logo

नेपालको पर्वतारोहण व्यवसाय : सम्भावना र चुनौतीहरु

 

 

ज्ञानमणि नेपाल 'कालोटोपी'
पर्यटकहरुका लागि आकर्षण गर्ने नेपालमा धेरै विषयहरु छन् । यहाँको हरियाली वातावरण र वन जंगलले त धेरैलाई लोभ्याउँछ । त्यति मात्र होइन, धार्मिक मठ–मन्दिरहरु र नदीनालाहरुले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । -याफ्टिङ, बञ्जिजम्प, प्याराग्लाइडिङजस्ता सम्भावित विषयहरुले पनि पर्यटक तान्न सक्छन् । यसका अतिरिक्त नेपालमा पर्यटकहरुका लागि पर्वतारोहण पनि एक प्रमुख विषय हुने गरेको पाइएको छ । विश्वका धेरै देशका नागरिकहरु नेपालमा पर्वतारोहणकै लागि मात्र भए पनि आउने गरेका छन् । यहाँ रहेका सयौं पर्वत, पहाड र विशेषगरी हिमालहरुले नै उनीहरुको लक्ष्य पनि पूरा गर्दै आएको कुरामा शंका छैन ।अन्य विषय जस्तै धेरै नै सम्भावना भए पनि नेपालमा पर्वतारोहण व्यवसाय भने निकै पछिदेखि मात्र सुरु भएको हो । नेपालको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत भू–भाग हिमाली भेगअन्तर्गत पर्छ । यस भेगमा विश्वको सर्वोच्च शिखर सगरमाथा त पर्छ नै यसका अतिरिक्त विश्वकै अग्ला १० हिमालमध्ये सात वटा नेपालमै छन् । ८८४८ मिटर मापन भएको विश्वकै उच्च शिखर सगरमाथाले गर्दा नै नेपालमा पर्वतारोहण व्यवसायले गति लिएको कुरामा भने शंका छैन । सगरमाथाकै कुरा गर्ने हो भने सन् १९५३ मे २९ मा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्यूजल्याण्डका नागरिक सरएडमण्ड हिलारीले पहिलो पटक यसको सफल आरोहण गरेका थिए । पटक–पटकको लामो प्रयासपछि मात्र उनीहरुले यो सफलता पाएका हुन् । यो त्यति सजिलो काम भने थिएन । सफलतासँगै उनीहरुको चर्चा पनि सगरमाथाभन्दा उच्च भएको थियो ।

 

नेपाली महिलातर्फ वि.सं. ०५० वैशाख १० गते पासाङ ल्याहामो शेर्पाले पहिलो पटक सगरमाथाको शिखर चुमेकी भए पनि फर्कने क्रममा उनको दुःखद निधन भएको थियो । पहिलो महिला सगरमाथा आरोही भने जापानकी जुनको ताइवे हुन् । नेपाली नागरिकमध्ये जतिले सगरमाथा आरोहण गरे ती धेरै जसो शेर्पा जाति नै छन् । यसर्थ उनीहरु हिमाल चढ्नमा निकै सिपालु हुन्छन् भन्ने कुराको पुष्टि गर्न सकिन्छ । त्यस यता विगत दुई वर्ष अघिसम्म चार हजार आठ सय २८ जना पर्वतारोहीहरुले सगरमाथामा आफ्नो पाइला राखिसकेका छन् । हुन त यो संख्यामा एक पटकभन्दा धेरै आरोहण गर्नेहरुको संख्या दोहोरिएको पनि छ । तैपनि तथ्यांकले भने कुल संख्या चार हजार आठ सय २८ नै देखाएको छ । सगरमाथालाई नेपाली नामकरण गर्ने व्यक्ति इतिहासकार बाबुराम आचार्य हुन् । वि.सं. १९९५ मा उनले राखेको यो नेपाली नाम नै अहिले विश्वमा प्रख्यात छ । जुन नेपाल र नेपालीका लागि निकै गर्वको विषय पनि हो । सोलुखुम्बु जिल्लाको साविकको खुम्जुङ गाविसमा पर्ने सगरमाथा आरोहण गर्नका लागि सरकारलाई निश्चित शुल्क तिर्नुपर्छ । जसमा नेपाली नागरिकका लागि ७५ हजार रुपैयाँ र विदेशीहरुका लागि प्रतिव्यक्ति ११ लाख रुपैयाँसम्म शुल्क तोकिएको छ । यो एक पटकका लागि लाग्ने शुल्क हो । स्वदेशीभन्दा पनि विदेशीहरुले सगरमाथा चढ्नका लागि खर्च गर्ने ठूलो रुपैयाँ नै नेपालको आम्दानी हो । सगरमाथा चढ्न निकै खर्चिलो भए पनि यसमा आरोहण गर्न चाहनेहरुको संख्यामा भने कमी आएको छैन । २०१६ मा मात्रै २९ देशका दुई सय ८० जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । यो संख्या वर्षेनी बढ्दै गएको छ । चार वर्ष अगाडि सन् २०१४ अप्रिल ५ मा यही शिखर आरोहणकै क्रममा हिमपहिरोमा परी १६ जना आरोहीहरुको दुःखद निधन भएपछि त्यस लगत्तै दुई वर्ष सरकारले सगरमाथा आरोहण बन्द गरेको थियो ।

 

वर्ष २०१६ देखि सरकारले आरोहण खुला गरेको छ । मे महिनाको १५ तारिखदेखि सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । विगत आठ वर्ष अघिदेखि सगरमाथा आरोहणको अनुमति लिनेहरुको संख्या यस्तो छ । सन् २०१० मा २३७ जनाले अनुमति लिएका थिए । सन् २०११ मा २५१ जनाले अनुमति लिए । त्यस्तै २०१२ मा ३४१ जना, २०१३ मा ३४८ जना र सन् २०१४ मा ३२६ जनाले यसको आरोहण अनुमति लिए । त्यस्तै सन् २०१५ मा ३५७ (यस वर्ष अनुमति लिए पनि कुनै पनि व्यक्तिले आरोहण गर्न भने पाएनन् ) र २०१६ मा २८० जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । सन् २०१७ मा ३७५ जनाले अनुमति लिए भने यसवर्ष छ सय ९८ जनाले आरोहणका लागि अनुमति पाएका छन् । सगरमाथाका अतिरिक्त अन्य हिमशृङ्खलाहरुको पनि आरोहण अनुमति लिनेहरु छन् । वर्ष ०१६ मा ल्होत्सेका लागि नौ जना, माउण्ट मकालुका लागि पाँच जना, नुत्सेका लागि पाँच, धौलागिरि, मनास्लु र आमादब्लम हिमालका लागि ३/३ जनाले अनुमति लिएका थिए । योसँगै सगरमाथासहित १८ वटा हिमालमा ७६ दलले गत वर्ष आरोहण अनुमति लिए । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि छ सय ९८ जनाले आरोहण अनुमति लिएका थिए ।

 

पर्यटन विभागका अनुसार सगरमाथासहित विभिन्न २८ वटा हिमाल आरोहणका लागि छ सय ९८ जनाले आरोहण अनुमति लिएका हुन् । यीमध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका तीन सय ६४ पर्वतारोहीले आरोहण अनुमति लिएका थिए । यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार तीन सय २१ रोयल्टी सङ्कलन भएको छ । आरोहण वैशाख ३० गतेदेखि सुरु भएर जेठ ११ गतेसम्म चलेको हो । अघिल्ला वर्षभन्दा यस पटकको आरोहणमा मानवीय क्षति कम भएको छ । यस वर्ष पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट ४१ करोड २८ लाख ८४ हजार छ सय ३८ रकम रोयल्टी सङ्कलन भएको छ । त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी सगरमाथाले सङ्कलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका अनुसार सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार तीन सय १२ रोयल्टी सङ्कलन भएको छ । सगरमाथासँगै ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी सङ्कलन भयो । यसैगरी कञ्चनजंघाबाट ८२ लाख २६ हजार ७२०, धौलागिरिबाट ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट २० लाख ४७ हजार ८७७ र मनास्लुबाट १४ लाख ९३ हजार २८० रकम सङ्कलन भएको छ । यस वर्ष चार नेपालीसहित ३८ आरोहीदलबाट सगरमाथा आरोहणका लागि आरोहीहरु गएका थिए । अघिल्लो वर्ष सन् २०१७ को यही सिजनमा एक सय आठ टिमका आठ सय ३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ४३ वटा टिमका तीन सय ७५ आरोही सगरमाथा आरोहणमा गएका थिए ।

 

सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि नौ टिमका ९६ जनाले अनुमति लिएका थिए । यस्तै कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका थिए । जसमध्ये छ जना आरोहीहरुको दुःखद निधन भएको थियो । गत वर्षदेखि जीपिएस ट्रयाकिङ सिस्टमबाट हिमाल आरोहणको दृश्य कैद गर्ने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै विभागले यस प्रविधि अझै सुरू गरेको छैन । विभागका अनुसार गत वर्ष सगरमाथा आरोहणका लागि हालसम्मकै बढी (नेपाली मोहडाबाट) ४१ वटा आरोहण दलका तीन सय ७५ जनाले सगरमाथाका लागि अनुमति लिएका थिए । सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ । त्यस्तै नेपाली नागरिकको हकमा प्रतिव्यक्ति ७५ हजार रुपियाँ रोयल्टी तिर्नु पर्नेछ । गतवर्ष रोयल्टीबापत नै ११ करोडभन्दा धेरै रकम सङ्कलन भएको थियो । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ । सरकारले आरोहीको अनुगमन गर्न चार दर्जनभन्दा बढी अधिकारी खटाउने गरेको छ । जसका लागि मन्त्रालय र विभागबाट नासुदेखि उपसचिवसम्मका कर्मचारीलाई सात दिनको तालिम दिएर खटाउने गरेको छ ।

 

पर्वतारोहण नियमावलीअनुसार छ हजार पाँच सयभन्दा बढीको उचाइ भएको हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने व्यवस्था छ । तीन हजार पाँच सय मिटरभन्दा अग्ला हिमालहरुमा हिउँ पर्ने र तिनीहरुको आरोहण गर्दा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । यसपटक हिमाल आरोहणका लागि क्यानडा, इटाली, पोल्यान्ड, चीन, भारत, जर्मनी, बेलायत, अस्टेलिया, अमेरिका र स्पेनलगायतका मुलुकका नागरिकले अनुमति लिएका छन् । पछिल्ला केही वर्ष यता सगरमाथालगायतका विभिन्न हिमाल आरोहण गर्नेहरुले नयाँ–नयाँ विषयमा किर्तीमान राख्दै रेकर्ड कायम गर्ने गरेका छन् । यसवर्ष एउटा भारतीय टोलीले अक्सिजन नलगाइकन सगरमाथा चढ्छु भनेर निवेदन आएको थियो । गतवर्ष यस्तै रेकर्ड राख्ने क्रममा नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिएका थिए । तर उनको आरोहणकै क्रममा निधन भयो । यसवर्ष कामिरिता शेर्पाले २२ औं पटक आरोहणको कीर्तिमान राखे भने पाँच जना महिला पत्रकारहरुले पनि सगरमाथा आरोहण गरे । विश्वको उत्कृष्ट गन्तव्यमा पर्ने सगरमाथा आरोहण शुल्क नेपालको वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत मानिन्छ । यसले स्थानीयस्तरको आर्थिक प्रगति हुने गरेको छ ।

 

त्यस्तै धेरै युवायुवतीले रोजगारी पनि पाइरहेका छन् । राज्यको केन्द्रीय आम्दानीमा पनि यसले महत्वपूर्ण सहयोग पुगेको छ । यसवर्ष नेपाल पर्यटन बोर्ड र पर्वतारोहण संघले विश्वप्रसिद्ध हिमाल आरोहीको सम्मान कार्यक्रम गर्दै उनीहरुले सगरमाथा आरोहण गरेको ४० औं वर्ष मनाएको छ । सगरमाथा नेपालको पहिचान र गौरवसँग जोडिएको छ । सगरमाथाकै कारण विश्वमा नेपाल चिनिएको र अधिकांश विदेशी पर्यटकहरु हिमाल अनि सगरमाथाकै अवलोकन र आरोहणका लागि नेपाल आउने गरेका छन् । गत वैशाख ६ गते सरकारले एउटा विदेशी टिमले सगरमाथा आरोहण गरेको ४० वर्ष पूरा भएको अवसरमा आठ विश्वप्रसिद्ध हिमाल आरोहीलाई संयुक्तरुपमा सम्मान गरेको थियो । सो अवसरमा सम्मानित भएका हिमाल आरोहीलाई शुभकामना दिँदै हिमाल आरोहण गर्न चाहनेका लागि नेपाल आउँन पर्यटनमन्त्री रविन्द्र अधिकारीले आग्रह गरेका थिए । यसवर्ष सम्मानित आरोहीहरुले सन् १९७८ मा सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए । नेपाल पर्वतारोहण संघका अनुसार त्यो समूहमा १२ आरोही सहभागी थिए । तीमध्ये चार आरोहीको मृत्यु भइसकेको छ । यसवर्ष सम्मानित हुनेमा अस्ट्रियन उल्फग्याङ न्याज, प्रा.डा. पिटर हाबलर, प्रा.डा. रेमन्ड मार्गे्रटर, रोबर्ट सावर, हान्स सेल, हेलमुथ ह्यागनर, इटालियन राइनहोल्ड म्यासनर, स्विस प्रा.डा. अजोल्ड ओरेलजेड रहेका छन् । उल्लिखित हिमाल आरोहीहरुले सगरमाथा, आमादब्लम, चोयु, धौलागिरिलगायतका हिमाल आरोहण गरिसकेका छन् । सम्मानित विदेशी आरोहीमार्फत नेपालमा रहेका हिमालको प्रचार–प्रसार हुने नेपाल पर्यटन बोर्डको विश्वास छ । संघ र बोर्डको संयुक्त प्रयासले विश्वप्रसिद्ध आठ आरोहीलाई सम्मान गर्न पाउँदा नेपालले गर्व महसुस गरेको छ ।

 

नेपालको हिमाललाई विश्वप्रसिद्ध बनाउन आरोहीहरुको अहम भूमिका छ । हरेक सिजनमा विदेशी आरोही सगरमाथा आरोहण गर्न आउने गरेका छन् । आरोहीका लागि सगरमाथा आरोहण एक उद्देश्य भए पनि नेपालको लागि विश्व कीर्तिमान हो । यो त भयो सगरमाथा र अन्य हिमालको आरोहणका बारेमा केही जानकारी । यसका साथै नेपालका अन्य पर्वत र पहाडहरुको अवलोकन र आरोहण गर्न पनि विदेशीहरु आउने गरेका छन् । अन्नपूर्ण पदयात्रा, लाङटाङ, महाभारत तथा चुरेपहाडहरुको अवलोकन र अध्ययन गर्नका लागि आउने विदेशीहरुको संख्यामा पनि कमी आएको छैन । कतिपय ठाउँमा कृतिम रुपमा पनि पहाड जस्तो बनाएर त्यसमाथि रक क्लाइम्बिङ गर्ने र गराउने पनि गरिएको छ । प्राकृतिक रुपमा हिलक्लाइम्बिङ सम्भव नहुने ठाउँमा यस्तो तरिकाको कृतिम पहाड चढ्ने कार्यले पनि कतिपय विदेशीहरुलाई तान्ने गरेको छ । यसरी धेरै ठूलो अभिलाषा बोकेर नेपाल आउने गरेका विदेशी पर्यटकहरुलाई हामीहरुले भने सोचेजस्तो वातावरण दिन सकेका छैनौं । हामीले उनीहरुलाई सुरुक्षाको अनुभूति पनि पर्याप्त मात्रामा दिन नसक्दा कतिपय पर्यटकहरु लुटिएका पनि छन् । पर्यटक लक्षित पर्वतारोहणको तालिम र दक्ष जानकारहरु पनि हामीले पर्याप्त मात्रामा उपलब्ध गराउन सकेका छैनौं । उनीहरुका लागि यातायातको पनि उचित तरिकाले सुविधा दिन नसक्दा धेरै ठूलो जोखिम मोलेरै पैदल यात्रा गर्नेहरुको संख्या पनि धेरै छ ।

 

आरोहणका दौरानमा आउन सक्ने भैपरी समस्याहरु, दुर्घटना र यसबाट चोटपटक वा बिरामी भएमा उपचारका लागि स्वास्थ्य शिविरहरु सञ्चालन गर्न सकेका छैनौं । यी मात्र होइन, मुख्य समस्या त हिमाल वा अन्य शिखरहरु आरोहण गर्दा आरोहीहरुले गर्ने गरेको फोहोरको पनि हामीले उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु अहिले निकै ठूलो चुनौती पनि भएको छ । यी र यस्ता थुप्रै समस्याहरु भए पनि नेपालमा अहिलेसम्म पर्वतारोहणमा जति प्रगति भएको छ, त्यसलाई पनि सकारात्मक रुपमा नै लिनुपर्ने हुन्छ । आगामी दिनहरुमा नेपालका अन्य सम्भाव्यताहरुलाई खोतल्दै विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सरकार र यस माताहतका अन्य निकायहरु पनि सक्रियताका साथ लागी पर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । यसो गर्न सकिए मात्र नेपालको पर्वतारोहण व्यवसायले अहिलेभन्दा निकै ठूलो प्रगति गर्न सक्छ । आगामी दिनमा यो देश विकासको एउटा मेरुदण्ड पनि बन्न सक्छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै