सुरक्षा र कृषिको मुख्य चुनौती खडेरी भएको र यससँग जुझ्ने उपायका सम्बन्धमा भएका अनुसन्धानको बारेमा प्रस्तुति गरेको छन् । कार्यक्रममा विज्ञहरुले सुख्खायाममा हुने खडेरीको समाधानका लागि पूर्वतयारी र सोही अनुसारको कृषि प्रणालीमा विविधीकरण गर्न सकिने बारेमा सुझाव दिएको छन् । सम्मेलनमा खडेरीसँग जुध्न तत्कालीन र दीर्घकालीन समाधानको उपायका साथै पूर्व तयारीका बारेमा समेत विभिन्न सत्रमा छलफल भइरहेको इसिमोडको ‘सर्भिएर’ कार्यक्रमका संयोजक वीरेन्द्र बज्राचार्यले बताए। सम्मेलन खडेरीबाट जुध्न वैज्ञानिक तरिकाले अध्ययन गर्ने र नीतिगत सरकारी निकायलाई सुझाव दिने उद्देश्यले आयोजना गरिएको हो । सम्मेलनमा अनुुसन्धानकर्ताले खडेरीको सामना गर्न अन्तरिक्षमा आधारित तथ्याङ्कको प्रयोग र उपयोगिताको आवश्यक रहेकामा जोड दिएको छन् । मुलकबीच आपसी सहयोग र समन्वयका बारेमा पनि छलफल भएको छ । यही असोज २२ देखि २४ सम्म चल्ने सम्मेलन मुख्य रुपमा यस क्षेत्रका सूचना सङ्कलन, आदानप्रदान र उपयोगमा लाभदायी हुने आयोजकको अपेक्षा छ । नासा, युएसआइडीलगायत निकायको सहयोगमा भएको सम्मेलनमा १५ देशका १०० भन्दा सम्बन्धित सरकारी अधिकारी, अनुसन्धानकर्ता, वैज्ञानिक, विश्वविद्यालयका पदाधिकारीलगायतको उपस्थिति छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै