logo

गाईपालनबाट पचास हजार आम्दानी

पाल्पा, असोज २२
रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गरेको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहेको छ । अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड अरब इमिरेटस् युएइ तथा एक वर्ष कतारमा काम गरेका भट्टराई गाईपालनको कमाइले सन्तुष्ट छन्। पाँच वर्ष अघि अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट उनले रु एक लाख ऋण लिएको हुन् । उनले एउटा उन्नत जातको गाई खरीद गरी गाईपालनमा हात हालेको थिए । “तीन वर्षमा पूरै सावा ब्याज फिर्ता गरेँ,” उनले भने । भट्टराईले रु १८ हजारमा गाई खरीद गरी गाईपालन थालेको हो । दूध बेचेको कमाइले फार्म निर्माण गरेको हुन् । दूध बिक्रीको कमाइबाट उनले छोराछोरी पढाउँदै आएको छन् । भट्टराईले प्रविणता प्रमाणपत्र तह तथा उनका श्रीमती यमुना न्यौपानेले स्नातक तहसम्मको अध्ययन गरेकी छिन् । “विदेशमा भन्दा स्वदेशमै बसेर काम गर्दा मनग्य आम्दानी गर्न सकिन्छ,” यमुनाले भनिन् । भट्टराई दम्पतीलाई सधैँ दूध ढुवानीको समस्या हुन्छ । “ किसान आफैले डेरीसम्म दूध ढुवानी गर्नुपर्ने बाध्यता छ । दूधको उचित मूल्य पाउन समस्या छ,” उनले भने। घाँस, दाना, पानी र औषधि उपचारमा सधैँ समस्या हुने गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अर्गेली : माग बढी, निर्यात कम

जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट...

धान खरिदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

नेपाल खाद्य संस्थानले किसानको धान खरिद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य...

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै