logo

स्याङ्जामा असोजमै पाक्यो सुन्तला

 

रोशन लामिछाने
स्याङ्जा, असोज २२
मङिसरको अन्तिम सातादेखि खान योग्य हुने सुन्तला स्याङ्जामा असोजमै पाकेको छ । मङिसरको अन्तिम सातादेखि खान योग्य हुने सुन्तला स्याङ्जामा असोज महिनामै पाकेको हो । पुतलीबजार नगरपालिका ११ मयाटारीका ४२ वर्षीय बोधराज अर्यालको बारीमा अहिले जापानिज उन्सु र मुन्तला जातको सुन्तला पाकेको हो । सँगै फूल फुलेर बतिला लागेको नेपाली सुन्तला सानै हुँदा अर्यालको बारीमा जापानिज उन्सु र मुन्तला सुन्तला पाक्ने गरेको छ । सुन्तलाको तालिम लिन १० वर्ष पहिला कीर्तिपुर पुगेका अर्यालले उन्सु र मुन्तलाको एक एक वटा बोट ल्याएर कलमी गरी एक सय ५० भन्दा बढी पु-याएको बताए । परीक्षणका लागि ल्याएको उन्सु र मुन्तला जातका सुन्तला अर्यालको बारीसँगै घर नजिक बगैँचामा लटरम्मै फलेको छ । आकारका मध्यमस्तरको बोट रहेको उन्सु सुन्तलाको अहिले ५० भन्दा बढी बोटले फल दिइरहेको अर्यालको भनाइ छ । थोरै जग्गामा धेरै उन्सु सुन्तला लगाउन सकिने भएकाले परिवारको ध्यान यसको खेतीमा गएको हो । करेसाबारी र बगैँचा गरी एक रोपनी क्षेत्रफलमा सय बिरुवा लगाइएको छ । पाँच महिनामै खान तयारी हुने जापानी उन्सु सुन्तला फलेकाले बाहिरबाट आउने स्वदेशी तथा विदेशी कृषकको ध्यान जाने गरेको अर्यालले बताए । बेमौसममा ताजा खान पाइने उन्सु र मुन्तला जातको सुन्तला विस्तार गर्न सके किसानले छिटो र उचित मूल्य पार्न सक्ने अर्यालको भनाइ थियो । समुद्री सतहबाट आठ सय मिटरको उचाइ र उत्तर पूर्वी फर्केको जमिनमा फल्ने मुन्तला र उन्सु सुन्तला स्याङ्जाली हावापानीमा सुहाउँदो भएको अर्यालले जानकारी दिए । उनले आफ्नो बगैँचामा फागुनमा पाक्ने बेमौसमी पाकिस्तानी किन्नो जातको २० बोट लगाएका अर्यालले चैतमा पाक्ने अष्ट्रेलियन र अमेरीकी मर्कट जातको १० बिरुवा पनि लगाएका छन् ।
 (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै