logo

समृद्धिका लागि गुणस्तरीय शिक्षा र शिक्षक

बाबुकाजी कार्की
समाज रुपान्तरण गरी समृद्धि चुम्न दक्ष जनशक्ति उत्पादन गुणस्तरीय शिक्षामा मात्र सम्भव छ । शैक्षिक गुणस्तरलाई उन्नत बनाउन पेसाप्रति समर्पित र जवाफदेही दक्ष शिक्षकको भूमिका अहम रहन्छ । योग्य जनशक्तिलाई शिक्षण पेसामा प्रवेश गराई मर्यादित र प्रतिस्पर्धी बनाउँदै लाने क्रममा शिक्षक सेवा आयोगले आफ्ना गतिविधिहरु निष्पक्ष र पारदर्शी ढंगले अघि बढाइराखेको छ । खुला तथा बढुवाको पदपूर्तिमा मात्र नभएर अध्यापन अनुमति पत्रसमेत परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा देखाएको परिपक्वता प्रशंसनीय छ । शिक्षकको नियुक्ति पश्चातका बाँकी जागिरे जीवनमा उनीहरुप्रति गरिने व्यवहार र उत्प्रेरणाको आकर्षक व्यवस्थापनले बालमैत्री शिक्षण सिकाइ तथा गुणस्तरीय शिक्षाको सुनिश्चततामा निर्णायक भूमिका खेल्दछ । शिक्षकलाई विद्यार्थीको पठनपाठनमा जवाफदेही बनाउँदै पेसाप्रति समर्पणका लागि इच्छाशक्ति जगाउने खालका उत्पे्ररणाको सुविधा अपरिहार्य हुन्छ । यस वर्षको विश्व शिक्षक दिवस, शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चितता योग्यतम शिक्षकको व्यवस्थापनमा मात्र ढुक्क हुन सकिने आशयको आदर्श वाक्यका साथ मनाउने घोषणा युनेस्कोले गरेको छ ।

विश्वका करिब एक सयभन्दा बढी देशमा चार सय एकभन्दा बढी शिक्षकका पेसागत संघ–संस्थाको सहभागितामा मनाइने यस दिवसमा उत्कृष्ट शिक्षकलाई सम्मानका साथै शिक्षा क्षेत्रमा देखिएका जल्दाबल्दा मुद्दाहरुबारे उजागर र बहस गरिने परम्परा छ । युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठनले संयुक्तरुपम शिक्षकहरुको सेवासुविधाको स्तर र आधार घोषणा गरेको दिन ५ अक्टोवर १९६६ लाई आधार मानेता पनि ५ अक्टोवर १९९४ देखि विश्व शिक्षक दिवसको रुपमा मनाउँदै आएको हो । कतिपय देशहरुमा आफ्नो राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरुको योगदानका दिनहरुमा पनि यो दिवस मनाउने गरेको पाइन्छ । नेपाल र भारतमा गुरुपूर्णिमाको दिनमा पनि शिक्षकहरुको सम्मान गर्ने चलन परम्परादेखि चल्दै आएको छ । शिक्षक परिवर्तनको संवाहक हुन् । शिक्षण पेसा सबै पेसाको जननी हो । किनकि शिक्षकले डाक्टर, इन्जिनियर, वकिल, प्रशासक आदि उत्पादन गर्दछन् । तथापि कतिपय अवस्थामा आफैंले जन्माएका पेसाका पदाधिकारीबाट शिक्षक प्रताडित भएको गुनासो स्वयं शिक्षकबाटै सुनिन्छ । यस्तो विडम्बनापूर्ण अवस्थाले शिक्षकमैत्री विद्यालय निर्माणमा तगारोका रूपमा रहेको छ ।

यसप्रकारको नकारात्मक सोचलाई बेलैमा सम्बोधन गर्नु न्यायोचित कदम हो । शिक्षण पेसा निश्चय नै अन्य पेसाको तुलनामा बढी परिश्रम, जवाफदेही तथा समयको महत्वलाई बुझेर व्यवस्थापन गर्नुपर्ने मर्यादित पेसा हो । शिक्षकले एक दिनमा सामान्यतया विभिन्न कक्षाका विभिन्न संस्कार र संस्कृतिमा हुर्केका कम्तीमा दुई सय विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ । अझ प्राथमिक विद्यालयमा त घण्टी बजाउने, झ्यालढोका लगाउने खोल्ने, सरसफाइ गर्ने समेत शिक्षकले नै गर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यालयको अतिरिक्त क्रियाकलाप, बैठकहरू, विभिन्न सरकारी गैरसरकारी संघ–संस्थासँगको सहकार्य बैठक आदिमा सहभागी हुनुपर्ने बाध्यता शिक्षकलाई हुन्छ । यसरी धेरै कार्यबोझले थिचिएका शिक्षकहरू कतिपय अवस्थामा पेसाप्रति निराश भएका छन् । यस्तो विषम परिस्थितिमा शिक्षकमैत्री विद्यालयको अपेक्षा चुनौतीपूर्ण छ । शिक्षकको आधारभूत आवश्यकताको अतिरिक्त थप सुविधाको आकर्षण र ढाढसबाट विद्यालयमा शिक्षकमैत्री वातावरण बनाउन टेवा पुग्छ । शिक्षकलाई शिक्षण पेसाप्रति निष्ठापूर्वक लाग्न उत्प्रेरित गर्न उनीहरूको आवश्यकताको वर्गीकरण गरेर प्राथमिकताका आधारमा उपलब्ध गराउनुपर्दछ । बालमैत्री विद्यालय बनाउने गहन दायित्व बोकेका शिक्षकहरूका लागि विद्यालयमा शिक्षकमैत्री वातावरण छ त ? अध्ययनको विषय बन्नुपर्दछ । शिक्षकका पेसागत संस्थाहरूले पटक–पटक पेसागत हकहितका लागि गर्ने आन्दोलनलाई समयमा नै सम्बोधन कसरी गर्न सकिएला ? नीति निर्माताहरूको चिन्ताको विषय बन्नुपर्दछ ।

शिक्षकले आफ्नो पेसागत सुरक्षा र मर्यादाको दिगो सुनिश्चित महसुस गर्न राज्यले शैक्षिक नीति नियममा के के कुरामा परिमार्जन गर्नुपर्ला ? नीति निर्माताहरू गम्भीर हुनुपर्दछ । शिक्षकमैत्री विद्यालय बनाउन विद्यालय व्यवस्थापन समितिले के कस्तो नीति र रणनीति अवलम्बन गर्नुपर्ला ? शिक्षाविद् तथा सरोकारवालाले आपसमा छलफल गरी अनुभव र सिद्धान्तलाई समायोजन गरी व्यावहारिक निष्कर्षमा पुग्नु सार्थक निकास हुन्छ । शिक्षकमैत्री विद्यालयमा मात्र बालमैत्री वातावरणको परिकल्पना यथार्थमा फस्टाउन सक्छ । तसर्थ शिक्षकले आफ्नो योग्यता र क्षमतालाई विद्यालयमा सहजतापूर्वक प्रदर्शन गर्ने खालको शैक्षिक, भौतिक तथा मानवीय वातावरणको चुस्त दुरुस्त व्यवस्थापन अपरिहार्य हुन्छ । विद्यालयको व्यवस्थापन र सञ्चालनमा शिक्षकको सक्रिय सहभागिताले विद्यालयको प्रगतिमा अर्थपूर्ण योगदान पुग्दछ । शिक्षकमैत्री विद्यालय बनाउन विविध पक्षहरूमा ध्यान दिनुपर्दछ । शिक्षण सिकाइ क्रियाकलाप शिक्षक, पाठ्यक्रम र विद्यार्थीबीचको सन्तुलित त्रिकोणात्मक सम्बन्धमा मात्र अर्थपूर्ण हुने यथार्थ हो । विद्यार्थी र पाठ्यक्रमबीच रोचक र जीवन्त सम्बन्ध कायम राख्ने प्रमुख दायित्व शिक्षकको हो । शिक्षकको योग्यता, क्षमता र पेसाप्रतिको समर्पणले पाठ्यक्रमको मर्म र विद्यार्थीको चाहनाबीच समन्वयमा उत्साहजनक गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन सकिन्छ । गुणस्तरीय शिक्षारूपी डुंगाको बहना शिक्षकको हातमा हुन्छ । सावधानीपूर्वक शिक्षकले बहना राम्रोसँग खियाउन नसकेमा विद्यार्थीको भाग्य र भविष्य डुब्छ, चौपट हुन्छ ।

अतः सामाजिक, आर्थिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउन शिक्षकको अन्य पेसाभन्दा कम जिम्मेवारी र जवाफदेहिता छैन । भनाइ पनि छ, समाजमा आकर्षक पेसा मानिएको एक जना डाक्टरले गल्ती गर्दा एक जनाको ज्यान जान सक्छ, एक जना इन्जिनियरले गल्ती गर्दा भवन पुल भत्केर दुर्घटना परी केही मानिसको जीवन जोखिम पर्न सक्छ । तर एक जना शिक्षकले गलत शिक्षा दिएमा एक पुस्ताको भाग्य र भविष्य नै तहसनहस हुन्छ । अन्तत देशको उन्नति प्रगतिमा गम्भीर आघात पुग्दछ । तसर्थ कुनै पनि अर्थमा शिक्षण पेसालाई कम आँक्नु अपरिपक्व र अदूरदर्शी सोच हो । नेपालका शिक्षकहरुको समस्या अन्य देशको भन्दा खासै भिन्न पाइँदैन। योग्य शिक्षकको नियुक्ति, विभिन्न हैसियत र सेवासुविधा प्राप्त गर्ने १८ थरी शिक्षकको अस्तव्यस्त व्यवस्थापन, शिक्षक तालिमको सान्दर्भिकता, विषयगत तालिम प्राप्त शिक्षक उपलब्धता र चरम राजनीतिकरण आदि शिक्षक व्यवस्थापनमा नेपालमा देखिएका जल्दाबल्दा मुद्दाहरु हुन् ।

नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक, शिक्षासँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारी घोषणालाई साकार पार्न गुणस्तरीय जीवनोपयोगी शिक्षाको सुनिश्चितता पहिलो शर्त हो । शिक्षकको योग्यता, क्षमता र दक्षता जाँच्ने कसी विद्यार्थी उपलब्धिस्तर नै हो । शिक्षकले आफूले पढाउने विषयको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण विधिबारे गहिरो अध्ययन र रुचि हुनुपर्दछ । शिक्षकले अध्ययन गरेर विशेष दखल हासिल गरेको विषयमा मात्र पढाउने व्यवस्था हुनुपर्दछ । विद्यमान प्रावधानअनुसार प्राथमिक तहका शिक्षकले सबै कक्षामा सबै विषय पढाउने अवधारणालाई अंगीकार गरेको छ । शिक्षाको जगको रूपमा रहेको प्राथमिक तहको पठन–पाठनलाई विशेष महत्व दिनुपर्दछ । अतः शिक्षाको जगलाई मजबुत बनाउन सबभन्दा योग्यतम जनशक्तिलाई प्राथमिक शिक्षकमा नियुक्ति गर्नुपर्दछ । साथै शिक्षकलाई विषयगत विशेषज्ञताबाट सुसज्जित मात्र नगरेर उनीहरूलाई उच्च मनोबलका साथ पेसाप्रति समर्पित हुन उत्प्रेरित गर्नुपर्दछ । शिक्षक तालिम शिक्षक र विद्यार्थीको आवश्यकता र पाठ्यक्रमको मर्मलाई आत्मसात गरेर तर्जुमा गरिनुपर्दछ । त्यस्तै बालमैत्री शिक्षणविधि अपनाउन आवश्यक ज्ञान, सीप र पर्याप्त शैक्षिक सामग्रीहरूको उपलब्धता भएमा शिक्षकले धक फुकाएर रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न उत्सुक हुन्छन् ।

बालबालिकाले घर परिवार साथीभाइ समाज तथा विभिन्न सञ्चारका माध्यमबाट विज्ञान र प्रविधिमा भएका पछिल्ला जानकारी प्राप्त गरिसकेका हुन्छन् । उनीहरूले प्राप्त गरेका जानकारीको जीवनोपयोगी प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे आवश्यक ज्ञान सीप र अभिवृद्धि प्रदान गरेर विद्यार्थी, अभिभावक, समुदायलगायत सरोकार पक्षको आस्था र विश्वास जित्न शिक्षकले आफू निरन्तर नवीन ज्ञान र सीपबाट सुसज्जित हुनुपर्दछ । निरन्तर अध्ययन गरिराख्ने भएकाले शिक्षक कहिल्यै बूढो हुँदैन । आफ्नो शिक्षणबाट शिक्षकमैत्री विद्यालय बनाउन विद्यालयसँग प्रत्यक्ष परोक्ष सरोकार राख्ने खासगरी विद्यार्थी, अभिभावक र समुदायलगायतका संघ–संस्था र पदाधिकारीहरूको निरन्तर सकारात्मक सल्लाह सुझाव अपरिहार्य हुन्छ । शिक्षकले पनि आफ्नो योग्यता क्षमतालाई निरन्तर परिमार्जन र परिष्कृत गर्न प्राप्त सुझावलाइ सदाशयपूर्वक ग्रहण गर्न हिचकिचाउनु हुँदैन । सुझावको आवश्यकता र औचित्यका आधारमा मार्गदर्शनको रूपमा अवलम्बन गर्नु बुद्धिमत्तापूर्ण काम हो । अतः विद्यालय शिक्षकमैत्री बनाउनका लागि विद्यार्थी, अभिभावक, समुदायसमेतका सुमधुर र सौहाद्र दिगोमैत्री सम्बन्ध हुनु पूर्वसर्त हो । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रित जिम्मेवारी आदिले विद्यालयप्रति अपनत्व भावनाको विकास भई मैत्रीपूर्ण वातावरण सिर्जना गर्न टेवा पुग्छ ।

अन्तमा परम्परागत प्रविधि र प्रवृत्तिमा परिमार्जन परिष्कृत गर्दै बासी विषयवस्तुको सट्टा समयको माग तथा विद्यार्थीको रुचि क्षमता र आवश्यकता एवं चाहनाअनुसार नवीनतम साजी वा ताजा विषयवस्तु तथा शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा र प्रयोग सौहार्द्र वातावरण भएमा बालबालिका विद्यालयबाट भागेर घरमा होइन घरबाट भागेर विद्यालयमा जान्छन् । जसलाई सफल शिक्षक तथा बालमैत्री विद्यालयको महत्वपूर्ण सूचकको रूपमा लिन सकिन्छ । सचेत अभिभावक, समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्थी एवं शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेका व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापकलगायत सरकारी निकायका पदाधिकारीहरूको सहकार्य, सहमति, समन्व, समझदारी, सद्भाव, समन्वय र समीक्षामा मात्र शिक्षक तथा बालमैत्री विद्यालय फस्टाउन सक्ने यथार्थ हो ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...

शान्तिको पहिलो दस्तावेज हो वेद

वैदिक ग्रन्थ, जो वैदिक धर्म वा हिन्दू धर्मको आधारस्तम्भ मानिन्छ, शान्तिको निम्ति विश्वकै पहिलो दस्तावेज हो...

समृद्धिका लागि इन्जिनियरहरुको कठिन यात्रा

वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडि बढेको छ तर समृद्धि कसरी आउँछ, कसले बनाइदिन्छ, समय...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै