logo

तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

तुलसीपुर, असोज २३
जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ । अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको छ भने बाँकी ३०० हेक्टरमा पनि छिट्टै नै हिउँदे मकै खेती हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ मकै सुपरजोन लमही दाङले जनाएको छ । कार्यालयका कृषि अधिकृत पीताम्बर बस्नेतका अनुसार अहिले लमही नगरपालिका र राप्ती गाउँपालिकामा हिउँदे मकै रोपी सकिएको छ । गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा हिउँदे मकै खेतीको तयारी थालिएको उनले बताएका छन् । परियोजनाले चालू आवदेखि गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्रम विस्तार गरेको हो । जिल्लामा मकै उत्पादन बढाएर आयातलाई रोक्ने लक्ष्यसाथ परियोजनाले काम गरी रहेको अधिकृत बस्नेतले बताए ।

वसन्त तथा हिउँदको समयमा मकैको उत्पादनमा समेत तीन गुणा बढ्ने उनको भनाइ थियो । उत्पादनमा वृद्धि हुने भएपछि यो खेतीमा कृषक आकर्षित भएका छन् । यो समयमा हरियो मकैसमेत सहजरुपमा बिक्री हुने गरेको छ जुन अन्य समयमा भन्दा महँगो पर्छ । एक कट्ठामा करीब दुई हजार २०० घोगा मकै हुने गरेको बस्नेतले बताए। जिल्लामा तीन बाली मकै खेती गरिने परियोजनाले जनाएको छ । परियोजनाले उत्पादनको आधारमा कृषकलाई अनुदानसमेत दिने गरेको छ । कृषकलाई प्रविधिको प्रयोग गरी खेती गरेमा प्रतिहेक्टर रु १० हजारका दरले रकमसमेत दिने गरेको छ । अहिले खेती गर्नको लागि जनशक्ति नहुँदा खेतीयोग्य जमीन बाँझो राख्ने गरिएको छ । परियोजनाले मशिन खरीदमा ५० प्रतिशत अनुदान दिने गरेको छ । मकै खेती गरेको स्थानमा सहजरुपमा सिँचाइको सुविधा नभएको स्थानका लागि सिँचाइमा समेत अनुदान दिने गरेको छ । सौर्य उर्जामार्फत सिँचाइ पु¥याउन परियोजनाले ८५ प्रतिशत ब्योहोरी दिने गरेको छ । कृषकले १५ प्रतिशत लगानी गर्नुपर्छ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै