logo

एशिया कप छनोटः नेपालबाट भुटान पराजित

काठमाडौँ, असोज २३
मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र मलेसियालाई आठ आठ विकेट तथा थाइल्याण्डलाई १४० रनले पराजित गरेको थियो । जीतसँगै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपालले एशिया छनोटको दोस्रो चरण पक्का गरेको छ । नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ । छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । त्यस्तै एशिया छनोटबाट शीर्ष दुई टोलीले सन् २०२० मा अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको थियो ।

जवाफमा भुटान १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमा सीमित भयो । भुटानका लागि तेञ्जिङ वाङ्चुक जुनियरले सर्वाधिक ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । त्यस्तै सञ्जीवन गुरुङले ६ तथा रमेश गुरुङले ४ रन जोडे । नेपालका ललितनारायण राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने वसन्त रेग्मीले दुई तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १५० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै अनिलकुमार साहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ तथा करण केसीले ११ रनको योगदान दिए । भुटानका जिग्मी सिङ्गे, सञ्जीवन गुरुङ, थिन्ले र रमेश गुरुङले १–१ विकेट लिए । नेपालले बुधबार चीनसँग प्रतिस्पर्धा गर्नेछ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग पिपीएल टी–ट्वान्टी क्रिकेट...

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल...

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै