logo

बागलुङ दूधमा आत्मनिर्भर

बागलुङ, असोज १८
बागलुङ दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा खपतभन्दा उत्पादन धेरै भएपछि दूधमा आत्मनिर्भर भएको हो । जिल्लामा दैनिक ६६ हजार ८१६ लिटर दूध आवश्यक भए पनि ६८ हजार ८४ लिटर दूध उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ । गाईवस्तुको उचित स्याहारसुसार, आहारामा सुधार र दूध उत्पादनतर्फ युवा आकर्षित हुनाले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले भने, “दूधको खपतभन्दा उत्पादन धेरै छ । केही क्षेत्रमा उत्पादन हुने दूध पर्वत र गुल्मीमा समेत खपत हुने गरेको छ ।” एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक भएपनि जिल्लामा प्रतिव्यक्ति ९३ लिटर दूध पुग्ने उत्पादन भइरहेको पशु प्राविधिक केशव शर्माले बताए । यही अवस्थामा दूध उत्पादनमा वृद्धि भएमा दूधको निर्यात गर्न समयस्या नहुने उनको भनाइ छ । बागलुङ बजारमा मात्र आवश्यक ५० प्रतिशत दूध जिल्लाका सहकारीले उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष युक्त कँडेलले बताए । सहकारीमार्फत दूध उत्पादन तथा वितरण गर्दा कृषकलाई आर्थिकरुपमा बढी फाइदा हुने भन्दै कृषक सहकारीका माध्यमबाट दूध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कँडेल बताउछन् । हाल बागलुङ बजारमा मात्र दैनिक छ हजार लिटर दूध आवश्यक पर्दछ । दुई हजार ५०० लिटर दूध जिल्ला सहकारी सङ्घमा आबद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन् । दूध उत्पादनबाट व्यवसायीले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवा पनि गाई, भैंसी फार्म स्थापना गर्न थालेका हुन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अर्गेली : माग बढी, निर्यात कम

जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट...

धान खरिदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

नेपाल खाद्य संस्थानले किसानको धान खरिद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य...

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
मनोरञ्जन / साहित्य अरु धेरै

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

नेपाली चलचित्र मदहोस को ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै