logo

यी हुन् अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु

काबुल, भदौ २९
अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासनसत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतंककारी समूहको हात रहँदै आएको छ । तर सन् २०१४ पछि इस्लामिक स्टेस (आईएस) आतंककारी समूहको पनि बिगबिगी बढ्न थाल्यो र आईएस समूहले पनि बारम्बार यस्ता भीषण आक्रमण गर्दै आएका छन् । अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्म भएका केही भीषण आतंककारी आक्रमण यसप्रकार रहेका छन् । सन् २०१८ को सेप्टेम्बर ११ मा यस वर्षको सर्वा्धिक घातक मानिएको नानगाहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा परी ६८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १६५ जना घाइते भएका छन् । यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ ।

इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ । सन् २०१८ को जनवरीमा काबुलको प्रमुख सहरमा गराएको एक विस्फोटक पदार्थ विस्फोटनमा परी कम्तीमा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस विस्फोटमा परी मारिएका प्रायः सर्वसाधारण नागरिक नै थिए । यस आक्रमणको तालिबान आतंककारी समूहले जिम्मा लिएको थियो । सन् २०१७ को अक्टोबरमा तालिबान आतंककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको संख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए । पाक्टिया प्रान्तको गार्डेज सहरमा प्रहरी परिसरमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१७ को मे ३१ मा काबुलमा भएको भीषण बम आक्रमणमा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । २०१७ कै अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार इ सरिफ सैनिक पोशाकमा प्रवेशगरी सैन्य शिविरको मस्जिद र डिनर हलमा गरिएको आक्रमण १४४ व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरुले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको आधिकारीक विवरण छ । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको संख्या १०० पुगेको बताएका थिए । सन् २०१६ मा जुलाई २३ तारिखमा काबुलको सिया मुसलमान समूहको भिड भएको ठाउँमा दुई वटा विस्फोटन हुँदा ८५ जनाको मृत्यु भएको थियो भने अरू २३१ जना घाइते भएका थिए । अप्रिल १९ मा मध्य काबुलमा तालिबान लडाकूहरुले गरेको ट्रक बम आक्रमणमा परी ६४ जनाको मृत्यु भएको थियो भने ३४० जना घाइते भएका थिए । सन् २०११ डिसेम्बर ६ तारिखमा काबुलमै अशुरा पर्वको बिदाका दिनमा सिया मुसलमान समुदाय लक्षित आक्रमणमा ८० जना मारिएका थिए । त्यही दिन दोस्रो आक्रमण मजार इ सरिफको एउटा शहरमा भएको थियो । त्यसमा चार जना मारिएका थिए । त्यसको जिम्मेवारी तालिबान लडाकूहरुले अस्वीकार गरेका थिए । सन् २००८ जुलाई ७ तारिखका दिन भएको आत्मघाती कारबम आक्रमणमा ६० जना मारिएका थिए ।

तीमध्ये पाँच जना भारतीय नागरिक थिए । सो घटनामा १५० जना घाइते भएका थिए । तालिबान लडाकूहरुले यस घटनामा आफ्नो संंलग्नता नरहेको दाबी गरेका थिए । फेब्रुअरी १७ तारिखका दिन कान्दाहारको एउटा शहरमा भएको आत्मघाती आक्रमणमा परी १४० जना पुरुषको मृत्यु भएको थियो । तीमध्ये ५० जना सहायक प्रहरी अधिकृत पनि थिए । सन् २००७ नोभेम्बर ६ तारिखका दिन ५९ जना बालबालिकासहित ७९ जना मारिएका थिए । तीमध्ये छ जना सांसद पनि थिए । काबुलको उत्तरी क्षेत्रमा पर्ने पुल इ खुम्रीमा रहेको एउटा चिनी कारखाना भ्रमणमा गएका विशिष्टहरुको टोलीमाथि आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । सो घटनाको जिम्मेबारी लिन तालिबान लडाकूहरुले भने अस्वीकार गरेका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ । (रासस/एएफपी)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बेलायतको मुद्रास्फीतिदर छ महिनायताकै उच्च

बेलायतको मुद्रास्फीतिदरको नतिजा अगष्ट महिनामा छ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । सो महिनामा...

२०२२ सम्ममा जर्मनीमा १० लाख विद्युतीय कार

जर्मनीले आफ्नो मुलुकमा विद्युतीय कारमा उल्लेख्य वृद्धि हुनसक्ने एक विवरणले देखाएको छ । विश्लेषकहरुले सन् २०२२...

थाइल्याण्ड–इरान व्यापार बढ्यो

इरानको थाइल्याण्डसँगको व्यापारमा उल्लेख्य सुधार आएको छ । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा इरानको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै