logo

परियोजनामा कृषकको आबद्धतामा वृद्धि

नेपालगञ्ज, असोज २२
बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालित सो परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर क्षेत्रफलमा मकैखेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टरमा मकैखेती गरिएको छ । बाँकेका परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार, दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भइसकेका छन् । परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग गरिन्छ । “पहिले गरिँदै आएको मकैखेती र अहिलेकोमा धेरै भिन्नता छ, अहिले थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ”, डुडुवा गाउँपलिकाका रामप्रसाद यादवले भने । नेपालगञ्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा आगामी आर्थिक वर्षदेखि बर्खे मकैखेतीका लागि पनि ४० कृषक समूह छनोट गरिएको छ ।

“बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले जिल्लालाई मकै जोनका लागि छनोट गरेको हो”, परियोजना प्रमुख मिश्रले भने । जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रमअन्तर्गत कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा उपलब्ध गराउँदै आएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानको तालिम पनि प्रदान गर्दै आएको छ । अनुदान सहयोगअन्तर्गत पछिल्लो पटक नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फर्म, वडा नम्बर २२ पुरैनीमा रहेको मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुलुकका सबै जिल्लामा सञ्चालनमा रहेको छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका मागलगायत प्राविधिक पक्षको आकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिश गर्ने भनेर तय हुने गरेको परियोजना प्रमुख मिश्र बताउछन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै