logo

कांग्रेस : तलबाट माथि कि माथिबाट तल

केदार सुवेदी
पछिल्लो निर्वाचनमा संसद्मा एक्लै केही गर्नै नसक्ने गरी पराजित भएको नेपाली कांग्रेस यतिबेला आफ्नो विधानअन्तर्गत संगठनलाई कसरी सुदृढ बनाउने भन्नेमा लागेको छ । तर अहिलेसम्म जेजस्ता कुरा बाहिर आएका छन् त्यसअनुसार भावी नेतृत्वको आँकलनमा यो काम भइरहेको जस्तो देखियो जसले न संगठन सुधार गर्छ न त्यसका लागि प्रयास भएको जस्तो देखाउँछ । जस्तो भनौं कांग्रेस यस अघिसम्म माथिबाट तलको संगठन ढाँचामा थियो भने अहिले पनि त्यस्तै रुपको नेतृत्वको तयारी धएको बुझियो जसले कांग्रेसलाई कतै पु¥याउँदैन । न यस्तो संगठनले कांग्रेसप्रति आकर्षण बढाउँछ न यसमा सुधार आएको सन्देश दिन्छ । विधानको मस्यौदाले पार्टीको बृहत्तर हित कसरी हुन्छ भनेर सोचेर विधान परिमार्जन गर्ने जस्तो देखिएन । पार्टीको बृहत्तर हितको आवरणमा म वा मेरो समूह अहिले कहाँ उभिएको छ, कस्तो प्रावधान राख्दा म बढी सुरक्षित हुन्छु भन्नेमै केन्द्रित रहेको अवस्था छ । यसै हो भने अब यसले हिँड्ने बाटो पनि त्यही हो भने बुझाउँछ । विधानमा होस् या अरु कुनै धेरै ध्यान कमिटीहरुको आकार र पदाधिकारीहरुमा केन्द्रित रहेको पाइयो । अहिलेको पदाधिकारी भनेका केन्द्रमा केन्द्रित रहेका अवस्थाको हो । जसलाई यथावत् राखेर कुनै सुधार हुँदैन । त्यसका उदाहरण छन् । कांग्रेसमा हुने छलफलहरुमा जहिल्यै एउटा विषय उठिराख्छ, त्यो के भने केन्द्रदेखि जिल्लासम्म यसकोे पार्टी नेतृत्व जनताको बीचमा एकदम अलोकप्रिय छ तर त्यसले नेतृत्वलाई प्रभाव पाइँदैन जस्तो गएको निर्वाचनमा यत्रो पराजय भयो तर यता संगठनमा जो जुन ठाउँमा छन तिनीहरु त्यही ठाउँमा रहिरहेका छन् । कतिपयको त प्रमोसनसमेत भयो । यसको कारण हो यसको संगठनको अहिलेको ढाँचा ।

कांग्रेसमा अहिले दुई प्रकारको सदस्यको व्यवस्था छ, एउटा साधारण र अर्को क्रियाशील । विधान मस्यौदा समितिले सम्मानित र विशेष सदस्य थप्ने प्रस्ताव गरेको छ । यो सम्मानार्थ दिइने सदस्यता मात्र हो । मूलतः साधारण र क्रियाशील नै हो । तर तिनको ठाउँ र भूमिका पार्टीमा कहाँ छ भनी खोजियो भने शून्य नै पाइन्छ । अहिलेसम्म कांग्रेसको पार्टीको साधारण सदस्यता नाम मात्रको छ । एक प्रकारको अर्थहीन नै भने पनि हुने प्रकारको  । क्रियाशील सदस्यताको सन्दर्भमा कस्तो व्यवस्था छ भने पार्टीको नेतृत्वले पहिला क्रियाशील सदस्य छान्छ । तिनै छानिएको सदस्यबाट नेतृत्व आउँछ । यही हो माथिबाट तल भनिएको ठाउँ पनि । कांग्रेसले अहिलेसम्म कहिल्यै आफ्नो राजनीतिको संगठनात्मक नाफा–नोक्सानको पक्ष हेरेन । कांग्रेसका नेताले सधैँ आफ्नो नाफा–नोक्सानको मात्र हिसाब गरे भन्ने आरोप छ बाहिर । यतिखेर भने विधानकै सन्दर्भमा होस् त्यो समय आइसकेको छ । आफ्नो संगठनमा आमूल परिवर्तन अहिलेको आवश्यकता हो । एउटा लोकतान्त्रिक पार्टीले आफ्नो मूलभूत लक्ष्यको पहिचान गर्नुपर्छ नै । संगठनलाई पनि बढी लोकतान्त्रिक र सबैले अवसर र अपनत्व पाएको वा पाउने महशुस गराउन आवश्यक छ । संगठनलाई वास्तवमा नै नयाँ गति दिन सकियो भनेमात्र आफ्ना अवयवहरुमा नयाँ रक्तसञ्चारका लागि धमनीहरु चुस्त र क्रियाशील हुन्छन् । अहिले चर्चामा आएको छ साधारण र क्रियाशीलपछि अब थपिने सदस्यता सम्मानित र विशेष हुनेछन् प्रस्ताव भएअनुसार  । तर यो कति समयसापेक्ष छ भन्ने हेर्नुपर्छ र यसलले पार्टीमा गति भर्छ कि अर्को समस्या थप्छ भन्ने बेलैमा सचेत हुन आवश्यक छ । पार्टीमा सम्मानित र विशेष सदस्य थप्नुभनेको नयाँ तह निर्माण गर्नु हो ।

यसले कसलाई सम्मानित सदस्य बनाउने वा पार्टीका लागि कस्तो योगदान दिनेलाई विशेष सदस्य बनाउने हो भन्ने सुरुमै प्रश्न उठ्छ भने यसबारे सोच्नै पर्छ । यतिबेला कांग्रेसको सबैभन्दा तल्लो तहको सदस्यता भनेको साधारण र त्यसमाथिको क्रियाशील सदस्यता हो । प्रस्ताव भएको यो तीन तहको सदस्यता प्रयोगमा नयाँ देखिए पनि यसको सान्दर्भिकता कति रहला र यसको व्यवस्थापन कसरी होला भन्ने प्रश्न उठ्छ नै । यस्तो प्रकारको सदस्यता नभएका कारण संगठन जाममा परेको भन्ने होइन । अहिले कांग्रेस आफ्नो संरचनात्मक सुधारमा लाग्नुपर्छ । अहिलेको अवस्था भनेको तलले केही नपाउने र माथिले मात्रै सबै कुरा गर्ने रहेको छ कांग्रेसको संगठनको जग भनेको यसका साधारण सदस्य हुन् । तर यो बेलासम्म यस्ता सदस्यहरु भूमिकाविहीन छन् । साधारण सदस्यले आमनिर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई मत दिनेबाहेक आफ्नै संगठनभित्रका कुनै पनि निर्वाचनमा समेत यिनको भूमिका हुँदैन । अहिलेको खाँचो भनेको यो तहलाई सक्रिय बनाउनु हो । यो तहले जिल्लाको नेतृत्व छान्ने, क्रियाशील सदस्यतामा पनि यिनको भूमिका हुने हो भने यो सदस्यताको छुट्टै आकर्षण र महत्व हुनजान्छ । त्यतातिर सोच बनाएको पाइएन । अझ यसलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छान्नेसम्मको तहमा लाने हो भने संगठनमा एउटा नयांँ उत्साह पैदा हुन्छ । धेरै तल्लो तह जति बलियो भयो यसले वास्तवमा नै कांग्रेस संगठनका हिसाबले उदार लोकतन्त्रवादी दल हो भन्ने स्थापित हुन्छ । त्यसै पनि कांग्रेस वर्ग विशेषको पार्टी होइन  । अर्थात् यो सबै नेपालीको साझा पार्टी हो भन्ने सन्देश तलैसम्म पुग्छ भने साधारण सदस्य पनि संगठनको काममा क्रियाशील हुन्छन् । केही न केही भूमिका भयो भने वा दिइयोभने यस्ता सदस्यहरुले आफैंलाई बढी जिम्मेवारीयुक्त ठान्न थाल्छन् । त्यसको अभावमा उनीहरुको ऊर्जा त्यसै खेर गएको हुन्छ ।

जस्तो एउटा कुनै समारोह गरिँदा त्यसको जसले जस्तो जिम्मेवारी पाएको हुन्छ उसले त्यो अनुकूलको काम गर्छ । तर जिम्मेवारी नै दिइएन भने उसको गिन्तीको उपस्थितिबाहेक अरु हुँदैन । माथि उल्लेख भएको तीन प्रकारको सदस्यता हो भने यसलाई पनि एउटा प्रयोग नै मानौं र कम्तीमा आफ्नो संगठनका निर्वाचनमा उनलाई पनि मतदाता बनाऔं । जस्तो कम्तीमा क्रियाशील सदस्यता चुन्न साधारण सदस्यले पाए भने त्यो क्रियाशील सदस्य यस्ता साधारण सदस्यप्रति जवाफदेही हुन्छ । यता यसो गरिँदा संगठनमा पनि कुनै नोक्सानी हुँदैन बरु यसको ढाँचामा परिवर्तन आउँछ । विधानमा एउटा ठूलो परिवर्तन नगरी यसको संगठनमा सुभार आउने देखिँदैन । सुधारका लागि पहिलोकाम हो केन्द्रीय सदस्य बुथसम्म पुग्नुपर्छ । यो मासवेश पार्टीको एउटा आधार हो । जव केन्द्रीय सदस्य त्यहाँसम्म पुग्नुपर्छ भने पदाधिकारी किन नपुग्ने र यसलाई अझ विस्तारित गर्न सभापति नै किन नजाने भन्ने प्रश्न उठ्छ । व्यावहारिक पक्ष होलान् तर कांग्रेसको इतिहास नै छ बुथदेखि केन्द्रीय समितिसम्मको गठन र सञ्चालन हुन्थ्यो पहिले  । केन्द्रीय सभापतिका लागि बुथ कमिटीका प्रतिनिधिले मत हाल्थे ।

यो पद्धतिलाई अवलम्बन गर्ने बेला आइसकेको छ कि भन्नेतर्फ पनि हेरौं । अनुमान गरौं एउटा क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि छान्छ भने यो सदस्यताको ओजन कति बढछ ? अझ त्यस्तो क्रियाशील सदस्य छान्ने काम साधारण सदस्यबाट भयो भने केन्द्रीय नेतृत्व छनौटमा त्यो साधारण सदस्यको पनि भूमिका हुने नै भयो । यतिबेला एकल नेतृत्वको कि सामूहिक नेतृत्वको सभापति भन्ने बहस सुरु भएको छ । पदाधिकारी मनोनयन गर्ने कि निर्वाचनबाट भन्ने पनि आएको छ । जुनसुकै पद्धति अपनाइयोस् यस्तो तल्लो तहबाट नै निर्वाचन गरिँदा पनि यसले कुनै नोक्सानी पार्दैन । जे जति हुन्छ नाफाकै हुन्छ । पार्टी सभापति बुथसम्म जानु वा लानु भनेको तलबाट माथि जानु हो र अहिलेको पद्धतिचाहिँ माथिबाट तलको छ । कांग्रेसमा पहिलो सुधार गर्नुपर्ने कुरा हो क्रियाशील सदस्यको । कांग्रेस उदार लोकतान्त्रिक दल हो भने नेताले क्रियाशील सदस्य बनाउने र तिनै सदस्यले नेता चुन्ने परिपाटीको अन्त्य गर्नुपर्छ । मतदाता आफूले बनाउने र तिनै मतदाताबाट आफू चुनिने अहिलेको पद्धतिमा परिवर्तन गरियो भने यसले संगठन विस्तार र नेतृत्व छनौटमा आधारभूत परिवर्तन ल्याउँछ जो अहिले खोजिएको कुरा पनि यही हो । विभिन्न ठाउँ आएका स्वतन्त्र सुझावमा पनि यी कुरा आएका छन् । नेपाली कांग्रेसको सिद्धान्त स्वीकार गर्ने, तोकिएको उमेर पुगेका र कांग्रेसको विधानअनुसार अयोग्य नठहरिएको सबै नेपाली यसको सदस्य हुन पाउनुपर्छ । पार्टीको सदस्यता खुला हुनुपर्छ भन्नुको तात्पर्य जसलाई जतिबेला मन लाग्छ सदस्य हुन पाउने भन्ने हैन ।

पार्टीले आफ्नो सिद्धान्त, नीति र सदस्यले तिर्नुपर्ने शुल्क तथा पालना गर्नुपर्ने आचरणसमेत स्पष्ट खोलेर सार्वजनिक सूचना जारी गर्ने र निश्चित् अवधिभित्र परेका आवेदन छानबिन गरी सदस्यता पाउने वा नपाउने निर्णय गर्ने व्यवस्था मिलाउनुपर्छ । कुनै व्यक्तिले सदस्यता पाउने वा कसैले नपाउने निर्णय पनि पारदर्शी हुनुपर्छ । क्रियाशील सदस्यका हकमा त झन् स्पष्ट पारदर्शी व्यवस्था गरिनुपर्छ । अनिमात्र संगठनमा नयाँ सोच र व्यक्तिलाई ठाउँ हुन्छ । अहिलेको अवस्था कस्तो छ भने एउटा वुथको क्रियाशील सदस्यता केन्द्रले स्वीकृत गरेपछि मात्र प्राप्त हुन्छ । यो एउटा मतदाताको पहिचान जस्तै हुन गएर यस्तो सदस्यता दिनेबेला नेतृत्वको कस्तो घम्साघम्सी चल्ने गरेको छ भन्ने विगतले नै देखाइसकेको छ । साधारण सदस्यले क्रियाशील सदस्यता छान्ने हो भने यो पाटो सर्वाधिक लोकतान्त्रिक पद्धतिअनुसार आफैं टुंगो लाग्ने छ । यसैभित्र आउँछ स्वतः क्रियाशीलताको विषय । साधारण सदस्य पार्टीमा प्रवेश गर्ने समयमै निर्धारित प्रक्रिया र सर्तअनुसार स्वतः क्रियाशील सदस्यता पाउने वा नपाउने व्यवस्था गरियो भने क्रियाशील सदस्यताका लागि कुनै नेताको पक्षपाती हुन पर्दैन । यसले त्यसपछिका प्रक्रियाहरुमा उसको सही विवेक प्रयोग हुने ठाउँ दिन्छ । यसरी प्रक्रिया पूरा गरेर आएको एउटा सदस्यले सदस्यले केन्द्रीय सभापति चुन्न पायो भने संगठन आफैं विस्तार हुन जान्छ र त्यस्तो सभापतिसँग यो तहका कार्यकर्ताको प्रत्यक्ष सम्पर्क बन्न थाल्छ ।  (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै