logo

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र नेपाल

विश्वनाथ खरेल
संयुक्त राष्ट्रसंघले सन् १९९१ मा अक्टोबर १ तारिखका दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि त्यसका सदस्य राष्ट्रहरूले ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका थिए । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार सन् २०५० मा पृथ्वीको करिब २५ प्रतिशत जनसंख्या ५५ वर्ष र सोभन्दा माथिका हुनेछन् । त्यसैले वातावरण परिवर्तनबाट यति ठूलो जनसंख्यमा पर्ने असरको उचित व्यवस्थापन गर्न जरुरीे छ । तर, अन्तर्राष्ट्रिय नीतिनिर्माताहरू भने यो विषयतर्फ खासै आकर्षित भएको देखिँदैन । यसर्थ विश्वको इतिहासलाई अवलोकन गर्ने हो भने सन् १९९१ मा मानवअधिकारका लागि विश्वव्यापी घोषणापत्रमा वृद्धवृद्धा अर्थात् ज्येष्ठ नागरिका अधिकारका विषयले प्रवेश पाएको थियो । सो घोषणापत्रमा वृद्धवृद्धाहरूको स्वतन्त्रता, सहभागिता, स्याहारसुसार, स्वनिर्वाह वा सन्तुष्टि र प्रतिष्ठाको उपभोग र उपयोग गौरवपूर्ण ढंगे गर्न पाउनुपर्छ । साथै त्यसको रक्षाका खातिर समाजका सबै तह र तप्काका नागरिक सचेत र सक्रिय हुनुपर्ने आवश्यकता रहेको जनाइएको थियो । यसैगरी, सन् २००२ मा जारी संयुक्त राष्ट्रसंघ जनसंख्या कोषबाट वृद्धावस्थासम्बन्धी अन्तर्राष्ट्रिय कार्ययोजना–२००२ मा कार्ययोजनाका लक्ष्य, उद्देश्य र प्रबिद्धताहरूसँग गाँसिएका विभिन्न बुँदा समावेश गर्दै सबै वृद्ध व्यक्तिको सम्पूर्ण मानवअधिकार र मौलिक स्वतन्त्रताहरूको पूर्ण बहाली गर्ने, आयमूलक तथा स्वैच्छिक कामका माध्यमबाट समेत आफ्ना समाजमा आर्थिक र राजनीतिक तथा सामाजिक जीवनमा पहुँच उपलब्ध गराउने आदि माध्यमहरूबाट जीवनभर र जीवनको उत्तरार्धमा वैयक्तिक विकास, स्वतन्त्रता, स्व–सम्पन्नता तथा समुन्नतिका लागि अवसरहरू उपलब्ध गराउने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकका हितका लागि बनेको ऐन र नियमको कार्यान्वयन उचित ढंगले भइरहेको छैन । उनीहरू दयाको पात्र होइनन् भत्रे चेत समाजमा आउन जरुरी छ । उनीहरूलाई सम्मान र आदर गर्ने परिपाटी व्यक्ति, परिवार, समाज र राष्ट्रले बसाल्दै ज्येष्ठ नागरिकसँग भएका ज्ञानका भण्डारबाट व्यक्ति, परिवार, समाज र राष्ट्रले लाभ लिन सक्नुपर्छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा विश्वमा ६० वर्षमाथिको जनसंख्या नौ सय ७२ मिलियन रहेको जनाएको छ । सन् १९८० मा सो संख्या तीन सय ८२ मिलियन थियो भने सन् २०५० मा सो संख्या हालको दोब्बर हुने प्रक्षेपण संयुक्त राष्ट्रसंघले गरेको छ । हाम्रो देशको सन्दर्भमा अवलोकन गर्ने हो भने कानुनी रूपमा नेपालका ज्येष्ठ नागरिकहरूले अधिकार पाएको करिब १२ वर्ष भएको छ । सो अधिकार लिपिबद्ध हुने क्रममा ज्येष्ठ नागरिकको अधिकार रक्षाका लागि ज्येष्ठ नागरिक ऐन, २०६३, ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६१ ज्येष्ठ नागरिक समूह परिचालन निर्देशिका २०७२ आदि जारी भएको छ । यसै क्रममा राष्ट्रमा ६० वर्ष वा सो उमेर पार गरेका व्यक्तित्वलाई ज्येष्ठ नागरिक भनिए पनि अन्तर्राष्ट्रिय तहमा ओल्डर पिपल भन्ने गरिन्छ । त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि ओल्ड विशेषण शब्द नै प्रयोग गरेको छ । यसो भन्नुको तात्पर्य के हो भने नेपालीमा प्रयुक्त ज्येष्ठ र अंग्रेजीमा प्रयुक्त ओल्ड समानार्थी होइनन् ।

मुलुकको जनगणना विसं २०६८ का अनुसार ६० वर्ष र सोमाथिका २१ लाख ५३ हजार तीन सय ३० जनसंख्या रहेको अनुमान गरिएको थियो । त्यसैगरी एकसय वर्ष र सोमाथिका तीन हजार पाँच सय ६६ नागरिक छन् । यो संख्याको बढोत्तरी बर्सेनी तीन दशमलव पाँच प्रतिशत रहेको छ । तर, देशको जनसंख्या वृद्धिदर भने एक दशमलव १८ प्रतिशत मात्र छ । देशको औसत आयु ६६ दशमलव दुई वर्ष जसमा पुरुष ६४ दशमलव नौ प्रतिशत महिला ६७ दशमलव चार प्रतिशत वर्ष रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासका आधारमा हालै प्राप्त एक तथ्यांकअनुसार ६४ वर्षमाथिका ज्येष्ठ नागरिकहरू नेपालमा १२ लाख ७७ हजार पाँच सय ४५ रहेको छ । जसमा पुरुषको संख्या पाँच लाख ९६ हजार नौ सय ३१ र महिला छ लाख ८० हजार छ सय १३ जना रहेको अनुमान गरेको थियो । यसर्थ विभिन्न कालखण्डमा जारी भएका ती ऐन–नियम तथा निर्देशिकाहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसके पनि नेपाल सरकारले सम्मान गर्न थालेको छ । नेपालको कानुनमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिक हक अधिकार र समायोजनको पाटोमा सम्बोधन गरेको छ । यस कानुनअनुसार ज्येष्ठ नागरिक भत्राले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनुपर्छ । उमेर ढल्कदै गएपछि एक्लोपना बढ्दै जान्छ आफ्ना मनमिल्ने साथीभाइको कमी अनि पुराना यादको बहावले बहकाउने गर्दछ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।

यसको साथसाथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले यस वर्षको ज्येष्ठ नागरिक दिवस ज्येष्ठ नागरिकमा हुने समस्याबारे जनचेतना जगाउँदै मनाइने बताउनुभएको छ । मन्त्रालयको सभाकक्षमा गत बिहीबार आयोजित कार्यवक्रममा उहाँले असोज १५ गते अन्तर्राष्ट्रिय नागरिक दिवस भव्यताका साथ जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने बताउनुभएको थियो । मानिस एउटा निश्चित उमेर पार गरिसकेपछि शारीरिक रूपमा कमजोर हुन्छ । उसका अंगप्रत्यंगको क्रियाशीलतामा सिथिलता आउन थाल्दछ । यस्तो प्रक्रियालाई हामी वृद्धवृद्धाको अवस्था भनेर बुझ्छौं, जुन प्राकृतिक नियम पनि हो । मानिस मात्र नभएर अन्य प्राणीमा पनि यो नियम लागू हुन्छ । हाम्रो समाजमा वृद्धवृद्धा भन्ने बित्तिकै बोझ र घृणाको नजरले हेर्ने गरिन्छ । उनीहरुको अवस्था देखी छि–छि र दुर्दुर् गर्ने कुसंस्कारले हाम्रो समाजमा जरा गाडेर बसेको छ । २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्याको करिब आठ दशमलव छ प्रतिशतको हाराहारीमा रहेका वृद्धवृद्धा विभिन्न समस्या र पीडाबाट ग्रसित रहेका छन् ।

उनीहरुले अहिले पर्याप्त मात्रामा हेरचाह र पारिवारिक स्नेह पाउन सकिरहेको अवस्था छैन । कतिपय परिवारका वृद्धवृद्धाहरु बुढेसकालमा घरबाट निकालिएर आश्रमलगायतका ठाउँमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । यसको साथसाथै शारीरिक रूपले कमजोर भए पनि वृद्धवृद्धाको अनुभवजन्य ज्ञान युवाहरूको भन्दा निकै बलियो हुन्छ । विचारहरू परिष्कृत हुन्छन् । ती सोचहरूले स्वतन्त्रतापूर्वक काम गर्न पाए समाज थप लाभान्वित हुन्छ । बूढो हुँदैमा चुप लागेर बस्ने भन्ने हुँदैन, शरीरले दिएसम्म काम गर्न सक्ने वातावरण उनीहरूलाई दिनुपर्छ । उमेर छँदासम्म उनीहरूले आफ्नो सबै सीप छोराछोरीका लागि खर्चिएका हुन्छन् । त्यसपछिको क्षमता समाजका लागि दिन पाउनुपर्छ । तथापि वृद्धवर्गको अवस्था विश्वका विकसित मुलुकमा समेत दयनीय छ । आधुनिक उत्तरआधुनिकताको सबैभन्दा बढी प्रभाव वृद्धवर्गमा परेको छ । वृद्धावस्था भनेको जीवनको सन्ध्याकाल हो । जीवनरूपी दिनमा धेरै काम गरेर एउटा विश्राम गर्ने समय हो । शान्ति र सद्भावका साथ थकाइ मार्ने बेला हो । यसरी जीवनरूपी सन्ध्यामा शान्तिपूर्ण ढंगबाट विश्राम गर्न प्रत्येक वृद्ध पुस्तालाई कुण्ठा, पीडा र मानसिक यन्त्रणाबाट मुक्त राखेर आरामपूर्वक आफ्नो सन्ध्याकालीन जीवन बिताउन सक्ने अवस्था बनाइदिनुपर्छ । यही नै सार्थक समाधान हो ।

अन्त्यमा भन्नुपर्दा आजको युवा पुस्ता नै भोलिका ज्येष्ठ नागरिक हुन् । त्यसैकारणले होला सृष्टिको क्रम पनि पहिले बालक शिशुको रुपमा, युवा अवस्था पार गरी ज्येष्ठ नागरिक बन्छौं । यसै अुनसार अहिले युवाले आफ्ना बाबुआमालाई जस्तो व्यवहार गर्छन् भोलि उनीहरूले पनि त्यस्तै व्यवहार आफ्ना सन्तानबाट पाउनेछन् । सबैले भनिने गरेको छ मान्छे बूढो भए निहुँ खोज्छ, वस्तु बूढो भए भीर खोज्छ’ भन्ने उखान बिर्सेर ज्येष्ठ नागरिकहरूले विगतमा गरेका राम्रा काम सम्झने गर्नुपर्छ । यसर्थ वृद्धावस्थालाई बोझको रूपमा नभई जीवनको उत्तरार्धमा सबैले भोग्नुपर्ने अनिवार्य अवस्था मानेर सकेसम्म सुखमय बनाउनमै लाग्नु परिवारका सबै सदस्यको जिम्मेवारी त्यत्तिकै महत्वपूर्ण रहेको छ । अहिले त सरकारले समेत वृद्धवृद्धाहरूलाई प्रतिमहिना दुई हजार रुपैयाँ दिने निर्णय गरेको छ । राम्रो व्यवस्थापन गरिदिने हो भने यसैबाट पनि उनीहरूको दुःखसुखको गुजारालाई सानोतिनो सहयोग पुग्न सक्छ । पछिल्लो समयमा भने शिक्षा, सभ्यता र आर्थिक विकासले छलाङ मारे पनि ज्येष्ठ नागरिक उपेक्षामा पर्ने परिपाटीमा सुधार आउन सकेको छैन । गरिबी, कामकाजी व्यस्तता अथवा अन्य जुनसुकै कारणलाई बहाना बनाएर ज्येष्ठ नागरिकलाई उपेक्षा गर्ने क्रम रोकिएको छैन, बरू बढेको छ । गरिबीका कारण स्वाभाविकरूपमा ज्येष्ठ नागरिकहरू उपेक्षाको सिकार बन्नुपरेको छ भने आर्थिक सम्पन्नता भएको अवस्थामा पनि ज्येष्ठ उनीहरू उपेक्षित हुँदै आएका छन् ।

विशेषगरी प्रतिस्पर्धाको युगमा अध्ययन, वृत्ति विकास, आयआर्जन र सम्पन्न बन्ने अथवा हैसियत निर्माण गर्ने होड चलेको अवस्थाले गर्दा ज्येष्ठ नागरिकप्रति घर, परिवार र समाजको कम ध्यान जाने गरेको छ । यसरी तुलनात्मक रूपमा हेर्दा गरिब परिवारमा भन्दा सम्पन्न परिवारका ज्येष्ठ नागरिक अझै बढी उपेक्षामा परेका देखिन्छन् । बाहिरीरूपमा हेर्दा आर्थिक सम्पन्नताका कारण ज्येष्ठ नागरिकहरूको जीवन सुखी र सुरक्षित हुनुपर्ने अनुमानविपरीत झन दुःखी र असुरक्षित रहेका थुप्रै उदाहरण सार्वजनिक हुने गरेका छन् । गरिब घरपरिवारमा ज्येष्ठ नागरिकलाई भौतिक सुख र सुविधा दिन नसके पनि कमसेकम चिन्ता, चासो र भावनात्मकरूपमा माया, प्रेम, श्रद्धा र सम्मान गरेको पाइन्छ । यद्यपि सम्पन्न परिवारमा भने त्यस्तो चिन्ता, चासो र भावानात्मकरूपमा माया, प्रेम, श्रद्धा र सम्मानको कमी रहेको पाइन्छ । यसले गर्दा भौतिकरूपमा सुख र सम्पन्न हुँदाहुँदै पनि ज्येष्ठ नागरिकहरू दुःखी अवस्थामा रहेका पाइन्छन् र मानसिकरूपमा पीडितसमेत रहेका भेटिन्छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...

जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षौंदेखि जोखिम मोलेर...

ईयुले किन हटाएन कालो सूचीबाट ?

हालै आएको हवाई उडानसम्बन्धी एक समाचारले हामी नेपालीहरुलाई फेरि पनि निराश पारेको छ । खासगरी सो समाचारले पर्यटन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै