logo

आर्थिक समृद्धिका लागि ऊर्जाको उपयोग

 

भोला शर्मा
मुलुकमा यतिबेला ऊर्जा आत्मनिर्भरताको पेचिलो बहस सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार आव २०७४÷७५ मा ७०५७ दशमलव ९३ प्रतिशत गिगावाट आवर ऊर्जा प्राप्त भएको छ । जसमध्ये प्राधिकरणको उत्पादन ३२ दशमलव ७१ प्रतिशत, निजी क्षेत्रबाट उत्पादन भएको ३० दशमलव ७१ प्रतिशत र भारतबाट आयात गरिएको ऊर्जा ३६ दशमलव ५८ प्रतिशत रहेको छ । आयातित ऊर्जाले अल्पकालका लागि केही राहत पु¥याए पनि मुलुकका छ हजार नदीनालाहरुको उपहास भएको छ । विगत एक शताब्दीभन्दा बढी अवधि देखिको अनवरत प्रयास रहे पनि हाल विद्युत् उत्पादन जडित क्षमता झण्डै १०४४ दशमलव छ प्रतिशत मेगावाट रहेको छ । यो जलस्रोतको दृष्टिले कुल सम्भाव्य क्षमताको एक दशमलव २५ प्रतिशत मात्र हो । यसले नेपाल नेपालीलाई एक किसिमको हिनताबोध गराएको छ ।

 

भनिन्छ सरकारसँग वैधानिकता छ भने निजी क्षेत्रसँग व्यावसायिकता छ । दुवैको उचित संयोजन र सहकार्यबाट विद्युत् विकास सम्भव छ । नेपाल पेट्रोलियम इन्धनमा परनिर्भर भएको छ । बारम्बार मूल्य वृद्धि भइरहने महँगो पेट्रोलियम इन्धनको भरपर्दो विकल्प जलविद्युत् र सौर्य ऊर्जा नै हो । सौर्य उर्जाका लागि प्रशस्त पुँजी आवश्यक पर्दछ । त्यसैले सर्वसाधारणका लागि त यो अकल्पनीय हुन्छ । मुलुकमा प्रशस्त प्राकृतिक जल उपहार छ, त्यो यसै खेर गइरहेको छ । पानी पेट्रोलियम झैं किन्न पर्दैन । त्यसलाई ऊर्जा शक्तिमा बदल्न सके मुलुक यसैबाट कायापलट हुन सक्छ । ऊर्जाको बजार कहिल्यै साँगुरो हुँदैन । साथै छिमेकी मुलुकमा यसको निर्यातबाट प्रशस्त सेतो डलर आर्जन गरी शोधानान्तर स्थिति पनि सुदृढ गर्न सकिन्छ । जलविद्युत् निर्यातबाट नै नेपाल दुई ढुंगाबीचको तरुल होइन, डाइनामाइट बन्न सक्छ । विगतमा भोटको राजनीति, सत्ताको मोह, कमिसनको चक्कर, द्वन्द्व, बन्द र हडताल जस्ता अवाञ्छित क्रियाकलापले विद्युत् क्षेत्र नतमस्तक बन्न पुग्यो । त्यसैले विद्युत् उत्पादनको एक शताब्दी पूरा भइसक्दा पनि हामी करिब १०४४ मेगावाटमा सीमित रहेका छौंं ।

 

नेपाल विद्युत् प्रधिकरणले ऊर्जाशील र कर्मशील वर्तमान कार्यकारी निर्देशकलाई सबल भूमिकामा प्राप्त गरेपछि मुलुकको चरम लोडसेडिङमा क्रमशः गिरावट आई हाल निमिट्यान्न भएको छ । विगतमा घाटाको व्यवसाय गर्ने प्राधिकरणले यस वर्षदेखि मुनाफा आर्जन थालेको छ । ऊर्जाशील कार्यकारी निर्देशकज्यूको नतिजापरक क्रियाकलापले मुलुकका विविध क्षेत्रका नेतृत्व र प्रतिभाहरुलाई जुरुक–जुरुक बनाएको छ । असम्भाव्य क्रियाकलापहरुको माझमा व्यवस्थापकीय कौशलमार्फत सम्भावनाको बिजारोपण गरेको छ । वास्तवमा जलविद्युत्को विकासमा कुनै अमुक निकाय मात्र जिम्मेवार छैन । यो बहुआयामिक प्रयासहरुको साझा सबाल हो । राजनैतिक प्रतिबद्धता र प्रशासनिक कटिबद्धताबाट विद्युत् विकास सम्भव हुन्छ तथापि प्रशासनमा राजनीतीकरण र राजनीतिक प्रशासनीककरणको अनवरत समस्याले विद्युत् विकास चेपुवामा परेको छ । खासगरी आयोजना निर्माणमा स्थानीय अवरोध व्यापक छ भने अन्तर निकायको समन्वय अत्यन्त कमजोर छ । विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणमा कार्य स्वायत्तता कमजोर भएको छ ।

 

भौगोलिक जटिलता अनि आर्थिक न्यूनता पनि उच्चतम चुनौतीको रुपमा उभिएको छ । नेपालमा प्रशस्त जलस्रोतसँगै दक्ष जनशक्ति पनि छ । उद्योगपति र जनतासँग लगानी गर्ने प्रसस्त पैसा छ । पछिल्लो समयमा राजनीतिक स्थायित्व र लगानीको वातावरण पनि सिर्जना भएको छ । जलविद्युत् विकासका लागि विद्युत् ऐन २०४९, विद्युत् नियमावली २०५०, जलविद्युत् विकास नीति २०५८, विद्युत् नियमन आयोग ऐन, २०७४ जस्ता अनेक नीतिगत व्यवस्था पनि छन् । त्यसैगरी नेपाल सरकार, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादक जस्ता संस्थागत ब्यवस्था पनि कायमै छन् । विद्युत् नियमन आयोग नियमावलीमार्फत गठनको संघारमा रहेको छ । अपार सम्भावना हुँदाहुँदै पनि अपेक्षित विद्युत् उत्पादन हुन नसकेको यो अनपेक्षित परिस्थितिमा विगतमा जस्तै टालटुले शैली अपनाएर अगाडि बढ्नु निष्प्रभावी हुन्छ । तसर्थ विद्युत् विकासका लागि नीतिगत रुपमा विद्युत्सम्बन्धी कानुनहरु तत्काल संशोधनसहित क्रियाशील गराउने, संस्थागत रुपमा संघीयतामा नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्दै यसलाई अन्य निकायहरुसँग समन्वयकारी ढंगले क्रियाशील गराउने, व्यवस्थापकीय रुपमा आर्थिक, भौतिक तथा मानवीय स्रोतसाधनलाई जलविद्युत् क्षेत्रमा आकर्षित गर्नु बेस हुन्छ । त्यसैगरी व्यवहारगत रुपमा जलविद्युत् क्षेत्रमा राजनैतिक असहमति, असमझदारी तथा आयोजनाको स्थानीय अवरोध अन्त्य गरी २० दशमलव ४५ प्रतिशतमा रहेको विद्युत् चुहावट पनि न्यूनीकरण गर्न जरुरी छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइको दिगो विकास, संरक्षण तथा प्रवद्र्धन गर्न तथा यस क्षेत्रको कार्यलाई विशिष्टीकरण गरी वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्नु अहिलेको जल्दोबल्दो आवश्यकता रहेको छ । हाल सम्पूर्ण क्षेत्रमा सुशासन स्थापना गरी द्रुततर विकास गर्ने दृढ संकल्पलाई साथ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको हालको अवस्था, समस्या र चुनौतीहरुको यथार्थ चित्रणसहित वस्तुपरक ढङ्गबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको समग्र विकास गर्न श्वेतपत्र पनि जारी गरिएको छ । नेपालमा जलविद्युत् विकाससम्बन्धी गतिलो स्कुलिङ छैन । यो एउटा सिक्दै र गर्दै जाने प्रक्रियाको रुपमा विकास भएको छ । स्वच्छ ऊर्जाको रुपमा सुपरिचित जलविद्युत्लाई आयातित पेट्रोलियम पदार्थको भरपर्दो विकल्पसमेत मानिन्छ । यसलाई किन्न बजार गै राख्नु पर्दैन, घरघरमा उपलब्ध हुन्छ । जलविद्युत् ऊर्जाको प्रयोगबाट न त वातावरण प्रदूषण हुन्छ न त यो पेट्रोलियम इन्धन जस्तो महँगो नै हुन्छ ।

 

नेपालमा लाखौं मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने प्रशस्त जलभण्डार पनि छ । त्यसैले मुलुकमा ऊर्जा आत्म निर्भरताका लागि निर्माणाधीन जलविद्युत् आयोजनाहरु माथिल्लो तामाकोशी (४५६ मेगावाट), माथिल्लो त्रिशुली ३ए (६० मेगावाट), राहुघाट (४० मेगावाट), माथिल्लो साञ्जेन (४२.२ मेगावाट), साञ्जेन (१४.६ मेगावाट), मध्यभोटेकोशी (१०२ मेगावाट), रसुवागढी (१११ मेगावाट), कुलेखानी तेस्रो (१४ मेगावाट) र तनहुँ जलविद्युत् आयोजना (१४० मेगावाट) लाई तदारुकताकासाथ निर्माण सम्पन्न गर्न जरुरी छ ।पेट्रोलियम पदार्थ जलवायु परिवर्तन र वातावरण प्रदूषणको प्रमुख कारक पनि हो । यसले कार्वन मनोअक्साइड ग्यासलाई उत्सर्जन गरेर स्वच्छ वातावरणलाई कालो र प्रदूषित मात्र बनाउँदैन स्वस्थ मानिसलाई फोक्सो र श्वासप्रश्वासको रोगीसमेत बनाउँछ । मानिसको औसत आयुमा कमी, सडक वरपरको हरियाली विनाश, अम्लीय वर्षामा वृद्धि जस्ता महामारीको कारक पनि यही महँगो पेट्रोलियम इन्धन नै हो ।

 

तसर्थ यसको भरपर्दो विकल्पतर्फको खोजमूलक यात्रा जरुरी छ । सरकारले आव २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको आय व्ययको वार्षिक विवरण (बजेट) सार्वजनिक गरिसकेको छ । वि.सं. २०७५–२०८५ लाई ऊर्जा दशकका रुपमा मनाउने गरी विद्युत् क्षेत्रका आयोजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त भएको छ । देशभर स्मार्ट मिटर प्रणाली लागू गरिनुका साथै वितरण प्रणालीलाई स्वचालित एवं आधुनिकीकरण गरी स्मार्ट ग्रेड प्रणालीको रुपमा विकास गरिने भएको छ । समग्र ऊर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ८९ करोड ५२ लाख रकम यस बजेटमा विनियोजन गरिएको छ । अबको प्रयत्न त्यसको उपलब्धिमूलक उपयोगतर्फ हुनुपर्छ । अनि मात्र मुलुकमा आर्थिक समृद्धि सम्भव हुनेछ । (आर्थिक दैनिकबाट)

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...

किन आवश्यक छ, नेपालमा सार्वजनिक–निजी साझेदारी ?

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरुको मागलाई स्थानीय निकायहरु र...

सुशासनका सूत्र नौ ‘नि’

संघ/संस्थाका लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सौहार्द हुनुपर्दछ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै