logo

तथ्याङ्कमा देखिएको अर्थतन्त्रको डरलाग्दो तस्बिर

नन्दलाल खरेल
सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको छ । यो नारालाई सार्थक बनाउन अर्थतन्त्रका परिसूचकहरुलाई बलियो बनाउनुपर्छ । यद्यपि यस्ता परिसूचकहरु नकारात्मक दिशामा गइरहेका छन् । व्यापारघाटा अहिलेसम्मकेै उच्च विन्दुमा पुगेको छ । कृषिजन्य वस्तुहरुको आयातको तथ्याङ्क डरलाग्दो छ । हाम्रा उत्पादित वस्तुहरुको निर्यात अत्यन्त कमजोर छ । सरकार पुँजीगत खर्च गर्न अत्यन्त असफल भएको छ । समयमै पुँजीगत खर्च गरेको तथ्याङ्क एकदमै कमजोर छ । जिडिपिमा औद्यौगिक क्षेत्रको योगदान अत्यन्त कमजोर छ भने कृषि क्षेत्रको योगदान क्रमशः खुम्चदो अवस्थामा छ । अनि कसरी हुन्छ मुलुक समृद्ध ? कसरी हुन्छौँ हामी सुखी ? के राज्यले तिमीहरु खुसी र सुखी होऔ भनेको भरमा हामी त्यस्तो हुन्छौँ त ? प्रश्नहरु सामान्य भए पनि हृदयस्पर्शी छन् । के अझै हामी जुन जुन शासकहरुले जे जे भन्छन् त्यो पत्याएरै बस्ने हो ? आर्थिक वर्ष २०४९/५० मा मुलुकको व्यापारघाटा २२ अर्ब मात्र थियो भने गत आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६२ अर्ब १० करोड भएको छ । त्यस्तै पछिल्लो एक दशकमा मुलुकको व्यापारघाटा वार्षिक एक खर्बले बढ्दै गएको छ । १० वर्ष अघि एक खर्ब ५४ अर्ब रहेको व्यापारघाटा गत आर्थिक वर्षमा आइपुग्दा ११ खर्ब ६२ अर्ब पुगेको छ ।

यस हिसाबले १० वर्षमा व्यापारघाटा १० खर्बले बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो एक महिनामा मुलुकले एक खर्ब १३ अर्ब ६९ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । पहिलो महिनामै कुल वस्तु व्यापारघाटा ५१ दशमलव एक प्रतिशतले बढेर एक खर्ब १३ अर्ब रुपैयाँ नाघेको हो । तर विडम्बनाको कुरा के छ भने एक महिनामै यत्रो ठूलो डरलाग्दो तथ्याङ्कको व्यापारघाटा व्यहोर्ने हामी नेपालीले निर्यातको अवस्था हेर्ने हो भने ज्यादै लाजमर्दो छ । आर्थिक वर्ष ०७५­/७६ को पहिलो महिनामा कुल वस्तु निर्यात भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव दुई प्रतिशतले बढेर छ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । मुलुक समृद्धतर्फ नजानुको कारण हाम्रो निकासी व्यापार कमजोर हुनु हो । सरकारले अघि सारेको नारा समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन व्यापारघाटालाई न्यूनीकरण नगरी सम्भव छैन । नेपाल कृषिप्रधान देश हो । तर थोरैलाई मात्र थाहा छ कि कृषिमा परनिर्भरताको तथ्याङ्क डरलाग्दो छ । आर्थिक वर्ष २०७४/७५ मा भारत र तेस्रो मुलुकबाट एक खर्ब छ अर्ब ४२ करोड २६ लाख रुपैयाँको प्रमुख कृषिजन्य वस्तु आयात भएको छ । कृषिप्रधान देशको लागि यत्रो ठूलो परिमाणको आयात ज्यादै डरलाग्दो तथ्याङ्क हो । कहिले हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौँ यो गम्भीर बहसको विषय हो । २०४० सालसम्म नेपालबाट भारत र तेस्रो मुलुकमा कृषिजन्य वस्तु निर्यात हुन्थ्यो ।

सरकार आफैं निर्यात कम्पनी खोली किसान तथा व्यापारीबाट अन्न किनी ती वस्तुहरु निर्यात गर्दथ्यो । विगतका राम्रा कामको अनुशरण किन वर्तमान सरकारले गर्दैन ? यसप्रति सरकार गम्भीर हुनुपर्ने हो तर त्यस्तो गम्भीरता देखा परेको छैन । मुलुकमा लोकतन्त्रको पुनस्र्थापनापछि परनिर्भरता घट्ने आशा गरिएको थियो तर संविधानसभाको निर्माणपछि बनेको संविधान र त्यो संविधानअन्तर्गत स्थानीय निकायको निर्वाचन र प्रदेशसभा र संघीय प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा मुलुकमा झन परिनिर्भरता बढेको छ । आर्थिक वर्ष २०५०/५१ मा रेमिट्यान्सको आप्रवाह दुई अर्ब १५ करोड रहेकोमा आर्थिक वर्ष २०७०/७१ मा पाँचखर्ब ४३ अर्ब, आव २०७१/०७२ मा छखर्ब १७ अर्ब, आव २०७२/०७३ मा छ खर्ब ६५ अर्ब आव २०७३/०७४ मा छ खर्ब ९५ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा भने सात खर्ब नाघेको छ । यसले के देखाउँछ भने परनिर्भरताको प्रभाव हरेक आर्थिक वर्षमा बढ्दो छ । हाल दैनिक झन्डै १५०० युवा हरेक दिन विदेशिने गरेका छन् । यसरी युवाशक्ति विदेशिनु राष्ट्रिय हिसाबले राम्रो होइन । मुलुकमा रेमिट्यान्सको प्रभाव उच्च छ तर त्यो सही ठाउँमा सदुपयोग भइरहेको छैन । नेपाल जीवन मापन सर्वेक्षणअनुसार आम्दानीको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुने गरेको छ भने पुँजी निर्माणमा मात्र दुई दशमलव चार प्रतिशत खर्च हुने गरेको छ । यो ज्यादै लाजमर्दो कुरा हो ।मुलुकका शासकहरुले जतिसुकै समृद्धका गफ गरे पनि हाम्रो अर्थतन्त्र छाया अर्थतन्त्रले थलिएको छ । मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भइरहँदा पनि छाया अर्थतन्त्रको आयातन बढ्दो रुपमा छ ।

कुनै पनि राष्ट्रका लागि छाया अर्थतन्त्र बहुआयामिक र चुनौती हुने गर्दछ । विश्वका प्रायः सबै राष्ट्रले छाया अर्थतन्त्रलाई गम्भीरताका साथ लिने गर्छन् तर हाम्रो राष्ट्रको सरकारले सगर्व भन्छ, औपचारिक बरावर अनौपचारिक अर्थतन्त्र अर्थात कुल अर्थतन्त्र मध्ये ५० प्रतिशत औपचारिक र अर्को ५० प्रतिशत छाया अर्थतन्त्रको हिस्सा रहेको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०७२/७३ सम्ममा छ खर्ब १९ अर्ब १४ करोड रुपैयाँ अनौपचारिक आयात भएको छ । प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थतन्त्रलाई छाया अर्थतन्त्रले चुनौती दिएको छ । मुलुक समृद्ध हुन नसक्नुका पछाडिका कारण छाया अर्थतन्त्र प्रमुख रुपमा आएको छ । कुनै पनि राष्ट्रको समृद्धिको लागि उद्योगले एक महत्वपूर्ण भूमिका खेल्छ । आज विकसित कहलिएका मुलुकहरु औद्योगिक विकासको कारण उन्नतिको चुचुरोका छन् । तर औद्योगिक विकास हुन नसक्नाले विकासोन्मुख तथा अतिकम विकसित राष्ट्रहरु विकासको पथमा निकै पछि परेका छन् । अहिलेको साम्राज्यवाद एंव विश्व पुँजीवादले निजीकरण, उदारीकरण र व्यापारीकरणको सिद्धान्त र नीतिले नेपालमा दलाल तथा नोकरशाही पुँजीपतिमार्फत विगत केही वर्षयता मुलुकको अर्थतन्त्रमा औद्योगिक क्षेत्रलाई सङ्कटग्रस्त बनाएको छ ।

औद्योगिक क्षेत्रको योगदान क्रमशः घट्दो क्रममा छ । कुनै समय कुल गार्हस्थ्य उत्पादनको १९ प्रतिशतको हाराहारीमा पुगिसकेकोे नेपालको औद्योगिक क्षेत्रको योगदान हाल पाँच दशमलव ६७ प्रतिशतमा झरिसकेको छ । सरकारको नीतिगत असफलताले मुलुकमा उत्पादनमुलक उद्योगका लागि लगानीमैत्री वातावरण सिर्जना हुन नसक्दा अधिकांश व्यवसायीमा व्यापार प्रतिमोह बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा मुलुकमा ठूला व्यवसायी घरानादेखि उदीयमान व्यवसायीहरु पनि उद्योगभन्दा ट्रेनिङतिर आकर्षित भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आव ०७३÷७४को जीडिपीमा उत्पादन क्षेत्रको योगदान पाँच दशमलव ६५ प्रतिशत मात्रै छ । तर थोक तथा खुद्रा व्यापारको क्षेत्रको योगदान भने १३ दशमलव ५२ प्रतिशत रहेको प्रतिवेदन उल्लेख छ । राज्यको गलत नीतिका कारण उद्योगीहरु उद्योग सञ्चालन गर्न भन्दा व्यापार गर्न जोड दिएसँगै उत्पादनमूलक क्षेत्रको योगदान घट्दै गएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि आम निर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले साम्राज्यवादी र विस्तारवादी मुलुकको इसारामा आर्थिक उदारीकरण र नीजिकरणको नीति लिएपछि औद्योगिक क्षेत्रको अवस्था मुलुकको कमजोर रह्यो । देशका उद्योग धन्दाहरु कौडीको मोलमा निजीकरण गरियो । उनले आफू कुर्सीमा टिक्न जस्तोसुकै राष्ट्रघाती सम्झौता गर्न तयार भए । अझ भारतीय स्वार्थमा नेपालका सबै महत्वपूर्ण उद्योगधन्दा बलिदान गर्ने उनै हुन् । उनकै काल खण्डमा लाखौं भारतीयलाई नागरिता दिने काम भएको हो ।

गिरिजाले अंगीकृत नागरिकता दिएका भारतीयहरु नै बेलाबेलामा मधेसीका नाममा राजनीति र आन्दोलन गर्ने गरेका छन् । राष्ट्रघाती सम्झौता, भ्रष्टाचारका ठूला स्क्याण्डल र दरबार हत्याकाण्ड उनकै पालामा भयो । दुई तिहाइ बहुमत प्राप्त आवरणमा रहेको कम्युनिष्ट सरकारले जनतालाई समृद्धिका ठूला ठूला सपना बाँडे पनि पुँजीगत खर्च गर्न अत्यन्त असफल भएको छ । विगत झण्डै डेढ दशकदेखि पुँजीगत खर्च असाध्यै ठूलो समस्याको रुपमा आएको छ । आर्थिक वृद्धिलाई गति दिने महत्वपूर्ण आधारस्तम्भ हो पुँजीगत खर्च । त्यतिमात्र होइन, पूर्वाधार निर्माणलाई आधार प्रदान गर्ने तथा आर्थिक रुपान्तरणको मार्ग प्रशस्त हुने पनि पुँजीगत खर्चबाटै हो । पुँजीगत खर्चको अवस्थाको ग्राफ निराशाजनक बनिरहेको छ । जसको कारण दीर्घकालसम्म नै यसको नकरात्मक प्रभाव बेहोर्नु पर्ने निश्चित छ । आर्थिक वर्ष २०७५/७६ मा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बजेट विनियोजन गरिएकोमा चालू खर्च आठ खर्ब ४५ अर्ब ४४ करोड छुट्याएको छ भने पुँजीगत खर्च अर्थात् विकास खर्च तीन खर्ब १३ अर्ब ९९ करोड मात्र निर्धारित गरिएको छ । जुन अघिल्लो वर्ष २०७४/७५ को भन्दा कम हो । अघिल्लो आर्थिक वर्षमा तीन खर्ब ३५ अर्ब छुट्याएको थियो । यस वर्षको पुँजीगत खर्च बजेटको २३ दशमलव नौ प्रतिशत मात्र छुट्याएको छ भने चालू खर्च ६४ दशमलव तीन प्रतिशत छ र वित्तीय व्यवस्थापनतर्फ ११ दशमलव आठ प्रतिशत छुट्याइएको छ । पुँजीगत खर्च सुक्दै गएको छ भने चालू खर्च फुक्दै गएको छ । यस्तो अवस्थामा सरकारको समृद्धिको नारा केवल जनतालाई बेकुफी बनाउने कुरा मात्रै हो । चालू आर्थिक वर्ष २०७५/७६ को दुई महिनामा दुई प्रतिशत मात्रै पुँजीगत खर्च अर्थात पाचँ अर्ब ८५ करोड मात्र भएको पाइएको छ ।

अन्त्यमा कुनै पनि देशको समग्र आर्थिक विकासको मेरुदण्ड अर्थतन्त्रका परिसूचकहरु सकारात्मक दिशामा अघि बढ्नु पर्दछ । तर हाम्रा आर्थिक परिसूचकाङ्कहरु नकारात्मक दिशामा अघि बढिरहेका छन् । यसको प्रमुख कारण हाम्रो नेतृत्व हो । शासन फेरिए पनि शैली शासकको नफेरिएको कारणले यस्तो हुन गएको त्यसको लागि सबै भन्दा पहिले हामीले संरचानामै परिवर्तन गर्नुपर्छ । संरचना परिवर्तन गर्न त्यति सजिलो छैन त्यसको लागि ठूलो संघर्षको खाँचो छ । यसतर्फ आम नेपालीको ध्यान जान जरुरी छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै