logo

“धाक धम्की दिने मुद्दामा पक्राउ परेका पुष्पराज श्रेष्ठ विरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान शुरु”

काठमाण्डौं, भदौ २९
जिल्ला ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ घर भई काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगर पालिका वडा नं ४ धुम्बाराही बस्ने राम बहादुर कटुवाललाई तपशिलमा उल्लेखित ठेगाना भएका पुष्पराज श्रेष्ठले घर बनाउन ठेक्का दिई घर तयार भएपछि वाँकी रकम माग्दा जाहेरवाला समेतलाई गाली गलौज गरी ज्यान मार्ने धम्की दिई सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर गरेकोले कारबाही गरी पाउँ भनि जाहेरी पर्न आई यस महाशाखाबाट मिति २०७५।०५।२६ गते पुष्पराज श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भई रहेको छ ।

उक्त मुद्दामा पक्राउ परेका पुष्पराज श्रेष्ठको बारेमा अनुसन्धान गर्दा जिल्ला सिन्धुली कमलामाई नगर पालिका वडा नं. ६ घर भई काठमाण्डौं जिल्ला मैतिदेबी बसी ठेक्का पट्टाको काम गर्ने रमेश कुमार कुँवरलाई फोन गरी मिति २०७३।०९।०४ गते काठमाण्डौको चक्रपथ स्थित ईन्द्रेणी फास्टफुड अगाडी बोलाई निजलाई का. जि. का.म.न.पा. वडा नं. ४ गणेशबस्ती स्थित सुक्रराज तामाङको डेरा कोठामा पुर्याई बन्धक बनाई हतियार समेत देखाई हतकडि लगाई जाहेरवालाको साथमा रहेको नगद रु. ५०,०००।, सुनको औठी, हिरा जडित औठी, मोबाईल, प्राईम बैंकको चेक थान १, कुल बहादुर थापाको नाममा रु. ११,००,०००।– को चेक काट्न लगाई नियन्त्रणमा लिई सो स्थानबाट अपहरण गरी लगेकोमा का.जि. गौशाला चोकमा पुग्दा अपहरणकारीहरुको पञ्जाबाट पिडित फुत्कन सफल भएका थिए ।

अपहरण तथा शरिर बन्धक मुद्दाको अनुसन्धानको सिलसिलामा जिल्ला भोजपुर छिनामखु गाबिस वडा नं. २ बस्ने नबिन कुमार राई, जिल्ला दाङ सैघा गाबिस वडा नं. ६ बस्ने कोमानन्द खड्का, जिल्ला दाङ बंगलाचुली गा.पा. ३ बस्ने सरु के.सी. भन्ने आषिका परियार, जिल्ला रामेछाप गौश्वरा गाबिस वडा नं. ४ बस्ने कुबिन थापा भन्ने कोल बहादुर थापामगर, जिल्ला नुवाकोट गेर्खु ३ बस्ने सुक्रराज तामाङ समेतको संलग्नता रही निजहरु पक्राउ परेका छन् । पक्राउ परेका उल्लेखित प्रतिबादीहरुको बयान पोलबाट जाहेरवालालाई अपहरण गरी शरिर बन्धक राख्ने योजना बनाउने कार्यमा पुष्पराज श्रेष्ठ समेतको संलग्नता रही फरार रहेको देखिन आएकोले निज उपर अपहरण तथा शरिर बन्धक मुद्दामा समेत अनुसन्धान भई रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्र वहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक...

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ...

शान्ति समाजको २१औं राष्ट्रिय परिषद् बैठक बिराटनगरमा

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा ३०० भन्दा बढीको सहभागिता हुने भएको छ । मानव अधिकार, शान्ति,...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै