logo

बलात्कारका घटनाले उठान गरेका पक्षहरु

 

 

चन्द्रबहादुर नेपाली
बलात्कार आफैंमा राम्रो घटना होइन तर पनि यसले दिनहुँ समाचारमा ठाउँ पाएको छ । कानुनी राज्यव्यवस्था भएको देशमा बलात्कार र जबर्जस्ती करणीका घटनाले स्थान पाउनु र दिनानुदिन बढ्दै पनि जानु विडम्बनाको विषय हो । समाजमा सदियौंदेखि जरा गाडेर बसेको सामाजिक चिन्तनका कारण यस्ता घटनाहरु भइरहेका छन् । हामीले घटनाहरुको सबै पक्षबाट सुल्टो र उल्टो पक्ष हेर्न जान्नैपर्छ । कुनै पनि घटनालाई कहिल्यै पनि सो घटना सिर्जना गर्ने चेतनाको स्तरबाट मात्रै समाधान गर्न सकिँदैन । भनिन्छ, रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । रोग लागिसकेपछि त्यसलाई लुकाएर बस्नु भनेको महाभूल हो । हाम्रो समाजमा यस्तो महाभूल गर्ने प्रवृत्ति व्याप्त छ । त्यसैले बलात्कार र जबर्जस्ती करणीका घटनाहरुले बढावा पाइरहेका छन् । यस्ता घटनाहरुलाई प्रतिष्ठासँग जोडेर पारिवारिक एवं सामाजिक रुपमा ढाकछोप गरेर राख्ने, आर्थिक लेनदेनमा मिलाउने र डरधम्की देखाएर भित्रभित्रै दबाएर राख्ने पनि गरिएको छ ।

रोग देखा परेपछि रोग पत्ता लगाई उपचारतर्फ लागिएन भने त्यसले भयावह स्थिति सिर्जना गर्छ नै ।बलात्कार र जबर्जस्ती करणीका घटना हुनु राम्रो पक्ष कदापि होइन । घटना हुनु र बढ्दै पनि जानुको वास्तविकता के हो भन्ने कुराको अध्ययन तथा अनुसन्धान हुनु जरुरी छ । रोग राम्ररी पत्ता नलागेसम्म बिरामी व्यक्ति निको हुन सक्दैन । रोग पत्ता लगाउन ‘डाइग्नोसिस’ प्रक्रियामा जानैपर्छ । रोगको कारण एकातिर हुने र औषधोपचार अर्काेतिर गर्ने परिपाटीले दुःख र पीडा मात्रै निम्त्याउँदछ ।हामी पुरुषवादी चिन्तनबाट ग्रस्त छौं । पुरुषवाद पुरुषसँग मात्र सम्बन्धित हुन्छ भन्ने होइन, यो त सोच र चिन्तनको विषय हो । पुरुषवाद त महिलासँग पनि छ । गर्भमा रहँदा छोरी भएकै कारणले फ्याँकिन्छ र त्यो हर्कत गर्ने पनि तिनै महिला नै हुन् । यस्तो समाजमा पुरुषलाई मात्र दोषी देखायौं भने सरासर त्यो पुरुषमाथि अन्याय हुन्छ । समाजलाई बदल्न सर्वप्रथमतः हामी सबैले आफ्नो सोच र चिन्तनलाई बदल्न सक्नुपर्छ । हाम्रो समाज अहिले पुँजीवादी समाजको चरणमा गुज्रिरहेको छ । पँजीवादले व्यक्तिवादी चिन्तन र संस्कृतिको विकास गर्दछ । यसले खुला नीतिको समर्थन गर्दछ ।

पुँजीवादी व्यवस्थामा सामग्रीको उत्पादन र व्यापारलाई प्राथमिकता दिइन्छ । उत्पादित सामग्रीको प्रयोग महिलामाथि बढी गरिनुले व्यापार बढिरहेको छ । उत्तर आधुनिक बन्ने प्रवृत्तिले गर्दा पुँजीवादी संस्कारका महिलाहरु अर्धनग्न पहिरनमा हिँड्छन् जसका कारण सोझा निमुखा छोरी वा महिलाहरु अनाहकमा बलात्कार र हत्याका सिकार भइरहेका छन् । उत्तर आधुनिकताका नाममा छाडा र अश्लील संस्कृतिलाई समाजमा झाँगिन दिइनु हुँदैन । बालबालिकाका लागि घर नै पहिलो पाठशाला हो । घरबाटै उनीहरुले सही शिक्षा पाउनुपर्छ । छोरी वा महिलालाई समान व्यवहार गर्नुपर्छ, वैयक्तिक स्वतन्त्रता हुनुपर्छ र सम्मान गर्नुपर्छ भनेर सिकाउनुपर्छ । छोरीको पढाइ, रोजगारी र जीवनशैलीलाई उनीहरुको भविष्यसँग जोडेर हेर्नुपर्छ । छोरीले आफ्नो विचार र विवेकसम्मत निर्णय लिन पाउने अवसर सिर्जना गरिदिनुपर्छ । घरपरिवार अनि समाजको मान मर्यादा गर्न र उत्ताउलो पहिरन एवं जीवनशैली नअपनाउन सचेत गर्नुपर्छ । बालबालिकालाई अनुशासित बनाउन अभिभावक पनि अनुशासित हुनैपर्छ । किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञान बढी प्रभावकारी हुन्छ ।हाम्रो घरपरिवार तथा समाजमा यौन शिक्षाको चर्चा कमै हुने गर्दछ । यौन शिक्षाको बारेमा हामी खुलेर बोल्नै सक्दैनौं । यसले गर्दा पनि उमेर र अवस्था पुगेका केटाकेटीहरुमा यौनसम्बन्धी ज्ञानको कमी छ । जहाँ जुन कुरा वा विषयवस्तुको अभाव छ त्यहाँ त्यही कुराको खोजी बढी हुन्छ ।

विद्यालय शिक्षामा यौन शिक्षा पनि समावेश गर्नु आवश्यक छ । जुन विषयमा पर्याप्त अध्ययन, छलफल र चर्चा हुन्छ त्यसमा सबैजना खुला, स्पष्ट र जानकार हुन्छन् । यौन अज्ञानता, कुण्ठा र वितृष्णाले मानिसलाई ठीक ठाउँमा पु-याउँदैन । हाम्रो समाजले यौनसम्बन्धी शिक्षालाई सार्वजनिक रुपमै छलफलको विषय बनाउन सक्नुपर्छ । बेरोजगारी पनि बलात्कारका घटना घट्नुको एउटा कारण हो । बेरोजगार दिमागलाई शैतानको घर मानिन्छ । जब मानिस बेरोजगार हुन्छ, उसको दिमागमा अनेक खराब विचारहरुले घर गर्छन् । धूम्रपान, मद्यपान जस्ता लागूपदार्थ सेवनको कुलतमा फस्नु उसको नियति बन्दछ । लागूपदार्थको नशामा उसले बलात्कार, जबर्जस्ती करणी र हत्यासमेत गर्न पुग्दछ । बेरोजगार युवालाई रोजगार उपलब्ध गराउन नसक्नु राज्यको कमजोरी हो । युवा देशका मेरुदण्ड हुन् । युवा शक्तिकै बलमा देश, दुनियाँ र समाज अगाडि बढ्छ । नेपालका युवाहरुमा नेपालभित्रै सम्भावना र भविष्य नदेख्ने संस्कृतिको विकास भएको छ । देशको भविष्यको लागि यो सोचनीय विषय हो । पोर्न साइट पनि बलात्कारका घटना बढ्नुको कारण हो भनिएको छ । हुनत प्रविधि आफैंमा असल वा खराब हुँदैन । हामीले त्यसलाई उपयोग वा दुरुपयोग गर्छाैं भन्ने कुरा मुख्य हो । इन्टरनेट अहिले देश र दुनियाँको लागि अत्यावश्यक वस्तु भएको छ । त्यसलाई चाहेर पनि कसैले सधैंको लागि रोक्न सक्दैन । असल नियतले प्रविधिको प्रयोग गरिनुपर्छ । प्रविधिको भरपुर प्रयोगबाट नै समृद्धिको यात्रा तय गर्न सकिने हुँदा जनतालाई इन्टरनेटमाथि निर्वाध पहुँचको अधिकारबाट वञ्चित गरिनु हुँदैन ।

बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गर्नु जायज हो । कमजोर कानुनी व्यवस्था र गरिएका कामकारबाही हेर्दा कानुनी राज्यव्यवस्था भएको देशको लागि लज्जाको विषय हो । मानिसको बाँच्न पाउने अधिकारलाई संरक्षण गर्ने अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ । त्यसैले नेपालमा फाँसीको सजाय लागू हुन सक्दैन । हुनत हाम्रै छिमेकी देश भारतमा बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था छ तर पनि त्यहाँ बलात्कार र हत्याका घटना भई नै रहेका छन् । कानुनले व्यवस्था गरेको दण्ड सजायको पूर्णतः कार्यान्वयन गरी बलात्कारीलाई कारबाही गर्न राज्य पछि पर्नु हुँदैन । बलात्कारका घटना हुनुमा कुनै एउटा व्यक्ति वा कारण मात्र प्रमुख हुँदैन । व्यक्तिसँग उसको घरपरिवार अनि समाज पनि जोडिएको हुन्छ । मानसिक रुपमा विकृत, मनोरोगी एवं यौन विक्षिप्त पुरुषले मात्र बलात्कारको घटना गराउँछ र बलात्कारपछि महिलाको हत्या पनि गर्दछ । यसका बहुपक्षीय कारणहरु हुन्छन् । ती कारणहरुअनुसार नै न्यूनीकरणका लागि प्रयत्न गरिनुपर्छ । व्यक्तिगत तत्परता, पारिवारिक तथा सामाजिक परिवेश र कानुनी व्यवस्थाको न्यूनीकरणमा महत्वपूर्ण भूमिका हुन्छ । (आर्थिक  दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै